उदयपुरको बिकट पहाडी गाउँपालिका लिम्चुङबुङले सबै वडालाई एउटै सडकले जोड्ने निर्णय गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ।
भर्खरै सम्पन्न ‘दोस्रो गाउँभाको १३ औँ अधिवेशन’ ले निर्माणाधीन जाँते–बलम्ता–ताम्लिछा–बाँबोटे हुँदै गाउँपालिका केन्द्र बाराहा जोड्ने निर्माणाधीन सडक आगामी वर्ष पूर्णता दिने निर्णय गर्दै सभा सम्पन्न गरेका हो।
‘पूर्वाधारसहितको शिक्षा र स्वास्थ्य: समृद्ध लिम्चुङबुङ हाम्रो लक्ष्य’ भन्ने नाराका साथ पारित आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा सो सडकलाई पुर्णता दिने प्रतिबद्धता जनाइएको छ।
गाउँसभामा सो सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन अध्यक्ष मेजर राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उपाध्यक्ष पुष्पलाल राईले प्रस्तुत गरेको बजेटमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सो रकमबाट ४ वर्षअघि १ करोड बढी मूल्यमा खरिद गरे पनि लामो समयदेखि बिग्रेर प्रयोगविहीन अवस्थामा रहेको एक्स्काभेटर मर्मत गरी निर्माण गर्न बाँकी दूरीको सडक खन्ने र खनिसकेको खण्डमा मर्मत गर्न लगाइने गाउँ सभाले निर्णय गरेको छ।
विनियोजित बजेटबाट गाउँपालिकाको एक्स्काभेटर मर्मत गरी आवश्यक तेल खरिद गरेर बाँकी भाग खन्ने तथा नियमित मर्मत सम्भार गर्दै ४ वटै वडावासीलाई केन्द्र बाराहासम्म आउजाउमा सहज बनाउने नीति कार्यक्रमले निर्दिष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए।
उनका अनुसार गाउँपालिकाको आफ्नै एक्स्काभेटर रहेकाले आवश्यक इन्धन खरिद गरी अधुरो सडक निर्माण र मर्मतसंभार गरी १२ महिनै यातायात सञ्चालन गर्न मिल्ने बनाउने नीति लिएर अघि बढ्ने निर्णय गाउँ सभाले गरेको छ।
नीति कार्यक्रम पारित र बजेटको व्यवस्थासमेत गरेकाले जाँते र बलम्ताबीचको बाँकी भागमा नयाँ ट्र्याक खन्ने, बुईखादेखि वाईलासम्मको खण्डमा स्तरोन्नति मर्मत गर्ने तथा बलम्ता–ताम्लिछा र ताम्लिछा–बाँस्बोटेबीचको जोड्न बाँकी खण्ड सडक खन्ने बाटो खुल्ला भएको हाकिम गुरुङले बताए। सो सडक निर्माण पुरा भएपछि गाउँपालिकाका ५ वटै वडालाई जोड्ने लिंक रोड साबित हुने उनले बताए।
तत्कालीन उदयपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुरेशकुमार राई (हिमाल) को निर्वाचन क्षेत्र विकास कोषमार्फत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट आर्थिक वर्ष ०७६/७७ मा सो सडक निर्माण सुरु भएको हो।
साबिक जाँते २ बुईखादेखि खोस्टुङसम्म कच्ची ट्र्याक खोलिएको उक्त सडक दोस्रो वर्ष ०७७/७८ मा पुनः सांसद राईकै कोषबाट विनियोजित ५३ लाखबाट जाँते ३ साफला हुँदै साबिक बलम्ता ६ वाईलासम्म नयाँ ट्र्याक खनिएको छ। त्यसपछि भने आवश्यक बजेट अभावमा बलम्तासम्म जोड्न नसक्नुका सार्थै खनेको खण्ड पनि मर्मत र स्तरोन्नति गर्न नसक्दा बिग्रे भत्केर लथालिङ्ग हुन पुगेको छ। बुईखादेखि खोस्टुङ हुँदै चौलानेसम्म कामचलाउ यातायात आउजाउ भइरहे पनि खोस्टुङदेखि वाईलासम्मको खण्ड प्रयोग हुन सकिरहेको छैन।
वाईलादेखि बलम्ता जोड्न अढाई किलोमिटर हाराहारी बाँकी रहेको सडक छाताङ खोलापारि भने मान्टुङ, बलम्ता माझगाउँसम्म यसअघिदेखि नै चालु छ। बलम्ता माझगाउँदेखि सोल्मेढुंगा हुँदै २ नं. वडा ताम्लिछा जोड्न ३ किलोमिटर हाराहारी बाँकी रहेको सो सडक ताम्लिछादेखि बाँसबोटे जोड्न पनि त्यत्तिकै हाराहारी दूरी बाँकी छ। हाल गाईघाटदेखि मुर्कुची–पुँवारे–माझखर्क हुँदै गाउँपालिका केन्द्र बाराहा जोडिएर प्रयोगमा आइरहेको सडकभन्दा बुईखा–बलम्ता–ताम्लिछा–बाँस्बोटे सडक गाउँपालिकावासीका लागि बढी उपयोगी र सोझो भएको स्थानीय बताउँछन्।
गाईघाट–मुर्कुची–पुँवारे–माझखर्कसम्म रौतामाई गाउँपालिकाको भूभाग पर्ने भएकाले माझखर्कदेखि ५ किलोमिटर दूरीमा पर्ने भैयचुङ (दोबाटे) देखि मात्र लिम्चुङबु्ङको भूभाग सुरु हुन्छ।
त्यसैले समग्र गाउँपालिकावासीलाई सडक सञ्जालले जोड्नका लागि बुईखा–बलम्ता–ताम्लिछा–बाँस्बोटे सडक निर्माण र स्तरोन्नति गर्न अनिवार्य रहेको स्थानीय बताउँछन्।
यो सडक गाईघाट–मुर्कुची–पुवाँरे–भुट्टार भएर रौतामाईकै ३ नं. लाफागाउँ हुँदै बुईखा जोडिएको छ भने भुट्टारदेखि साबिक जाँतेको ७ र ८ हिम्मा हुँदै पनि जोडिएको छ।
त्यसैगरी गाईघाट–साउने –रानीबास–रौता हुँदै पनि भुट्टार जोडिइसकेकाले रौतापोखरीबाट भुट्टार हुँदै बुईखा पुगेर बलम्ता–ताम्लिछा–बाँसबोटे जोडिन सक्छ। लिम्चुङबुङको अधिकतर बसोबास गर्ने मध्ये क्षेत्रको भूभागलाई चिरेर जाने यो सडक निर्माण सम्पन भएमा ४ वटै वडावासीका लागि ‘लाईफलाईन’ साबित हुने दुर्गामी महत्वको भएकाले पनि यसको निर्माणमा जनप्रतिनिधिले प्राथमिकता दिनुपर्ने राय गाउँलेको छ।
सम्बन्धित निकायको नजर नपर्नु र, गाउँपालिकासँग पर्याप्त बजेट अभावले सुरु भएको ६ वर्षसम्म कच्ची डोरो नछिचोलिएको यो सडकलाई गाउँपालिकाले निर्माण पुरा गर्ने नीति पारित गरेपछि स्थानीवासीमा सडक बन्ने अपेक्षाले उत्साह भरेको छ।