सदरमुकाम गाईघाटका सरकारी कार्यालयहरु फराकिलो ४ लेन सडकले सुशोभित भएका छन्।
‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ को गाईघाट–बोक्से–बरुवा पुलसम्मको खण्ड फराकिलो बनाउने क्रममा सरकारी कार्यालयहरु ४ लेन कालोपत्रे युक्त सडकको उपभोक्ता बन्ने अवसर पाएका हुन्।
लोकमार्ग कार्यालयले गाईघाटको आँखा उपचार केन्द्रदेखि बोक्से हुँदै साउने जोड्ने बरुवा खोला पुलसम्म स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुग्दा बोक्सेमा लहरै रहेका सरकारी कार्यालयहरु कालोपत्रे सडकले सिँगारिएको जस्तो देखिएका छन्। आँखा उपचार केन्द्रदेखि बरुवा खण्डमा बोक्सेसम्म दायाँबायाँ एकै ठाउँ सरकारी कार्यालयहरु रहेका छन्।
सो दूरीमा दायाँबायाँ जिल्ला अस्पताल, जिल्ला प्रहरी, सिँचाइ डिभिजन, घरेलु, हुलाक, खेलकुद, नेपाली सेनाको गण, खानेपानी फिल्ड कार्यालय, राष्ट्रिय अनुसन्धान, कृषि सामग्री, कृषि ज्ञान केन्द्र, कोसी जलाधार, कोष तथा लेखा नियन्त्रण, आयुर्वेद औषधालय, जिल्ला कारागार, डिभिजन वन, शिक्षा तथा समन्वय इकाई रहेका छन्।
त्यस्तै कर्मचारी मिलनकेन्द्र, मालपोत, नापी, अदालत, सरकारी वकिल कार्यालय जिल्ला प्रशासन र बाल मन्दिर तथा नेपाल बाल संगठन, पशु विज्ञान केन्द्र, १० नं. वडा कार्यालय, रेडक्रस सोसाइटीदेखि प्रधानमन्त्री कृषि परियोजना (जोन) सम्मका कार्यालय रहेका छन्।
गाईघाट, बोक्से करमगाछी हुँदै बरुवा खोला पुलसम्म ४ किलो ४ सय ७५ मिटर सडकलाई स्तरोन्नतिसहितको अस्फाल्ट कालोपत्रे बनाउँदा कालोपत्रे गर्ने क्रममा यी सबै सरकारी कार्यालयहरु समेटिएका हुन्।
गत मंसिर १२ गते ठेक्का सम्झौता भएर सुरु भएको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै सरकारी कार्यालय जाने सडक सुन्दर र आकर्षक देखिएका छन्। असार पहिलो सातासम्ममा सम्पूर्ण काम सक्ने गरी काम भइरहेको निर्माण कम्पनी जय एण्ड ब्रोदर–पवित्र निर्माण सेवा गाईघाटले जनाएको छ। निर्माण कम्पनी सञ्चालक सुदिप दाहालका अनुसार असार पहिलो साताभित्र सबै काम सकेर हस्तान्तरण गर्ने योजना रहेको छ।
गाईघाट दिक्तेल सडक योजना प्रमुख (डिई) गोपाल खकुरेलले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ८ करोड ३४ लाख ६० हजार १ सय २७ रुपैयाँमा यो खण्डको काम गर्ने ठेक्का सम्झौता भएको बताए। सम्झौताको ६ महिनाभित्र अर्थात् ०८० जेठ १२ गतेभित्र निर्माण सक्ने म्याद अनुसार काम सकिन लागेको डिई खकुरेलको भनाई छ।
सम्झौता अनुसार साढे ७ मिटर कालोपत्रेसहित ११ मिटर फराकिलो सडक निर्माण भइरहेको छ।