पहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा आउँदै गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको टोली सवार हेलिकोप्टर खराब मौसमका कारण विराटनगर डाइभर्ट भएको छ।
पाँचथर र ताप्लेजुङमा अवतरण नभई हेलिकोप्टर प्रदेश राजधानी विराटनगर पुगेको हो।
सङ्खुवासभाको पहिरो निरीक्षण र जिल्ला विपद् व्यवस्थापन समिति र सराकारवालसंगको छलफल, ब्रिफिङ र निर्देशन पछि पाँचथर र ताप्लेजुङतर्फ जाने तयारी गरेको प्रधानमन्त्री दाहाल सहित उच्च पदस्थ अधिकारी सवार हेलिकोप्टर मौसमको खराबीका कारण विराटनगरमा अवतरण भएको सोही टोलीमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्रीले जानकारी दिए।
प्रधानमन्त्री सवार हेलिकोप्टर संखुवासभा पछि पाँचथर र त्यसपछि ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र सिदिङ्वा गाउँपालिकाको मेहेलेमा अवतरण गर्ने तयारी रहेकाे थियो।
प्रधानमन्त्रीका साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सीता गुरुङ र प्रकाश ज्वाला सहित प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई, वसन्तकुमार नेम्वाङ, दीपक खड्का सहित सुरक्षा अधिकारी सवार थिए।