पछिल्लो समय उदयपुरमा सवारी दुर्घटनाको संख्या अत्यधिक बढ्दै गएको छ।
मंगलबारदेखि सुरु भएको ‘ट्राफिक सप्ताह ०८०’ को अवसरमा सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार गएको एक वर्षे अवधिमा जिल्लामा १ सय ७७ वटा सवारी दुर्घटना भएको छ भने ३४ जनाको ज्यान गएको छ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्राफिक नियमको पालना नगर्दा सयौँ दुर्घटना, दर्जनौँको मृत्यु र कैयौँ अङ्गभङ्ग हुने गरेको बताए।
उनका अनुसार चालु वर्षको साउनदेखि अहिलेसम्म १ वर्षे अवधिमा १ सय ७७ वटा दुर्घटना भएको, जसमा २ सय ३० वटा सवारी साधन संलग्न रहेका थिए। उनले सार्वजनिक गरेको तथ्यांकमा दुर्घटनामा परी २८ पुरुष, ४ महिला, १ बालक र १ बालिका गरी ३४ जनाको ज्यान गएको छ।
एसपी फुयालका अनुसार सो अवधिमा सवारी दुर्घटनामा पर्दा ४८ महिला, १४ पुरुष, ८ बालक र २ बालिका गरी ७२ जना गम्भीर घाइते भएका छन्।
त्यसैगरी १ सय ७१ पुरुष, ६७ महिला, ७ बालक र १५ बालिका गरी २ सय ६० जना यात्रु र पैदल यात्री सामान्य घाइते भएको तथ्यांकले देखाएको छ। सवारी दुर्घटनामा पर्दा जनधनको ठुलो क्षति हुने गरेको भन्दै एसपी फुयालले यस्तो विडम्बना आईपर्नुको मुख्य कारण सवारी चलाउँदा ट्राफिक नियमको पालना नगर्नुकै भएको बताए।
कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले सवारी दुर्घटनाका कारण अनाहकमा जनधनको क्षति भइरहेको भन्दै त्यसलाई रोक्न सचेततापूर्वक सवारी चलाउनुपर्ने बताए।
उनले ट्राफिक नियमको जानकारी नहुनु, मदिरा सेवन गरेर सवारी चलाउनु, तीव्र गति लगायत विभिन्न कारण दुर्घटना हुने गरेको भन्दै सवारी चलाउँदा होसियारीपूर्वक चलाउन सबैसँग आग्रह गरे। गाईघाट र त्रियुगा नगरलाई दुर्घटनामुक्त क्षेत्र बनाउने प्रयास गर्ने बताउँदै उनले त्यसका लागि ट्राफिक, प्रहरी, प्रशासन, यातायात व्यवसायी र सर्वसाधारणसँग आग्रह गरे।
कार्यक्रममा त्रियुगा नगर उप-प्रमु्ख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, त्रियुगा ३ का वडाध्यक्ष तिलक कटुवाल, ४ का बद्री बस्नेत, ११ का सुमन्त कोइराला लगायत वक्ताहरुले सवारी चलाउँदा सामान्य तथा गम्भीर त्रुटिले केही समययता दिनदिनै भइरहेको दुर्घटना कम गर्न सबै मिलेर लाग्नुपर्ने बताए।
एकपछि अर्को गरी बढ्दै गएको दुर्घटना कम गर्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सर्वसाधारण सबै मिलेर सचेतना अभियान चलाउनुपर्नेमा उनीहरुको जोड थियो। दुर्घटना कम गर्न एक मात्र विकल्प सचेत हुनु नै भएको भन्दै उनीहरूले त्यसका लागि मुख्य रुपमा चालक र यात्रुहरु पनि सचेत हुनुपर्नेमा जोड दिए।
‘नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी’ को आयोजनामा प्रदेशका १४ वटै जिल्लामा एकैचोटी सुरु भएको सप्ताह एक साता चल्ने बताइएको छ। जस अन्तरगत र्याली, पर्चा पम्प्लेट वितरण, सर-सफाई, स्कुल कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन लगायत विभिन्न कार्यक्रमहरु हुने जनाइएको छ।
राजश्व पौने २ करोड
चालु वर्ष उदयपुरमा ट्राफिक कार्यालयले पौने २ करोड राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउन १ देखि असार १७ गतेसम्मको अवधिमा विभिन्न सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई जरिवानाबापत १ करोड ७३ लाख ७३ हजार राजश्व उठेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
ट्राफिक हवलदार भुवन राईका अनुसार सो राजश्व २५ हजार २ सय ८६ वटा सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिवाना तिराइएको हो। उदयपुरमा सदरमुकाम गाईघाट, कटारी नगरपालिकाका, चौदण्डीगढी र बेलका नगरपालिकाका विभिन्न ठाउँ तथा अन्य स्थानीयतहका बजार क्षेत्रमा पनि ट्राफिक परिचालन गरेर सवारी नियमन गर्ने गरिएको राईले बताए। जसमध्ये गाईघाट, जलजले, बेलटार, रामपुर, चतारा, कटारी, घुर्मी, बेलसोत, मुर्कची नाकाहरु मुख्य गरी ट्राफिक बिट राखेर परिचालन गरी सवारी नियमन गर्ने गरिएको कार्यालयले जनाएको छ।