पशुपतिनाथमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दावी
३० जेष्ठ २०८०
•
३ मिनेट पाठ
पशुपतिनाथमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दावी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ।




मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन्।

उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु पारे।

दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यहीँ हो? भनि प्रश्न समेत गरे। सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गा लगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए। उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे।

सदस्य सचिव थापाले भने, ‘राज्यको पनि कहिलकाँही मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ। मैले यो क्षमासाथ भने। मलाई दुःख लाग्छ। जहाँसम्म यो सुनको जलहरीको कुरा हो। म एउटा आध्यात्मा सेक्टरमा लागेको व्यक्ति। भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरी सदस्य सचिव बन्ने मौका पाए। मेरो प्रोफेशनल स्किल आफ्नै छ। र, मलाई धेरै जनाले सायद चिन्नुपनि हुन्छ होला। मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन। खादिन । मेरो दुई वटा सन्तान छन् । म चिसो पानी हाल्न चाहन्छु, चिसो पनि हाल्न चाहन्न। र, धनी र गरिव मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु। यो भन्दा धेरै बुझेको छैन। चाहे महलमा बसेपनि, छाप्रोमा बसेपनि काल त एउटै हो नि। कोही छिटो मर्छन, कोही अलि ढिलो मर्छन। त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्माहत्या गर्नुपर्ने हो? माननीयज्यूहरु। म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौंता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी। त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरुको निर्देशनमा हामीलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौं। गल्ती के ग¥यौं? एउटा कुरा। अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्यूटीमा रहेको भिजियोल अहिले यदाकथा अनलाईनमा आईरहेको छ। सेनालाई विश्वास गर्ने कि नगर्ने? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिए यो विषयमा। हो, यो गलत भएको हो–त्यहाँ लेख्ने कुरामा त्रुटिपूर्ण भएको हो। म आयोगमा बयान दिन जाँदाखेरी पनि सबै जनाले बयानमा जोख्नुस, जोख्नुस भन्दाखेरी सबैको एकमत छ जोख्नुपर्छ भनेर। यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो । ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी होल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु।’

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए। त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दावी थियो। बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए।
अर्को समाचार
विद्युतीय शवदाह
२१ वैशाख २०८१
•
४ मिनेट पाठ
विद्युतीय शवदाह
पशुपति क्षेत्र विकास कोषले आगामी साउनदेखि विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भएको छ। अहिले यसरी शवदाह गर्दा चार हजार पाँच सय रुपियाँ शुल्क लाग्थ्यो। यो नियम कार्यान्वयनमा आएपछि विद्युतीय मेसिनबाट शवदाह गर्न चाहनेले एक पैसा पनि तिर्नुपर्दैन। शुल्क मात्र हैन, वातावरण र अन्य पक्षबाट हेर्दा पनि कोषको यो पहल सकारात्मक मान्नुपर्छ।




कोषका अनुसार हाल प्रतिदिन सरदर १५ देखि २० वटासम्म शव विद्युतीय मेसिनबाट दाह गरिन्छ। त्यसैगरी ४० देखि ५० वटा शव दाहको माध्यमचाहिँ दाउरा हुने गरेको छ। यसरी विद्युतीय मेसिनबाट दाह गर्दा निःशुल्क बनाउनुका धेरै राम्रा पक्ष छन्। जस्तो– यतिबेला संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा सूचीकृत हुन पुगेको छ। जसको मुख्य कारण धुवाँ पनि हो। प्रत्येक दिन ५० को हाराहारीमा शव जलाउँदा निस्कने धुवाँले अन्ततोगत्वा प्रदूषणलाई नै साथ दिने हो। यो कार्यले धेरै मानिस दाउराभन्दा विद्युतीय मेसिनतर्फ आकर्षित हुने निश्चित छ। त्यसैले विद्युतीय शवदाहलाई प्राथमिकता दिने कोषको नीति सराहनीय छ।

अर्कोतर्फ नेपाल सरकार जनतासँग अधिक कर उठाउने राष्ट्रमा विश्वमाझ दरिएको छ। उदाहरणका लागि पेट्रोलियम पदार्थ र सवारी साधनमा लिइने करले सर्वसाधारणको ढाडै सेक्ने गरेको छ। कर तिर्न एक दिन मात्र ढिला भएमा पनि दोब्बर/तेब्बर असुल्ने प्रक्रिया मुलुकले अंगालेको छ। यस्तो अवस्थामा बाँचुन्जेल करै कर, जरिवानै जरिवाना तिर्दा तिर्दा हैरान एउटा नेपाली मरिसकेपछि पनि शुल्क तिर्न बाध्य हुन्थ्यो। यसको अन्त्य हुनु निश्चय नै सुखद कुरा हो । तर, विद्युतीय शवदाह गृहको व्यवस्था राजधानीमा मात्र हुँदा यो  सुविधाबाट बाँकी देश विमुख हुनु उचित हुनसक्तैन।

पशुपतिनाथका नाममा १८ हजार रोपनीभन्दा बढी जग्गा छ । यस अर्थमा  आराध्य देवता पशुपतिनाथ नेपालका सबैभन्दा ठूला ‘जमिनदार’ हुन्। उनका अन्य सम्पत्ति पनि धेरै छन्। जसलाई पहुँचवालाले ‘लुटको धन, फुपूको श्राद्ध’ बनाइरहेका छन्। तर पशुपति क्षेत्रभित्र शौच गरेको र अन्य धार्मिक कार्यका लागिसमेत शुल्क तिर्नुपर्ने अवस्था थियो। एकातिर दैनिक लाखौँ रुपियाँ भेटी उठ्ने अर्कोतिर जे गर्न पनि सर्वसाधारणबाट पैसा उठाउने कार्य गलत हो। पूजाआजाका नाममा भक्तजनले चढाउने/स्वस्फूर्त दान गर्ने रकमले नै धेरै ठूलो खर्च धान्न सक्छ, परिसरलाई व्यवस्थित तुल्याउन। भारतको तिरूपति बालाजीमा यस्तै आर्जनबाट दैनिक हजारौँ मानिसले निःशुल्क भोजन गर्न पाउँछन्। अन्य मन्दिरमा पनि यस्ता दृश्य देख्न सकिन्छ। तीभन्दा कम हैसियत नेपाल निवासी हाम्रा भोले बाबाको पनि हैन। यस अर्थमा पशुपति क्षेत्रमा हुने कुनै पनि कामका लागि आर्थिक बोझ सर्वसाधारणलाई बोकाउन जरुरी छैन। कोषले ढिलै भए पनि यो वास्तविकता महसुस गर्नु राम्रो पक्ष हो।

धार्मिक मान्यता र आस्थाका कारण अझै पनि धेरै हिन्दु आफन्तलाई विद्युतीय मेसिनमार्फत दाह गराउन रुचाउँदैनन्। धार्मिक आस्थासँग जोडिएको यो विषयलाई जबर्जस्ती गराउन नमिले पनि विद्युतीय मेसिनद्वारा दाह गराउन आकर्षित गराउने यस्तै परिपाटी अपनाएर हो। अब शव जलाउन दाउरा प्रयोग न्यून गर्दै विद्युतीय मेसिनप्रति आकर्षण बढाउन विशेषगरी धार्मिक गुरुहरूलाई परिचालन गर्ने रणनीति अपनाउनु वेश हुनेछ। यसका राम्रा पक्ष सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न सक्दा विद्युतीय दाहसंस्कार झनै प्रभावकारी हुन सक्छ।

खासमा नेपाल कतिपय कुरामा नभएरभन्दा पनि व्यवस्थापन गर्न नजानेर पछाडि परिरहेको छ। खानपिनको कुरा होस् या मन्दिरको आम्दानी सदुपयोग गर्ने कुरा, हामीले ‘माल पाएर पनि चाल नपाएको’ अनुभव भइरहेको छ। एकातिर देवताका नाममा चढाइएको वा पहिल्यै भएको सम्पत्ति टाठाबाठा वा मन्दिरसँग विभिन्न साइनो लगाउनेले खाइदिने अर्कोतर्फ त्यही मन्दिर र परिसरको हालत भने नाजुक हुने यथार्थ सबैतिर देखिँदै आएको हो। यस्तो अवस्थामा कोषले विद्युतीय शवदाहप्रति आकर्षण वृद्धि गर्न लिएको पहलकदमी सबैतर्फबाट सही मान्नुपर्छ।

कोषले आफ्नै विशेषगरी अचल सम्पत्तिको लेखाजोखा गर्न सकेको छैन। उठ्नुपर्ने करोडौँ वक्यौता उठाउन सकेको छैन। कुत उठ्न उत्तिकै बाँकी छ। यसको दर पनि समयसापेक्ष हुन सकेको छैन। नाम मात्रको भाडा तिरेर बस्नेहरूले नै कोषको सम्पत्ति कब्जा गरेका अवस्था छ। यस्तो अवस्थामा अब कोषले यी सम्पूर्ण समस्या समाधान गरी आफ्नो सम्पत्ति संरक्षण गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने दृढ संकल्प गर्न जरुरी छ। यस्तो अवस्थामा कोषको सर्वत्र प्रशंसा त्यसरी नै हुनेछ, जसरी अहिले विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भन्दा भयो।  
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस