जुम्लाको चन्दननाथ नगरपालिका-५ का पूर्व फुटबलर भरत बुढ्थापा जुम्लामै पहिलो पटक एन्फा भित्र्याएर युवाहरूलाई फुटबलमा प्रेरित गर्ने अगुवाको रुपमा चिनिन्छन्। तर पछिल्लो समय उनले १६ हजार २ सय ४० बर्गमिटर क्षेत्रफलको जङ्गलभित्र स्याउ फलाउँदै नयाँ परिचय दिएका छन्।
प्राकृतिक जङ्गलकैबीच घाँस दाउरासँगै स्याउका बोटहरू उमार्ने उनको पौरख लोभलाग्दो छ। चन्दननाथ-३ मा अवस्थित बुढतुल्ली भन्ने ठाउँ भरतले स्याउको सुन्दर बगैंचा बनाएका छन्। बगैंचा भित्र विभिन्न स्याउका बिरुवा उम्रिएका छन्।
बगैंचा व्यवस्थापन गर्न खटिएका कामदारले बनाएका खर्कहरु छन्। बगैंचाभित्रै अब दुधालु भैँसी पाल्ने र लसुन, मूला लगायत तरकारी लगाउने तयारीमा रहेको उनी बताउँछन्। दुई वर्षअघि नै उनले २ हजार ५ सय बिरुवा रोपेर बगैंचाको सुरुवात गरेका थिए। अहिले तीमध्ये अधिकांश बिरुवाले फल दिन थालेका छन्।
हाल बगैंचा विस्तार भएर ३ हजार बिरुवाको बगैंचा बनेको छ।
'पहिले परीक्षणको रुपमा लियौँ। यो वर्ष फल उत्पादन गरेर बजारसम्म लैजाने योजना बनाएका छौं। स्याउलाई सिधै काठमाडौँको बजारसम्म लैजाने सोच पनि बनाएका छौं।' उनी भन्छन्।
यससँगै पछिल्लो समय बगैंचा हेर्नकै लागि आन्तरिक र बाह्य पर्यटकहरू पनि यस क्षेत्रमा पुग्ने गरेका छन्। यसरी बगैंचा हेर्न पुग्ने पर्यटकलाई स्याउको स्वाद चखाएर, जडीबुटीको चिया पिलाएर पठाउने गरेको पनि उनी सुनाउँछन्।
भरतका अनुसार बगैंचामा फुजी, किङकट, गाला, मेवा र गोल्डेन जातका स्याउ रोपिएको छ। ८१ लाख रुपैयाँ लगानीमा तयार भएको बगैंचामा दुई सय कास्मिरी ओखरसँगै चेरी, कास्मिरी अङ्गुर, कास्मिरी कागती, कास्मिरी नास्पति पनि रोपेका छन् उनले।
ती सबै जातका फलफूलहरु अहिले राम्ररी हुर्किएका छन्। विगतमा अब्बल खेलाडी रहेका भरत खेलाडीले संसारसामु देशको नाम चिनाए पनि उनीहरूको भरण पोषणमा सरकारी नजर नपुग्ने गरेको उनी बताउँछन्। त्यसैले पनि आफू स्याउ बगैंचा बनाउने निधोमा पुगेको उनको भनाइ छ।
२०४३ सालमा भरत राष्ट्रिय खेलाडीको रुपमा भारतको कलकतामा भएको तेस्रो साफ च्याम्पियनसिपमा भाग लिएका थिए। २०४३ सालमै तेस्रो राष्ट्रिय खेलकुदमा चौथो स्थान ल्याएका उनी त्यसपछि मात्रै साफ च्याम्पियनसिपमा भाग लिने खेलाडीको रुपमा गनिन्छन्।
उनी २०४४ सालमा जिल्ला खेलकुद विकास समितिको सचिव बनेका थिए। उनकै कार्यकालमा जुम्लामा ठुलो संख्यामा खेलाडीहरू तयार भए। २०४९ मा भने उनी खेलकुद सचिवबाट बाहिरिए।
२०६९ सालमा उनकै नेतृत्वमा जिल्ला फुटबल संघ स्थापना भएको थियो। उनको कार्यकालमा जुम्लामा फुटबलका धेरै गतिविधि भए। रेफ्री र कोचहरु पनि उत्पादन भए। भरत हाल एन्फाको जुम्ला अध्यक्ष पनि हुन्।
दु:खले बनाएको बगैंचामा अब स्याउ भण्डारण केन्द्र बनाउँदै अर्ग्यानिक उत्पादन केन्द्रको रुपमा बगैँचालाई चिनाउने उद्देश्य लिएको बताउँछन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।
मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।
पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।
एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।
थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।
बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।
आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।
उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।
महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।
एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...