कटारी न्यायिक समिति मेलमिलापमा जोड दिंदै
२७ जेष्ठ २०८०
•
३ मिनेट पाठ
कटारी न्यायिक समिति मेलमिलापमा जोड दिंदै
कटारी नगर उपप्रमुख गीता खड्का।
नगर उपप्रमुख गीता खड्का न्यायिक समितिमा परेका मुद्धाहरू सकेसम्म मेलमिलाप गराउने पक्षमा लाग्दै आएकी छिन्। नगर न्यायिक समितिमा परेका मुद्धाहरू सकेसम्म मेलमिलाप गराउने प्रयासमा लाग्ने गरेको बताउने उनी दुवै पक्षलाई ‘जीत-जीत’ को अवस्थामा पुर्‍याएर पठाउने गरेको बताउँछिन्। ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा एमालेबाट उपप्रमुख विजयी खड्का जेठ १६ गते सपथ लिएयता स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समिति संयोजकको समेत जिम्मेवारीमा छिन्। १ वर्षको अवधिमा न्यायिक समितिमा परेका मुद्धामध्ये सकेसम्म मेलमिलाप गराउँदै दुवै पक्षलाई सन्तुष्ट पारेर पठाउने गरेको उनी बताउँछिन्।




वर्ष दिन अवधिमा ५७ उजुरीमाथि उनले न्यायिक विश्लेषण गर्दै मुद्धा किनारा लगाएको, जसमध्ये धेरैजसो मेलमिलापमा टुंग्याएको अनुभव सुनाइन्। उपमेयर खड्काले आफ्नो कार्यकालको वर्ष दिनमा परेका ५७ उजुरीमध्ये ७ वटाबाहेक सबै मिलाउने प्रयास गरेको बताइन्।

उनका अनुसार जटिल खालका ७ वटा मुद्धा भने अदालततर्फ रिफर गरिएको छ। १५ वटा आफ्नै इजालसमा मिलाएको र २९ वटा उजुरीलाई मिलापत्रका लागि सम्बन्धित वडामै फिर्ता पठाइएको उनले बताइन्।

नगर उपप्रमुख गीता खड्का न्यायिक समितिमा परेका मुद्धाहरू सकेसम्म मेलमिलाप गराउने पक्षमा लाग्दै आएकी छिन्।
अधिकतर उजुरी घरेलु हिंसा, जग्गा जमिनको साँध सँधियार किचलो, लैंगिक भेदभाव, लेनदेन, पारिवारिक झैझगडाका मुद्धाहरू आउने गरेको उनले बताइन्।

‘न्यायिक समितिमा आउने मुद्धाहरू खासगरी यस्तै-यस्तै प्रकृतिका छन्, धेरैजसो छिमेक र परिवारमा हुने किचलोसँग सम्बन्धित’ उपमेयर खड्काले भनिन् ‘तर, अधिकतर मुद्धालाई सकेसम्म दुवैतर्फ जीत महसुस हुने गरी मेलमिलाप गराउदै आएको र मिल्दै नमिल्ने मुद्धाहरूलाई मात्र माथिल्लो निकायसमक्ष रिफर गर्ने गरिएको छ।’

सकेसम्म न्याय सम्पादन गर्दा कसैले अन्याय महसुस नगरोस् र न्याय पाउनेले पनि आत्मसम्मान भएको महसुस गर्ने गरी फैसला गर्न चाहेको उनको भनाइ छ। उपमेयर खड्काले न्याय सम्पादन कार्य वडा वडामै होस् भन्ने उदेश्यले पछिल्लो समय वडावडामा मेलमिलाप समिति गठन गरिएको बताइन्।

सकेसम्म न्याय सम्पादन गर्दा कसैले अन्याय महसुस नगरोस् र न्याय पाउनेले पनि आत्मसम्मान भएको महसुस गर्ने गरी फैसला गर्न चाहेको उनको भनाइ छ।
जस अनुसार नगरपालिकाका चौधै वडामा मेलमिलापकर्ता नियुक्त गरेर स्थानीयस्तरमै न्याय सम्पादन गर्ने कामको सुरुवात भइसकेको छ।

स्थानीयहरूबीच हुने असमझदारी, झैझगडा र किचलोलाई स्थानीयस्तरमै छलफल र बहस गरी त्यहीं समाधान गर्ने उदेश्य अनुसार वडावडामा मेलमिलापकर्ता नियुक्त गरिएको हो। वडामा नियुक्त मेलमिलापकर्ताहरूले दुवै पक्षलाई सँगै राखेर छलफल गराई वडामै मेलमिलाप गर्ने गराउने गरेका छन् भने त्यहाँ नमिलेका मुद्धाहरू मात्र नगर न्यायिक समितिसमक्ष रिफर भएर आउने गरेको छ।

स्थानीयहरूबीच हुने असमझदारी, झैझगडा र किचलोलाई स्थानीयस्तरमै छलफल र बहस गरी त्यहीं समाधान गर्ने उदेश्य अनुसार वडावडामा मेलमिलापकर्ता नियुक्त गरिएको हो।
नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले न्यायिक समितिलाई सहज बनाउन तथा स्थानीय स्तरमै झैझगडा मिलाउने उदेश्यले नगरपालिकाले चालु वर्षको सुरुवातमै मेलमिलापकर्ता नियुक्त गरेर वडावडामा मिलापत्र गराउन थालेको बताए।

वडामा खट्ने मेलमिलापकर्तालाई न्याय सम्पादन सम्बन्धी आवश्यक तालिमसमेत दिएर परिचालन गरिएको पनि उनले बताए। उपमेयर न्यायिक समिति संयोजकसँगै नगर अनुगमन समिति तथा राजश्व परामर्श समिति संयोजक समेतको जिम्मेबारी निर्वाह गर्नुपर्ने भएकाले वडागत रूपमै न्याय सम्पादन गर्दा सहज हुने भएकाले त्यसो गरिएको मेयर श्रेष्ठले बताए।

भौगोलिक रूपमा ठूलो र अधिकतर भूभाग पहाडी भेग रहेकाले नगरपालिका धाउन समय र आर्थिक बोझ कम गर्न पनि वडामै न्याय संपादन गर्दा जनता र जनप्रतिनिधिलाई सहयोग पुग्ने उनको बुझाइ छ। 
अर्को समाचार
कटारी न्यायिक समिति मेलमिलापमा जोड दिँदै
२७ जेष्ठ २०८०
•
३ मिनेट पाठ
कटारी न्यायिक समिति मेलमिलापमा जोड दिँदै
कटारी नगर उपप्रमुख गीता खड्का । तस्विरः महेश्वर
कटारी नगर उपप्रमुख गीता खड्का न्यायिक समितिमा परेका मुद्धाहरु सकेसम्म मेलमिलाप गराउने पक्षमा लाग्दै आएकी छिन् । नगर न्यायिक समितिमा परेका मुद्धाहरु सकेसम्म मेलमिलाप गराउने प्रयासमा लाग्ने गरेको बताउने उनी दुवै पक्षलाई ‘जीत–जीत’ को अवस्थामा पुर्‍याएर पठाउने गरेको बताउँछिन् । 




०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा एमालेबाट उपप्रमुख विजयी खड्का जेठ १६ गते सपथ लिएयता स्थानीय सरकार सञ्चालन ऐन अनुसार न्यायिक समिति संयोजकको समेत जिम्मेवारीमा छिन् । बितेको १ वर्षको अवधिमा न्यायिक समितिमा परेका मुद्दामध्ये सकेसम्म मेलमिलाप गराउँदै दुवै पक्षलाई सन्तुष्ट पारेर पठाउने गरेको उनी बताउँछिन् । वर्ष दिन अवधिमा ५७ वटा उजुरीमाथि उनले न्यायिक विश्लेषण गर्दै मुद्धा किनारा लगाएको, जसमध्ये धेरैजसो मेलमिलापमा टुङ्ग्याएको अनुभव सुनाइन् । 

