न्यायमा सबैकाे पहुँच पुग्ने गरी अदालतमा सुधार हुँदैछः प्रधानन्यायाधीश
२५ असार २०८०
•
४ मिनेट पाठ
न्यायमा सबैकाे पहुँच पुग्ने गरी अदालतमा सुधार हुँदैछः प्रधानन्यायाधीश
भवन उद्घाटन कार्यक्रममा प्रधानन्यायाधीश र न्यायाधीश राउत लगायत। तस्विरः महेश्वर
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन कार्य छिटो, छरितो र सरल बनाउने बताएका छन्।




सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अदालतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै कार्कीले सो कुरा बताएका हुन्।

प्रधानन्यायाधीश कार्कीले नेपालको न्यायपालिका धेरै महँगो भयो भन्ने जनगुनासो आइरहेको बताउँदै त्यस्ता गुनासा सम्बोधन गर्न आफू सर्वोच्चको नेतृत्वमा आएसँगै योजना बनाएर लागिरहेको बताए।

अदालतको सुधारका लागि आफू कामु प्रधानन्यायाधीश भएर नेतृत्व सम्हालेदेखि नै योजना बनाएर अभियानमा लागेको भन्दै कार्कीले केही समयपछि नै नतिजा देखिन थाल्ने बताए। उनले न्यायपालिकामा दस्तुरभन्दा सेवामा झन्झट र ढिलासुस्ती भएकाले सेवाग्राहीको खर्च बढेको भन्दै त्यसको सुधार गर्न संवेदनशील भएर लाग्दै आएको बताए।

उनका अनुसार समय बदलिए पनि कतिपय मुद्धाका दस्तुर दुई दशक अघिकै जस्तो रहेको बताउँदै कार्कीले सरकारी दस्तुर महँगो भन्दा पनि न्याय सम्पादन ढिलासुस्ती हुनुले सेवाग्राही मार्कामा परेको बुझिएको बताए।

गाडी भाँडा, बास खर्च, कानुन व्यवसायीको शुल्कजस्ता कारणले महँगो देखिएको उनको भनाई थियो। यस्ता ससाना समस्यालाई चाँडै सम्बोधन गरिने भन्दै कार्कीले मुद्दालाई छिटोभन्दा छिटो किनारा लगाउन सके आफै सस्तो हुन पुग्ने विश्वास दिलाए।

सेवाग्राहीको गुनासो नआओस् भन्नका लागि मुद्दाको प्रकृति अनुसार सरल, सामान्य र जटिलमा वर्गीकरण गरी सबै जनतालाई न्यायको प्रत्याभूति दिन लागिरहेको उनले बताए।

अदालतले सेवा दिने नाममा कुनै बहानाबाजी गर्न नपाउने व्यवस्थाका लागि कडाइका साथ लागिरहेको र न्याय सम्पादनको काम ढिलासुस्ती गर्न कसैलाई नदिने प्रधानन्यायाधीश कार्कीको अठोट थियो। न्यायमा सबै जनताको पहुँच पुग्ने गरी सेवा प्रवाह गर्न न्यायाधीशहरुलाई आग्रहसहित निर्देशन दिए। न्याय मरेको अनुभूति गर्दै न्यायको मन्दिर प्रवेश गरेका सेवाग्राहीलाई शान्ति र न्यायको प्रत्याभूति दिलाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिए।

न्यायपालिकाभित्र शुद्धीकरण र सुदृढीकरण आवश्यक ठान्दै आफैले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न थालेको बताए। न्यायालयको भौतिक संरचना जति आकर्षक भयो त्यति नै सेवा पनि आकर्षक हुनुपर्नेमा जोड दिँदै उनले न्यायालय सेतो लुगा भएकाले सानो दाग मात्र लाग्यो भने पनि देख्न सकिने हुनाले दाग नलाग्ने गरी काम गर्न अनुरोध गरे।

कार्यक्रममा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन सके मात्र जनताले साँच्चै न्यायको अनुभूति गर्न सक्ने बताए।

न्यायपालिकालाई बदनाम गर्ने र हुर्मत लिने जुन पछिल्ला गतिविधि भएका छन् त्यसले न्यायाधीशलगायत सिङ्गो न्यायपालिका आलोचित भएको भन्दै राउतले त्यसलाई तोड्न पनि सबैसँग सहकार्य आवश्यक रहेको बताए।

फैसला कार्यान्वयन नहुँदा ठुलो संख्यामा मुद्दा बक्यौता बसेकाले बक्यौता न्यूनीकरणका लागि अभियान सुरु गरिएको राउतको भनाई थियो। कार्यक्रममा सर्वोच्चका मुख्यरजिष्ट्रार लालबहादुर कुँवर, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर बिक, त्रियुगा नगरप्रमुख वसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले न्यायमा जनताको पहुँच अभिवृद्धि गर्नेगरी योजना बनाएर अघि बढ्न सुझाएका थिए।

कार्यक्रम अघि १६ करोड बढीको नवनिर्मित अत्याधुनिक भवनको प्रधानन्यायाधीश कार्कीले उद्घाटन गरेका थिए। भवन नभएका कारण कार्यकक्ष अभावले नेपाल वार एशोसियसनको भवनसमेत भाडामा लिएर इजलास चलाउन बाध्य अदालतले २०७७ असार ९ गतेदेखि सुरु भएर चालु वर्ष तीन वर्षे अवधिभित्र सक्ने गरी मूल्य अभिवृद्धि कर (भ्याट) सहित १६ करोड ९ लाख ८२ हजार ९ सय ६७ रुपैयाँ ३५ पैसा लागतमा नयाँ भवन निर्माण भएको हो।

पीडित मैत्री, बालमैत्री, अपाङ्गमैत्री, थुनुवा कक्ष, विश्राम कक्ष र सेवाग्राहीका लागि पर्याप्त विश्रामस्थलसहितको साँढे तीन तल्ले भवन तोकिएकै समयमा सम्पन्न भएको अदालतका श्रेष्तेदार धनबहादुर कार्कीले बताए।

सिएम/कृष्णलक्ष्मी जेवी काठमाडौँले बनाएको नवनिर्मित भवन जिल्लाकै पहिलो दुई वटा लिफ्ट (विद्युतीय भर्‍याङ भएको आधुनिक संरचना भएको कार्कीले बताए।

एउटा लिफ्ट कर्मचारी र अर्को लिफ्ट सेवाग्राहीलाई प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको कार्कीले बताए। नयाँ भवन बनेपछि हाल अदालतले बालबालिकालाई लक्षित गरी बाल इजलाससहित पाँच वटा इजलास संचालनमा ल्याएको कार्कीले बताए।

भवनमा सभा हल गरी ५४ कोठालगायत आधुनिक शौचालय रहेको श्रेष्तेदार कार्कीले बताए। उनका अनुसार भवनका सबै ठाउँमा सिसी क्यामेरा जडान गरिएको पनि बताए। आफ्नै स्वामित्वको १२ कठ्ठा ८ धुर क्षेत्रफल जमिनमा निर्मित भवनको पछाडि भागमा सुरक्षा ब्यारेक र अगाडि सुविधायुक्त चमेना गृह रहेको छ।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस