ताप्लेजुङबाट चालू आर्थिक वर्षमा आधा अर्बभन्दा बढी रकम फ्रिज हुने देखिएको छ। यद्यपी जिल्लागत आर्थिक खाताको अन्तिम अवस्था केलाउने क्रम जारी रहेकोले यो तथ्याङ्कमा केहि घटबढ हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले जनाएको छ।
संघ र प्रदेशतर्फ चालू र पुँजीगत गरी करिव ५४ करोड ३८ लाख ८२ हजार बढी रकम फ्रिज हुने संकेत देखिदा ३१ करोड हाराहारी अर्थात् करिव ५७ प्रतिशत पुँजीगत बजेट फ्रिज हुने स्थिति देखिएको छ। पुँजीगत खर्चलाई विकास खर्च पनि भनिन्छ।
कोलेनिकाका लेखापाल शंकर राउतका अनुसार संघीयतर्फको चालू र पुँजीगत दुबै गरी ४६ करोड ३६ लाख ५८ हजार बढी रकम खर्च फ्रिज हुन सक्ने देखिएको हो। संघीयतर्फ २८ करोड ५९ लाख ८७ हजार हाराहारी पुँजीगत शीर्षकको रकम फ्रिज हुने अवस्था देखिएको छ। संघीयतर्फको चालू बजेटमध्ये १७ करोड ७६ लाख ७१ हजार बढी रकम फ्रिज हुने देखिएको छ। संघीय बजेटको चालूतर्फ ४ अर्ब ६९ करोड ५५ लाख ८८ हजार हाराहारी बजेटमध्ये ४ अर्ब ५१ करोड ७९ लाख १० हजार हाराहारी रकम खर्च भएको अवस्था छ।
यस्तै संघीय बजेटकै पुँजीगततर्फ ९३ करोड २२ लाख १४ हजार रुपैयाँ बजेट रहेकोमा ६४ करोड ६२ लाख २६ हजार हाराहारी मात्र खर्च भएको देखिन्छ। यस्तै प्रदेशतर्फ चालू बजेट ३९ करोड ७९ लाख ७७ हजार रुपैंया हारहारी रहेकोमा ३४ करोड ३९ लाख ५२ हजार हाराहारी रकम मात्र खर्च भई ५ करोड ४० लाख २५ हजार हाराहारी रकम फ्रिज हुने देखिएको छ। प्रदेशतर्फको बजेटमा भने पुँजीगत भन्दा चालूतर्फको बढी बजेट फ्रिज हुने देखिएको छ।
प्रदेशतर्फ पुँजीगत शीर्षककमा १७ करोड १७ लाख ५२ हजार रुपैयाँ बजेट रहेकोमा १४ करोड ५५ लाख २३ हजार रुपैयाँ हाराहारी खर्च भई २ करोड ६१ लाख ९८ हजार रुपैयाँ हाराहारी फ्रिज हुन सक्ने देखिएको छ। समग्रमा हेर्दा पुँजीगततर्फ ३१ करोड २१ लाख ८५ हजार रुपैयाँ हाराहारी बजेट फ्रिज हुने देखिएको छ भने चालूतर्फ २३ करोड १६ लाख ९६ हजार रुपैयाँ हाराहारी बजेट फ्रिज हुने स्थिति देखिएको छ।