उपमेयर खड्काले आफ्नो कार्यकालको वर्ष दिनमा ५७ वटा परेका उजुरीमध्ये ७ वटाबाहेक सबै मिलाउने प्रयास गरेको बताईन् । उनका अनुसार जटिल खालका ७ वटा मुद्धा भने अदालततर्फ रिफर गरिएको छ । १५ वटा आफ्नै इजलासमा मिलाएको र २९ वटा उजुरीलाई मिलापत्रका लागि सम्बन्धित वडामै फिर्ता पठाइएको उनले बताईन् । अधिकतर उजुरी घरेलु हिंसा, जग्गा जमितिको साँध सँधियार किचलो, लैङ्गिक भेदभाव, लेनदेन, पारिवारिक झैझगडाका मुद्धाहरु आउने गरेको उनले बताईन्। 

‘न्यायिक समितिमा आउने मुद्धाहरु खास गरी यस्तै यस्तै प्रकृतिका छन्, धेरैजसो छिमेक र परिवारमा हुने किचलोसँग सम्बन्धित’ उपमेयर खड्काले भनिन् ‘तर, अधिकतर मुद्दालाई सकेसम्म दुवैतर्फ जीत महसुस हुने गरी मेलमिलाप गराउँदै आएको र मिल्दै नमिल्ने मुद्धाहरुलाई मात्र माथिल्लो निकायसमक्ष रिफर गर्ने गरिएको छ ।’ सकेसम्म न्याय सम्पादन गर्दा कसैले अन्याय महसुस नगरोस् र न्याय पाउनेले पनि आत्मसम्मान भएको महसुस गर्ने गरी फैसला गर्न चाहेको उनको भनाई छ । 

उपमेयर खड्काले न्याय सम्पादन कार्य वडा वडामै होस् भन्ने उद्देश्यले पछिल्लो समय वडा वडामा मेलमिलाप समिति गठन गरिएको बताईन् । जस अनुसार नगरपालिकाका १४ वटै वडामा मेलमिलापकर्ता नियुक्त गरेर स्थानीय स्तरमै न्याय सम्पादन गर्ने कामको सुरुवात भइसकेको छ । स्थानीयहरूबिच हुने असमझदारी, झैझगडा र किचलोलाई स्थानीय स्तरमै छलफल र बहस गरी त्यहीँ समाधान गर्ने उदेश्य अनुसार वडा वडामा मेलमिलापकर्ता नियुक्त गरिएको हो । वडामा नियुक्त मेलमिलापकर्ताहरूले दुवै पक्षलाई सँगै राखेर छलफल गराई वडामै मेलमिलाप गर्ने गराउने गरेका छन् भने त्यहाँ नमिलेका मुद्धाहरु मात्र नगर न्यायिक समितिसमक्ष रिफर भएर आउने गरेको छ। 

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले न्यायिक समितिलाई सहज बनाउन तथा स्थानीय स्तरमै झैझगडा मिलाउने उद्देश्यले नगरपालिकाले चालु वर्षको सुरुवातमै मेलमिलापकर्ता नियुक्त गरेर वडा वडामा मिलापत्र गराउन थालेको बताए । वडामा खट्ने मेलमिलापकर्तालाई न्याय सम्पादन सम्बन्धी आवश्यक तालिमसमेत दिएर परिचालन गरिएको पनि उनले बताए । उपमेयर न्यायिक समिति संयोजकसँगै नगर अनुगमन समिति तथा राजश्व परामर्श समिति संयोजक समेतको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले वडागत रूपमै न्याय सम्पादन गर्दा सहज हुने भएकाले त्यसो गरिएको मेयर श्रेष्ठले बताए । भौगोलिक रुपमा ठूलो र अधिकतर भूभाग पहाडी भेग रहेकाले नगरपालिका धाउन समय र आर्थिक बोझ कम गर्न पनि वडामै न्याय सम्पादन गर्दा जनता र जनप्रतिनिधिलाई सहयोग पुग्ने उनको बुझाई छ। 
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस