मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसको अवसर पारेर सुरु गरेको कर्णाली केन्द्रित सप्ताहव्यापी बालिका छात्रवृत्ति अभियान सम्पन्न गरेको छ।
कर्णाली केन्द्रित तीन वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत छ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति स्वरूप १० लाख ८ हजार वितरण गरिएको छ।
२४ गतेदेखि सुरु भएको अभियान अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकाको पञ्चकालिका माविका १३ जना, खाडचक्र नगरपालिकाको जनजीवन माविका १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण माविका १० जना, लुड्कुस्थित कनकासुन्दरी माविका १२ जना, मुगुको महाकाली नमुना माविका ८ जना, नेपाल राष्ट्रिय मावि भारेकोटका तीन जना, दैलेखको महादेव मावि तल्लो डुंगेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना कक्षा ६ मा अध्ययनरत दलित समुदायका ७८ जना बालिकालाई १२ हजारका दरले पहिलो वर्षको छात्रवृत्ति रकम वितरण गरिएको शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले जानकारी दिए।
उनका अनुसार हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभूत विद्यालयका ३ जना र हुम्लाकै हिमज्योति मावि सर्केगार्डका ३ जना गरी ६ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न विद्यालय सम्बन्धित व्यक्तिलाई बैकबाट रकम पठाइएको छ।
कर्णाली केन्द्रित ३ वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकाल, सदस्य तथा शुभचिन्तकहरु दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा. ललितजंग शाही, एस आर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत ७८ जनाले छात्रवृत्ति रकम सहयोग गरेको शाहीले बताए।