स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ
०५ असार २०८०
•
१ मिनेट पाठ
स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 




भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाही सदरमुकाम मलंगवाका दुई जनालाई स्रोत नखुलेको रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बिआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो।

मोटरसाइकलमा पछाडि बसेका मलंगवा नगरपालिका २ का ४० वर्षीय नागेन्द्र ठाकुरले कम्मरमा खैरो रंगको कपडालाई पैसा राख्ने जस्तो बनाएर त्यसैमा लुकाई राखेको अवस्थामा १५ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

यसै गरी मोटरसाइकल चलाइरहेका मलंगवा ४ का ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरीको साथबाट भारतीय रुपैयाँ दुई हजार छ सय पचास रुपैयाँ बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

दुवै जनाबाट आठ बोतल मजा जुस, दुई थान मोबाइल सेट तथा दुई थान सिम पनि बरामद भएको प्रहरीको भनाइ छ।

रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए।
अर्को समाचार
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
०१ माघ २०७९
•
१ मिनेट पाठ
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ। एकै दिन दुई ठाउँबाट स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँसहित सर्लाही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।




सर्लाही प्रहरीले मलंगवाबाट एक जना भारतीय नागरिक र गोडैताबाट चार जनालाई अवैध रकमसहित नियन्त्रणमा लिएको हो।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ स्थित नेपाल विद्युत् प्राधिकरणको अगाडि हुँदै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको भारतको सितामढी जिल्लाको मरिया ग्राम पंचायत ३ तिलहंगीका जयलाल महताका करिब १९ वर्षका छोरा राहुल महतोलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो। महतोबाट दुई लाख नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

यसै गरी गोडैता नगरपालिका १२ लक्ष्मी चोकमा बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१– ०२५– च १७९४ नम्बरको स्विफ्ट कार रोकेर चेकजाँच गर्दा करिब साढे दश लाख नेपाली रुपैयाँ बरामद भएको हो। चेकजाँचमा स्रोत नखुलेको १० लाख ४५ हजार नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीको भनाइ छ।

रकमसहित कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय पहलाद चापागाईँ, बागेश्वरी मनोहरा नगरपालिका २ का २७ वर्षीय सनम बस्नेत, वडा नम्बर ८ का ३६ वर्षीय शिव चापागाईँ तथा ४८ वर्षीय कृष्ण दाहाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।

यसै गरी सर्लाही प्रहरीले भारतबाट भन्सार नतिरी अवैध रुपमा नेपाल भित्र्याएका करिब डेढ लाखका सामग्री विभिन्न ठाउँबाट बरामद गरी भन्सार चलान गरेको पनि जनाएको छ।
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
यो पनि पढौँ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस