वन डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा रहेका सामुदायिक वनमा व्यापक फडानी भएको खुलासा भएको छ।
लामो समय देखि मध्यवर्ती क्षेत्रका वन र वन डिभिजन अन्तर्गत सामुदायिक बनमा व्यापक काठ तस्करी भएको तथ्य बाहिरिएको हाे।
पछिल्लो समय सामुदायिक वनमा फडानी भइरहेको हल्लासँगै बारबर्दिया ८ स्थित परनित समिलबाट निकुञ्जको मुख्यालयको प्रशासन, सेनाको टोली, वनको टोली र प्रहरीको संयुक्त टोलीको उपस्थितमा काठ बरामद गर्न सफल भएको निकुञ्जका सूचना अधिकृत आशिष न्यौपानेले बताए।
यसअघि निकुञ्जले काठ तस्करी नियन्त्रणका लागि गरेको प्रयास सेटिङमा भइरहेको तस्करीका कारण असफल भइरहेको खुलेको छ। निकुञ्जले चोरी तस्करी नियन्त्रणमा खटिने सूचना संयन्त्र (ईन्ट) को प्रयोगबाट प्राप्त सूचना आधारमा सेटिङमा भइरहेको तस्करीको काठ बरामद गर्न निकुञ्ज प्रशासन सफल भएको हो।
निकुञ्ज प्रशासनले यस पटक सेटिङमा भइरहेको तस्करी गिरोहलाई पक्राउ गर्न क्यामरा प्रविधिको प्रयोग गरेको बुझिएको छ।
चोरी शिकारी नियन्त्रणका लागि प्रयोग गरिने अत्याधुनिक (स्पाई) क्यामराले कसैको पनि चहल पहल भएको फोटो कैद गरेर निकुन्जमा पठाउने प्रविधि प्रयोगमा ल्याएपछि ट्याक्टर सहित तस्करका गिरोह पक्राउ गर्न सकेको नाम नखोल्ने सर्तमा निकुञ्ज स्रोतले जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी नारायण रिसालले प्राप्त गरेको सूचनाका आधारमा सुरक्षाकर्मीले यसअघि काठ बरामद गर्न सफल भएका छन्। अवैध ओसार पोसार नियन्त्रणका लागि कडाई गरेको प्रमुख जिल्ला अधिकारी रिसालले दाबी गरे। प्रजिअ रिसालका अनुसार निकुञ्ज प्रशासन लगायत सुरक्षा संयन्त्रलाई बारबर्दिया र गुलरियाका सामुदायिक वन क्षेत्रमा संवेदनशील रहन सुरक्षा समितिले औँल्याइसकेको छ।
बबई सब-डिभिजन कार्यालयका कर्मचारी, सामुदायिक वन पदाधिकारी र तस्करको मिलेमतोमा रातारात काठ मिलमा भित्राएर चिरान गरी कागज मिलाएर बाहिर लामो समय देखि लैजाने गरेको स्रोतको दाबी छ।
सामुदायिक वनमा रातारात चिरान भएर बाहिर जिल्लामा बिक्री वितरणका लागि कागज पत्र वन कर्मचारी मिलेमतोमा हुने गरेको समेत स्रोतको दाबी छ। वनले स्टक मिलाएर समिलमा अवैध काठलाई वैद्य बनाइरहेको वन कर्मचारीलाई आरोप छ।
स्थानीयका अनुसार सामुदायिक वनमा कटान गरेर रातारात मिल ट्याक्टर, डलबमा काठ बोक्दा र मिल सम्म ल्याउँदा हुने हल्लाले गाउँले आजित भएको गुनासो गर्दे आएका थिए। बबई सब-डिभिजन अन्त्रगतका जनशक्ति करेलिया, शिव शक्ति, भैरव सामुदायिक वनमा अनुगमन टोलीले कटान भएका रुखका ठुटाको गणनाले त्यस क्षेत्रका अन्य सामुदायिक वनको वस्तुस्थिति आङ्कलन हुने स्थानीय दाबी गर्छन्।
डिभिजन वन कार्यालयले चिरान र बिक्री वितरणका लागि अनुमति दिएका परनित, पादुका, र एपि समिलमा सामुदायिक बनका काठ रातारात चिरान गरी बिक्री वितरण हुने गरेको संचालकलाई आरोप लागेको छ। उता, बबई सब-डिभिजनका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले आफ्नो क्षेत्रका सामुदायिक वनमा फडानी नभएको दाबी गरे।

‘हामीले अनुसन्धानको पाटो खुलेर भन्न मिल्दैन’ उनले भने, ‘पटक पटक प्रयासपछि बल्ल काठ सहित मानिस पक्राउ गर्न सफल भयौ।’बुधवार दुई वटा ट्याक्टर लोड गरिरहेको अवस्थामा ८ थान सालको गोलिया मध्यवर्ती क्षेत्रमा कटान गरी मध्यवर्ती क्षेत्र बाहिर संचालनमा रहेको परनित समिलमा भित्राइसकेको अवस्थामा बरामद भएको हो।
प्रमुख जिल्ला अधिकारी नारायण रिसालले प्राप्त गरेको सूचनाका आधारमा सुरक्षाकर्मीले यसअघि काठ बरामद गर्न सफल भएका छन्। अवैध ओसार पोसार नियन्त्रणका लागि कडाई गरेको प्रमुख जिल्ला अधिकारी रिसालले दाबी गरे। प्रजिअ रिसालका अनुसार निकुञ्ज प्रशासन लगायत सुरक्षा संयन्त्रलाई बारबर्दिया र गुलरियाका सामुदायिक वन क्षेत्रमा संवेदनशील रहन सुरक्षा समितिले औँल्याइसकेको छ।
बबई सब-डिभिजन कार्यालयका कर्मचारी, सामुदायिक वन पदाधिकारी र तस्करको मिलेमतोमा रातारात काठ मिलमा भित्राएर चिरान गरी कागज मिलाएर बाहिर लामो समय देखि लैजाने गरेको स्रोतको दाबी छ।
सामुदायिक वनमा रातारात चिरान भएर बाहिर जिल्लामा बिक्री वितरणका लागि कागज पत्र वन कर्मचारी मिलेमतोमा हुने गरेको समेत स्रोतको दाबी छ। वनले स्टक मिलाएर समिलमा अवैध काठलाई वैद्य बनाइरहेको वन कर्मचारीलाई आरोप छ।
‘वनमा कुनै कुनै व्यवसायीको कर्मचारीले नै छुटपुर्जी बनाएको देखिन्छ’ एक व्यवसायीले भने, ‘केही व्यवसायीले महिनौँ धाउँदा समेत वनबाट छुटपुर्जी लिन सक्दैनन्, यस्ता विभेद वन कर्मचारीले अन्त्य गर्नु पर्छ।’पछिल्लो समय सामुदायिक वन फडानीका बारेमा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न स्थानीयले माग गरेको छन्।
स्थानीयका अनुसार सामुदायिक वनमा कटान गरेर रातारात मिल ट्याक्टर, डलबमा काठ बोक्दा र मिल सम्म ल्याउँदा हुने हल्लाले गाउँले आजित भएको गुनासो गर्दे आएका थिए। बबई सब-डिभिजन अन्त्रगतका जनशक्ति करेलिया, शिव शक्ति, भैरव सामुदायिक वनमा अनुगमन टोलीले कटान भएका रुखका ठुटाको गणनाले त्यस क्षेत्रका अन्य सामुदायिक वनको वस्तुस्थिति आङ्कलन हुने स्थानीय दाबी गर्छन्।
डिभिजन वन कार्यालयले चिरान र बिक्री वितरणका लागि अनुमति दिएका परनित, पादुका, र एपि समिलमा सामुदायिक बनका काठ रातारात चिरान गरी बिक्री वितरण हुने गरेको संचालकलाई आरोप लागेको छ। उता, बबई सब-डिभिजनका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले आफ्नो क्षेत्रका सामुदायिक वनमा फडानी नभएको दाबी गरे।
‘वन क्षेत्रमा पर्ने सामुदायिक वन अनुगमन गरेका छौ,’ उनले भने, ‘हल्लै हल्लामा सामुदायिक वनमा फडानी भएको अनुमान गर्छन्।’बबई सब-डिभिजन अन्त्रगतका सामुदायिक वनबाट २ हजार देखि २ हजार पाँच सय क्यूफिट साल र सिसौका काठ तस्करी गरी सेटिङमा निकासी गरिसकेको स्रोतको दाबी छ। त्यति परिमाण काठको बजार मूल्य करोड माथि पर्छ। स्थानीयले उक्त क्षेत्रका सामुदायिक वनमा उच्च स्तरीय विज्ञ टोलीले फडानीको तथ्याकं लिन अनुगमन गर्न पर्ने सर्त सहित माग अघि सारेका छन्।