ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।
उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ।
उद्धारका लागि पुगेको हेलिकोप्टर निलगिरी माविको खेलमैदानमा अवतरण गरेको केही समय पछि नै दर्के पानी र धुम्मिदो मौसमका कारण डेढ घण्टा त्यहीँ रोकिनु परेको थियो।
मौसममा केही सुधार आएसँगै चालकदलका सदस्यले हेलिकोप्टर उडाएका थिए। पहिरोले बगाएका राजकुमारलाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका थिए।
उनीसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमारलाई मृत अवस्थामा फेला पारिएको थियो।
यसअघि आइतबार पनि पहिरो प्रभावितको उद्धारका लागि प्रदेश मन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा आएको प्रदेश सुरक्षा अधिकारी सहितको टोली हेलिकोप्टर अवतरण हुन नसकेपछि पहिरोग्रस्त क्षेत्रको हवाई निरीक्षण पछि फर्किएको थियो।
यसअघि सोही हेलिकोप्टरले पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनालाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा पुर्याएको थियो।
पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले पहिरोमा फसेका १२ जनाको उद्धार भएको पुष्टि गरे। घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरू सुरक्षित स्थानमा जान सकेका थिएनन्।