सडक निर्माणमा लापरबाही: गाउँबस्ती पहिरोको जोखिममा
२० असार २०८०
•
३ मिनेट पाठ
सडक निर्माणमा लापरबाही: गाउँबस्ती पहिरोको जोखिममा
लाहान डिभिजनले खनेको सडकबाट गएको पहिरोले क्षति गरेको सार्की परिवार। तस्विरः महेश्वर
प्राविधिक आंकलन अनुसार खनिएका सडक संरचनाले उदयपुरका कतिपय गाउँबस्ती उच्च जोखिममा परेका छन्।




भर्खरै रौतामाई गाउँपालिका ७ पुँवारेस्थित मानव बस्तीमा मुर्कुची–पुँवारे खण्डको सडकमा गएको पहिरोले स्थानीय स्वस्ते सार्कीको घर उच्च जोखिममा परेको छ भने गोठ र खोर पुरिँदा आधा दर्जन चौपायामा (बाख्रा, सुँगुर) क्षति पुगेकाे छ।

मंगलबार दिउँसो गएको पहिरोले सार्कीको डेढ बिघा क्षेत्रफल जमिनमा लगाइएको धान, मकै अन्नबाली पाक्ने बेलामा पहिरोले पुरिएर क्षति भएको स्थानीय नारायण रायाले बताए।

उनका अनुसार पहिरोले छिमेकी रामबहादुर सार्कीको पनि गोठ र खोर पुरेर सुँगुर र बाख्रा मरेका छन्। त्यसैगरी छिमेकीहरु गणेश सार्की र टेबहादुर दुलालको पनि गोठ र खेतबारी पहिराेमा पुरिएर अन्नबाली नष्ट भएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए।

उनले वर्षा भइरहेकाले पहिरो जाने क्रम पनि जारी रहेपछि पीडित सार्की परिवारलाई अन्यत्र छिमेकीको घरमा सुरक्षित गरिएको बताए। बस्ती पहिरोको उच्च जोखिम क्षेत्र रहेकाले गाउँपालिकाको विपत् व्यवस्थापन समितिमार्फत तत्काल उद्धार र सुरक्षित गर्दै आवश्यक राहत वितरण गर्ने काम भइरहेको पनि अध्यक्ष मगरले बताए।

सो सडक डिभिजन कार्यालय लाहान, सिराहाको ठेक्कामा निर्माणाधीन रहेको छ। सडक डिभिजन लाहाद्वारा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका उदयपुरका अधिकांश सडक योजनामा यस्तै गम्भीर लापरबाही हुने गरेको गुनासो पनि सर्वसाधारणको छ।

सामान्य वर्षाकै कारण पुँवारेमा पहिरोले ३ घरपरिवार विस्थापित हुन पुगेको र अन्य आधा दर्जन घरपरिवार उच्च जोखिममा परेपछि तत्काल सुरक्षित गरेर अरू गम्भीर क्षति हुनबाट रोक्ने प्रयास भइरहेको छ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सडक डिभिजन लाहानका प्रमु्खलाईसमेत झिकाउने काम भइरहेको अध्यक्ष मगरले बताए। टोलीले निरीक्षण गरेपछि जोखिमपूर्ण बस्तीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे उपाय खोजिने उनले बताए।

मुर्कुची–रौता खण्ड सडक बनाउँदा प्राविधिक इस्टीमेट अनुसार नगरेको र गुणस्तरीय सामग्री प्रयोग नहुँदा यस्तो आपत्ति आइपरेको स्थानीयको गुनासो छ।

सडकको ग्यावियन पर्खालको जग बलियो नहुनुका साथै गुणस्तरीय सामग्री नहाल्नाले पहिरो गएर सडकमुनिको बस्तीलाई आपत्ति परेको हो। बायो–इन्जिनियरिङको नियम भन्दा बाहिर गएर डोजर चलाउँदै खनेको सडकमा यस्तो समस्या आएको अध्यक्ष मगरले बताए।

बस्तीभन्दा माथिबाट सडक खन्दा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा गहिरो अध्ययन नगरी काम गर्दा यस्तो विपत्ति आइपरेको उनको भनाई छ।

प्राविधिक इस्टीमेट अनुसार ग्यावियन वाल लगाउँदा बलियो गरी जाली, पर्खाल लगाउनुपर्नेमा डोजरकै भरमा पुरेर बनाइएको सडकमा यस्तो समस्या आएको हुनसक्ने उनको आँकलन छ।

एकातिर सडकको काम नसकिएर अलपत्र परेको छ भने अर्कातिर गाउँपालिकाले दिएको सुझाव अनुसार काम नगर्दा यस्तो समस्या आएको मगरले बताए।

‘हामीले दिएको सुझाव अनुसार गरेको भए पनि यत्ति धेरै क्षति हुँदैनथ्यो’ अध्यक्ष मगरले भने ‘तर, हाम्रो कुरालाई डिभिजन कार्यालयले वास्तै नगर्दा यस्तो समस्या थपिएको हो।’
डिभिजनले आफूखुसी दक्ष प्राविधिक नखटाई ठेकेदारको भरमा मनपरी काम लगाउँदा यस्ता थुप्रै समस्या अन्य सडकहरुमा पनि आइरहेको जिल्लावासीको गुनासो छ।

वर्षायाममा गाउँबस्ती उठिबास नै हुने गरी सडक पूर्वाधार बनाउनुको कुनै अर्थ नरहने भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। विकासको नाममा विनाश कसैले नचाहेको भन्दै उनीहरुले सडक डिभिजन लाहानले यस्तो जोखिमको ग्यारेन्टी लिनुपर्ने र पहिरो पीडितहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन्।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ११ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस