भरतपुरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने
१० असार २०८०
•
५ मिनेट पाठ
भरतपुरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने
भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन आइतबार हुँदैछ। यस वर्ष महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्दैछ।




सोही अनुरूप भरतपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारीसाधन मात्र खरिद गर्ने तयारी गरेको छ। ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत गर्ने’ नीति अनुरूप विद्युतीय सवारीसाधनको प्रयोग बढाउन यस्तो नीति ल्याउन लागेको हो।

आइतबार हुन लागेको आर्थिक बर्ष २०८०÷०८१को नीति तथा कार्यक्रममार्फत महानगरपालिकाले यस्तो ल्याउँदै छ। विद्युतीय सवारीसाधनको सहज चार्जिङका लागि पाँच स्थानमा चार्जिङ स्टेसन राख्ने गरि नीति ल्याउन लागेको महागनरपालिका स्रोत बताउँछ।

भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन आइतबार हुँदैछ। यसवर्ष महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्दैछ।
हाल भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनलमा नेपाल विद्युत प्राधिकरणसंगको सहकार्र्यमा चार्जिङ्ग स्टेसन सञ्चालनमा आइरहेको छ। आगामी बर्ष महानगरको वडा नम्बर एक स्थित रामनगरमा नेपालकै अत्याधुनिक चार्जिङ्ग स्टेशन निर्माण गर्ने महानगरको लक्ष्य छ। त्यसबहेक गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत चार्जिङ स्टेसन निर्माण गर्ने योजनामा महानगरपालिका छ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गर्ने योजना महानगरपालिकाको छ। ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तार कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिने अनुमान छ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गर्ने योजना महानगरपालिकाको छ।
भरतपुर महानगरपालिकाको विद्युत प्रणालीलाई व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ३३ केभिए क्षमताको देवनगर सबस्टेसन सञ्चालनमा ल्याउने बताएको छ। वडा नम्बर २१ को पार्वतीपुर र वडा नम्बर २६ को ज्योतिनगरमा १३२ के.भी.ए. क्षमताको सबस्टेशन निर्माणका लागि आवश्यक समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिँदैछ।

पूर्वाधार विकासलाई व्यवस्थित गर्न ‘परियोजना बैंक’

पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरूको ‘परियोजना बैंक’ तयार गर्ने रणनीति महानगरपालिकाले बनाएको छ। नीति तथा कार्यक्रम मार्फत पारित गर्ने गरी महानगरपालिका प्रमुख रेनु दाहालले यस्तो योजना ल्याउँदैछिन्।

संघीय सरकारका सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा युटिलिटी कोरिडरको अवधारणा अनुसार महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणबद्ध रूपमा भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने लक्ष्य राखिँदैछ।

पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरूको ‘परियोजना बैंक’ तयार गर्ने रणनीति महानगरपालिकाले बनाएको छ।
सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता राख्ने तयारीमा महानगरपालिका छ।

सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण बनाउने गरी तयारी थालिएको छ। नारायणी नदी किनारमा मनोरञ्जन पार्क, केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गर्ने लक्ष्य छ।

सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता राख्ने तयारीमा महानगरपालिका छ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विकास आयोजनाहरूको जनसहभागिता सम्बन्धी नीतिमा एकरूपता कायम गरिने बताईएको छ। विद्यालय भवन, कल्भर्ट, सिँचाइ, खानेपानी, सामुदायिक भवन, सतह ढल, सडक ढलान, ग्राभेल लगायतका योजनाहरूमा कम्तीमा १० प्रतिशत जनसहभागिता अनिवार्य गर्ने तयारीमा महानगरपालिकाको छ।

ल्याण्ड फिल साइट बनाउँदै

भरतपुर महानगरपालिकालाई सबैभन्दा समस्या फोहोर व्यवस्थापन हो। अहिले नारायणी किनारमा लगेर फालिँदै आएको छ। त्यसलाई व्यवस्थापन गर्ने गरी महानगरपालिकाले भरतपुर महानगरपालिका वडा नम्बर ११मा ल्याण्डफिल साइटको बनाउने तयारी गरेको छ।

नीति तथा कार्यक्रममा समावेश गरेर नै आर्थिक वर्षदेखि काम सुरु गर्ने तयारी गरिँदै छ। आगामी आर्थिक वर्षमा नै डिपिआर र इआइए निर्माण गरी काम सुरु गर्ने योजना छ। अटोल्याण्ड निर्माणका लागि वडा नम्बर ३को प्रस्तावित क्षेत्रको डिपीआर र ईआइए प्रतिवेदनका आधारमा निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन प्रकृया अघि बढाउने बताइएको छ।

नीति तथा कार्यक्रममा समावेश गरेर नै आर्थिक वर्षदेखि काम सुरु गर्ने तयारी गरिँदै छ। आगामी आर्थिक वर्षमा नै डिपिआर र इआइए निर्माण गरी काम सुरु गर्ने योजना छ।
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउने महानगरपालिकाले तयारी गरेको छ। नीति तथा कार्यक्रममा समावेश गरेर क्रिकेट रंगशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको हो।

यस्तै रसंघ र प्रदेश सरकारसँगकोर सहकार्यमा भरतपुर महानगरपालिका १५ मा संघीय शिक्षक अस्पताल र १४ मा प्रादेशिक आयुर्वेद अस्पतालको निर्माण कार्य थालनी गर्ने बताइएको छ।

विद्युतीय नक्सा पास

महानगरपालिकाले सुरु गरेको विद्युतीय नक्सापास प्रक्रियालाई पूर्ण डिजिटाइजेसन गर्ने तयारीमा छ। पुराना नक्सा पाससम्बन्धी कागजातहरूको पनि डिजिटाइजेसन गर्ने कार्यलाई निरन्तरता दिने गरी योजना बनाउँदै छ। महानगरपालिकाभित्र भवन निर्माणमा संलग्न निर्माणकर्मी, प्राविधिक र घरधनीहरूलाई समयानुकुल भूकम्प प्रतिरोधी भवन निर्माण र अन्य प्राविधिक तालिम प्रदान गर्ने नीति ल्याउन लागेको छ।

महानगरपालिकाले सुरु गरेको विद्युतीय नक्सापास प्रक्रियालाई पूर्ण डिजिटाइजेसन गर्ने तयारीमा छ।
यस्तै, महागनरपालिकाले ‘विषादीमुक्त भरतपुर’ नीतिलाई प्राथमिकता दिने तयारी गरेको छ। यसका लागि हालको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने तयारी छ। आई पी एम कृषक पाठशालालाई निरन्तरता नीति तथा कार्यक्रममा समाबेश गरिँदैछ। विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवं व्यवस्थित गर्ने लक्ष्य छ। तर, चितवनमा तरकारीमा अध्याधिक बिषादीको प्रयोग हुँदै आएको छ। यसलाई रोक्न महानगरपालिकालाई चुनौती नै छ।
अर्को समाचार
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३१ सेकेन्ड अघि
•
१ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस