खोटाङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरको आरोपमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगपालिका ६ नेर्पाका ३२ वर्षीय बालजीत राई मंगलबार साँझ पक्राउ परेका हुन्।
६ नं. वडा स्थायी घर भई ७ नं. वडामा बस्दै आएका राईमाथि मंगलबार साँझ ७ः०० बजे सामान्य बिबाद हुँदा श्रीमती २८ वर्षीया सरिता तामाङलाई कुटपिट गरी खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उजुरी परे अनुसार उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
श्रीमतिको हत्यापछि फरार रहेका राइलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले खोज तलास गर्ने क्रममा घरनजिकै जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ। राईलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जनाइएको छ।