गाईघाटमा ५० किलोमिटर दूरीको ‘कोराई साईक्लिङ च्यालेन्ज’
३० असार २०८०
•
३ मिनेट पाठ
गाईघाटमा ५० किलोमिटर दूरीको ‘कोराई साईक्लिङ च्यालेन्ज’
गाईघाटबाट कोरा साईक्लिङ सुरु गर्दै यात्रीहरु। तस्विरः महेश्वर
उदयपुरका साइकल यात्रीहरू टर्कीका भूकम्प पीडितहरूको सहयोगार्थ ‘गाईघाट कोरा साइक्लिङ च्यालेन्ज २०२३’ मा सहभागी भएका छन्।




त्रियुगा नगरपालिकाको सहयोग र साइक्लिङ संघ उदयपुरको आयोजनामा शनिबार (असार ३० गते) आयोजित ५०.५० किलोमिटर दूरीको कोरा साइक्लिङ च्यालेन्जमा यात्रीहरू सहभागी भएका हुन्।

विगत केही वर्षयता आयोजना हुँदै आएको च्यालेन्ज यस वर्ष ‘पाँचौ संस्करणको कोरा च्यालेन्ज २०८०’ आयोजना गरिएको संघका अध्यक्ष जितेन्द्र रोईलाले बताए।

अध्यक्ष रोईलाका अनुसार यस पटकको प्रतियोगितामा ५०.५० किलोमिटर दूरीमा गरिने साइकल यात्रा सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटदेखि सुरु भई त्रिनपा ३ मोतिगडा, ४ वगाहा, ५ देउरी, ६ जलजले, ७ चुहाडे र ८ राजाबास हुँदै पुनः गाईघाटमै आएर टुङ्ग्गिने छ।

कोरा च्यालेन्जमा करिब ५ घण्टा साइकल यात्रा गर्ने समय तालिका तय भएको छ। प्रतियोगितामा त्रियुगाबाहेक छिमेकी नगरपालिकाहरु बेलका र चौदण्डिगढीका गरी १ सय ५ जना यात्री सहभागी भएका छन्।

जिल्लाका सबै नगरपालिकामा साइक्लिङ गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको र खासगरी युवा र बालबालिकामा साइकल यात्राप्रति बढ्दो आकर्षण रहेको छ। तर, विविध समस्याले यस पटकको कोरा च्यालेन्जमा सबैलाई सहभागी गराउन नसकिएको रोईलाले बताएका छन्।

‘कोरा’ को अर्थ साइक्लिङ भाषामा निश्चित क्षेत्रको परिक्रमा हो। साइकल चढेर घडीको सुई घुम्ने दिसामा परिक्रमा गर्नु नै कोरा साइक्लिङ हो। प्रतियोगिताको रुपमा लिएर साइकल चढेर घुम्ने कार्यक्रम भएकाले यसलाई कोरा साइक्लिङ नाम दिइएको हो।

साईक्लिस्टहरुले कोरामा विभिन्न स्थान घुम्ने र प्रचार/प्रसार गर्ने योजना बनाउने गरेका छन्। स्थानीय पर्यटन स्थलहरुको प्रचारप्रसार गर्नुका साथै सम्भावित पर्यटकीयस्थलहरुको खोजी र पहिचान गर्दै प्रचार प्रसारमार्फत ती ठाउँहरुलाई सतहमा ल्याएर पर्यटन प्रवर्द्धन गर्न कोरा च्यालेन्जले टेवा पुग्ने उनले बताए।

‘स्वच्छ वातावरण र स्वास्थ्य जीवन, क्लिन, ग्रिन, सिटी हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित कोरा च्यालेन्जलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने धारणा संघले अघि सारेको छ। कोरा च्यालेन्जमा लामो दूरीको साइकल यात्रा गर्नुपर्ने भएकाले सहभागीहरुलाई बीचबीचमा खाजा र खानाको व्यवस्था मिलाइएको संघले जनाएको छ।

स्वास्थ्य साइक्लिङ समुदाय निर्माणको लक्ष्यसहित परोपकारका कामहरु गर्ने योजना बनाउको संघले यो वर्ष आयोजित च्यालेन्जमा संकलित रकम टर्कीका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्य लिइएको अध्यक्ष रोईलाले बताए।

रोईलाले सन् कोरा साइक्लिङ च्यालेन्जको सुरुवात २०११ मा ३५ जना साइकल यात्रीको समूहले थालनी गरेको बताए। जस अनुसार कोरा च्यालेन्ज नेपालमा यो १३ औं श्रृङ्खला हो। सुरुमा ३५ जना साईक्लिस्टबाट सुरु भएको यो यात्रा ७ हजार जना पुगेपछि पछिल्लो समय जो जहाँ छ त्यहीँबाट कोरा च्यालेन्ज गर्न थालिएको हो। यस अघिका संस्करणमा यो भन्दा बढी यात्रीको सहभागिता रहने गरेको थियो।

साईक्लिङको सम्भावना राम्रो बोकेको उदयपुरमा यस विधा (खेल) लाई पछिल्लो समय पर्यटन प्रवर्द्धन गर्ने माध्यमको रुपमा विकास गर्दै लान सकिने सम्भावना औँल्याइएको छ।

साइकल यात्रा गर्नाले स्वास्थ्य जीवनशैलीको विकास हुने तथा जलवायु परिवर्तनमा कमी ल्याउनुका साथै पर्यटन पर्वद्धनमा पनि उल्लेख्य सहयोग पुग्ने ठहर गरिएको छ। त्यसैगरी प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने संघको दाबी छ। कोरा साइकल च्यालेन्ज विश्वका २० वटा राष्ट्रमा एकैसाथ आयोजना हुने गरेको संघले जनाएको छ।

अन्तर्राष्ट्रिय यो च्यालेन्जलाई ‘हिमालको सबैभन्दा ठुलो साइक्लिङ कार्यक्रम’ पनि भन्ने गरिएको छ। ‘हिमालको’ भन्नाले हिमालै हिमालले भरिएको देश नेपाल भनेर चिनिने पनि अध्यक्ष रोईलाले बताए। कोरा कार्यक्रममा सहभागी हुने सबै साइकल यात्रीलाई एकै खालको टिसर्ट पनि उपलब्ध गराइएको छ।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस