मोरङमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, बसमा आगजनी
२५ जेष्ठ २०८०
•
२ मिनेट पाठ
मोरङमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, बसमा आगजनी
मोरङको बुढीगंगा र उर्लाबारीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।




पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारेमा बिहीबार यात्रु वाहक बसको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बर बसले ठक्कर दिँदा झापा कमल गाउँपालिका–२ का ३४ वर्षीय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

विपरीत दिशाबाट आउँदै बसले प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घटनास्थलमै सुवेदीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ।

आगजनीबाट यात्रु तथा उनीहरुको सामानमा क्षति नभएको र बसको बाहिरी भाग मात्रै जलेको छ। बस आगजनी हुनसाथ तत्कालै उर्लाबारीको दमकलको सहायताले आगो नियन्त्रणमा लिँदा क्षति धेरै हुन नपाएको डिएसपी दाहालले बताए।

बस र बस चालक झापा कनकाई नगरपालिका–३ का ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। मृतक सुवेदीको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी ट्रमा सेन्टर लगिएर र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, कोशी लोकमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका–४ बुढी खोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट बुढीगंगा–४ गोकुवाका ६० वर्षीय वीरबहादुर रायको मृत्यु भएको डिएसपी दाहालले बताए।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ९५०० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको रायलाई ठक्कर दिई घाइते भएका थिए। घाइते भएका रायलाई तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

ट्रक र ट्रक चालक झापा बिर्तामोड–४ का ३२ वर्षीय भोला तामाङ इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
अर्को समाचार
मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
०१ असार २०८२
•
१ मिनेट पाठ
मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोरङको कानेपोखरी र रंगेलीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।




पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका– ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवलदार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

शनिबार राति ८ बजे प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनबिक्रम दाहालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उर्लाबारीस्थित मंगलबारमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेलबारी नगरपालिका– ४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए। दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन्। उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज भर्ना गरिएको छ।

त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत रंगेली नगरपालिका– ७ संसारीमाई मन्दिर नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पिकअप चालक विराटनगर– ८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दीपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस