पशु चिकित्सक तथा विज्ञहरुले मासुमा हुने पानी फोका र पित्त कुकुर र कुखुरालाई नदिन मासु व्यवसायीलाई सुझाव दिएका छन्।
उनीहरुले स्वस्थ्य पशुको बध गर्नेदेखि बधस्थल,भण्डारण र बिक्री कक्ष सम्मको सरसफाइमा ध्यान दिन समेत मासु व्यवसायीलाई सुझाव दिएका हुन्।
‘उपभोक्ताको भान्छामा स्वस्थ्य मासु पु¥याउने पहिलो दायित्व मासु व्यवसायीकै हो’ भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र पाँचथरका पशु चिकित्सक डाक्टर मनोजकुमार महतोले भने।
उनले मासुमा हुने फोका र पित्त जस्ता अंगहरु कुकुर र कुखुरालाई दिएमा त्यो कुनै न कुनै माध्यमद्धारा फेरी मान्छेसम्म पुग्ने बताए। ‘ति अंग खाएका कुकुर र कुखुरा लगायतले घाँसपातमा गर्ने दिसा–पिसाव घाँसको माध्यमबाट फेरी पशु तथा जन्तु सम्म पुग्ने भएकोले यीनको राम्रो व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता हो’ उनले भने।
उनका अनुसार सडेगलेको,नपाकेको,काँचो तथा पोलेको कालो मासु,मासु राखेको फ्रिज नचलेको वा धेरै बेर फ्रिज बाहिर राखेको मासु,काट्ने बित्तिकै तत्काल पकाइएको मासु,बिरामी पशुपन्छीको मासु, मासु काट्ने हतियार,अचानो र स्थान सफा नभएको मासुलाई अस्वथ्यकर मासुको रुपमा बुझ्ने गरिने पनि बताए।
यता फुङलिङ नगरपालिकाले भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आउँदो असार १० गते पशुपंक्षि बधशाला नियमन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड र कार्यविधिलाई नगरसभामा स्वीकृतिका लागि पेश गर्ने संकेत गरेको छ। अहिलेसम्म यो मापदण्ड र कार्यविधि नभएको अवस्थामा नियमन तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको निश्कर्ष सहित मापदण्ड र कार्यविधि तयारी भइरहेको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिइन्।