श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई
२७ असार २०८०
•
३ मिनेट पाठ
श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई
क्याप्शन
यस वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो। पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको छ। 




श्रीपति कोइराला गुठीले २१६ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो। पुरस्कार गुठीको ३१ औं वार्षिक साधारणसभामा प्रदान गरिने गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए। 

विन्ध्यवासिनी धार्मिक विकास क्षेत्र समिति नेपालको प्रमुख शक्तिपिठहरु मध्येको एक विन्ध्यवासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिदै आएको छ। नेपाली र भारतीयहरुको पूजनीय केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दु मात्र नभई गैर हिन्दु समेतको आस्थाको प्रतिकको रुपमा रहेको छ। समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ। 

विन्ध्यबासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विद्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन्। सिमितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासीय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ। 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास अन्तर्गत प्राकृतिक चिकित्सालय संचालन र निर्माणधिन अवस्थामा छ । सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ। धर्म साँस्कृतिक संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरिएको छ। टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कोईरालाले जानकारी दिए। 

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रमलाई पुरस्कृत गरिसकिएको गुठीले जनाएको छ । 

त्यस्तै श्रीपति सामाजिक पत्रकारिता पुरस्कार २०८० यस वर्ष वरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । २२ हजार २ सय २२ रुपैयाँको सो पुरस्कार यस वर्ष कार्कीलाई प्रदान गर्ने निर्णय गरिएको समितिका सचिव नवराज कोईरालाले जानकारी दिए। २०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँचदशक बिताईसकेका छन्। हाल उनी विविसी नेपाली सेवामा कार्यरत छन्। यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन्।
अर्को समाचार
श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई
२१ पौष २०८०
•
३ मिनेट पाठ
श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई
श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।




श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसर पारेर समितिलाई पुरस्कार दिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई सो पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको राशी नगद दुईलाख २२ हजार २ सय २२ रुपैयाँ सहित ताम्रपत्र, दोसल्ला र पदक रहेको छ।  

पुरस्कृत संस्था विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्ति पीठहरु मध्येको एक विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिदै आएको छ। नेपाली र भारतीयको पुजनीय केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दु मात्र नभई गैरहिन्दु समेतको आस्थाको प्रतिकको रुपमा रहेको छ। विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ। 

विन्ध्यबासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्ध्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन्। सिमितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ। 

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास अन्तर्गत प्राकृतिक चिकित्सालयपनि सञ्चालन गर्दै आएको छ। सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ। धर्म साँस्कृतिक संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरिएको छ। टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गरिएको गुठीका सदस्य सचिव नवराज कोईरालाले जानकारी दिए।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन्।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रीपती कोईराला गुठी समाज सेवाको क्षेत्रमा अब्बल नाम रहेको बताए। ईतिहासलाई गौरवका साथ लिन नसक्ने हो भने वर्तमान गौरव गर्न लायक हुँदैन,’ उनले भने, ‘तर आजको पुस्ता अनुदार छ। आजको पुस्ताले हिजोको दुःख नदेखेर हो कि? नबुझेर हो कि? वा हामीले नबुझाएर हो। आज एकलकाँटेपन व्यक्ति, परिवार र समाजमा नै देखिदैछ । यसो हुँदाहुँदैपनि श्रीपती कोईराला गुठी भने समाजमा उदाहरणीय बनेर समाजसेवा गरेर ख्याती कमाईरहेको छ।’

मेयर आचार्यले पुरस्कृत संस्था विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन र सौन्दर्यकरणसँगै सामाजिक काममा पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरे। विन्ध्यबासिनी मन्दिर आज धार्मिक क्षेत्र मात्र नभई पर्यटकीय केन्द्र बनेको छ,उनले भने,‘यो सब समितिको अहोरात्र खटाईको परिणाम हो।’ साधारण सभाको अवसरमा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ठ ठहरिएका विद्यार्थीहरुलाई श्रीपती विद्या पदक प्रदान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।

श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मेका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो। विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले जानकारी दिए।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस