कालोपत्रे लगत्तै धमाधम भत्काईयो नेपालगन्जको ‘चारलेन’ सडक
२९ जेष्ठ २०८०
•
३ मिनेट पाठ
कालोपत्रे लगत्तै धमाधम भत्काईयो नेपालगन्जको ‘चारलेन’ सडक
ट्राफिक लाइट जडान गर्ने नाममा नेपालगन्जको गणेशमान चोक क्षेत्रमा जथाभावी रुपले खनिएको सडक । तस्बिरः अर्जुन/नागरिक
नेपालगन्जका सडकलाई मनलागी रुपले पटक–पटक भत्काउने गरिएको छ। विकास निर्माणका काम गर्ने क्रममा सरकारी निकायबीच समन्वय नहुँदा सडक भत्काउने गरिएको हो। मनलागी रुपले सडक क्षेत्रलाई भत्काउँदा राज्य कोषको दुरुपयोग भइरहेको आमनागरिकले ठहर गरेका छन्। सडक विभाग, खानेपानी, टेलिकम लगायत निकायले सडक क्षेत्र प्रयोग गर्ने नाममा जथाभावी भत्काउने काम गर्दै आएका छन्।  




पछिल्लो समयमा ‘ट्राफिक लाइट’ जडान गर्ने नाममा नेपालगन्जको सुर्खेतरोड सडकलाई जथाभावी रुपले भत्काउँदा नागरिक स्तरबाट बिरोध भइरहेको छ। सडक विभागले सुर्खेत रोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट जडान गर्नका लागि जमिन मुनि तार बिछ्याउने भन्दै धमाधम भत्काउन सुरु गरेको हो।  

भर्खरै मात्र सडक डिभिजन कार्यालयले सुर्खेत रोड अन्तरगत जमुनाहादेखी राँझासम्मको खण्डमा ‘अस्फाल्ट’ प्रविधियुक्त सडक कालोपत्रे गरिएको थियो। सोही योजना अन्तरगत राँझा–कोहलपुर खण्डमा अहिले पनि निर्माण कार्य चलिरहेको छ। नेपालगन्ज–कोहलपुर खण्डमा कालोपत्रे सम्पन्न गर्न नपाउँदै अहिले भत्काउन थाल्दा नागरिक स्तरमा अन्यौलता छाएको छ। कालोपत्रे सुर्खेत रोडमा सडक कालोपत्रे र ट्राफिक लाइट जडान गराउँदा सडक विभागले समन्वय नगरेकै कारण राज्यले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ।

जबकी सडक विभागले चालु आर्थिक वर्ष २०७९÷८० भित्र काम सम्पन्न गर्ने भन्दै ट्राफिक लाइट जडान र कालोपत्रे गर्ने प्रक्रियालाई सँगै अगाडी बढाएको थियो। सडक विभागका कर्मचारीको समन्वय अभावका कारण कालोपत्रे लगत्तै ट्राफिक लाइट जडानको काम सुरु हुँदा सडकलाई क्षति पुगेको र त्यसले राज्यलाई नोक्सानी पुर्याएको बताइन्छ।  

ट्राफिक लाइट जडान गर्नका लागि सडक विभागले नेपालगन्जको गणेशमान चोकमा एक्साभेटर लगाएर धमाधम खनिरहेको छ। त्यसपछि यसरी नै क्रमशः विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा सडक खन्ने योजना छ।  

स्थानीयका अनुसार गणेशमान चोक क्षेत्रमा एक्साभेटर चलाउँदा कालोपत्रे सडक ‘ध्वस्त’ भएको छ । जताततै खल्डा खुल्डी मात्रै छन्। वर्षा हुने वित्तिकै सडक हिलाम्य हुने देखिन्छ । यसले गर्दा सवारी आवागमनमा समेत अप्ठ्यारो भइरहेको छ।  

भर्खरै सम्पन्न गरिएको अस्फाल्ट प्रविधिको कालोपत्रे सडक जथाभावी भत्काइएकोमा नेपालगन्जका नागरिकहरु आक्रोशित भएका छन्। गणेशमान चोक क्षेत्रमा पैदल हिडिरहेका बाँके, बेलभार निवासी विजयकुमार रैदासले नेपालको विकास प्रणालीलाई आफुले बुझ्नै नसकेको बताए। ‘पन्ध्र दिनअघि सम्म यो ठाउँ पिच भइरहेको देखिन्थ्यो, अहिले यही सडकलाई डोजर लगाएर भत्काउने काम भइरहेको छ, नेपालको विकास के हो मैले बुझ्न सकेको छैन,’उनले आक्रोश पोख्दै भने ‘यदी बाटो खन्नु नै थियो भने १५ दिन अघि राज्यको त्यत्रो बजेट खर्च गरेर कालोपत्रे किन गरेको त ?’ कर्मचारीकै मिलेमतोमा राज्यको स्रोत दुरुपयोग भएको रैदास बताउँछन्।  

विकासका नाममा सुर्खेतरोड खनेको विषयले यतिबेला सामाजिक सञ्जाल बेस्सरी तातेको छ। नेपालगन्जका नागरिक अगुवा मिनबहादुर मल्ल भन्छन्, ‘यो भत्काउन र निर्माण गर्न प्रयोग भएको बजेट राज्य स्रोतको दुरुपयोग होईन?’ सडक विभागले दुई वटा योजनालाई अगाडी बढाउँदा समन्वय नगरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको उनको ठम्याई छ।  

सामाजिक अभियन्ता एवम् पर्यटन ब्यवसायी श्रीराम सिग्देलले नेपालगन्जमा विगत देखी नै एउटा पक्षले सडक बनाउने र अर्को पक्षले तत्कालै भत्काउने प्रवृत्ति कायम रहेको बताए। सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘बिडम्बना यही छ, मैले पटक–पटक भन्ने गरेको छु ,गुरुयोजना ल्याउनुस् अनि काम अघि बढाउनुस्, हिजो कालोपत्रे गर्नुअघि पनि बोलेको थिए, अझै पनि भन्छु ,यो चलिरन्छ सुन्दैन कसैले बोल्दैन कोही।’ सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनबाट नै ट्राफिक लाइट जडान हुन लागेको बताउँदै सुरुमा आफु पन्छिने प्रयास गरे। ट्राफिक लाइट जडान सम्बन्धि योजना र विनियोजित बजेटबारे आफुलाई केही थाहा नभएको उनले प्रतिक्रिया दिए।

‘यो काम हामीले भन्दापनि माथी (विभाग)बाटै ठेक्का भएर सुरु गरिएको हो, भर्खरै सडकको केही भाग खनेर केवल बिछ्याउने काम सुरु भएको छ,’ उनले नागरिकसँग टेलिफोनमा भने। आगामी असार मसान्तभित्र नेपालगन्जका पाँच ठाउँमा ट्राफिक लाइट जडानको काम सम्पन्न गर्ने सडक विभागको योजना छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस