बर्खाको बेला सुनसरीको झुम्का कारागारमा कैदीबन्दीले बनाएका मुढाको विक्री घटेको छ। कैदी बन्दीले बनाएका मुढा चीनसम्म निकासी हुने गरेकोमा पछिल्लो समय नाका बन्द हुँदा र अर्कातिर बर्खा लागेको हुँदा विक्री वितरणमा कमी आएको हो।
चीनमा मुढा निकासी हुँदा कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याई नभ्याई हुने हुन्थ्यो। ‘अहिले चीनको नाका बन्द भएको र बर्खा लागेर बेसिजन भएकाले मुढा विक्री घटेको छ,’ झुम्का कारागार ब्लक ‘ए’ का आन्तरिक प्रशासनका चौकीदार दिपेन अधिकारीले भने, ‘अब भदौ लागेपछि फेरि मुढाको विक्री बढ्नेछ।’ उनका अनुसार सिजनका बेलामा ब्लक ‘ए’ र ‘बी’ दुवै स्थानका गरी मासिक रुपमा झन्डै तीन हजार थान मुढा उत्पादन भएर विक्री हुने गरेको छ।
झुम्काका कैदीबन्दीले बनाएका मुढा यति बेला भने ढल्केवर, काठमाडौं र रसुवासम्मका व्यापारीले लगेर विक्री गर्ने गरेका छन्। झुम्का कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन्।
यहाँ मुढा बनाउने काममा दुवै ब्लकका गरी पाँच सय हाराहारी संलग्न छन्। मुढाबाहेक ढाका टोपी बन्ने काममा ३५ जना र फर्निचरका सामान बनाउने काममा ५० जना जति संलग्न रहेको झुम्का कारागार प्रशासनले जनाएको छ। झुम्का कारागारमा एक हजार छ सय हाराहारी कैदीबन्दी रहेका छन्।

‘कतिपयले त मुढा बनाएर कमाई गरेर घरमा पैसा पठाएर छोरी छोरीको पढाई र घरायसी खर्च पनि धान्दै आएका छन्,’ चौकीदार अधिकारीले भने।कारागारमा प्रतिगोटा मुढा व्यापारीलाई चार सय ५० का दरले बिक्री हुने गरेको छ। खुद्रा प्रतिगोटा पाँच सयका दरले बेच्ने गरेका छन्। बाँस र पलास्टिकको रसी तथा धागो किनेर बुढा बनाउने गरेका छन्। पलास्टिकको रसी भन्दा धागोबाट बनाएका मुढा आकर्षक हुन्छन्।
‘कारागारमा बनाएका मुढा दह्रा हुने भएकाले गर्दा एक पटक आएर किन्नेले अरु बेला आवश्यक परेको बेला पनि यही किन्ने गरेको छ,’ कारागार प्रशासनका जेलर उपसचिव भीम भट्टराईले भने।उनका अनुसार काम गर्ने र सीप सिक्ने चाहना भएका कैदीबन्दी मुढा बनाउनेसँगै ढाकाको टोपी र फर्निचर निर्माणमा आबद्ध भएका छन्।