पूर्व–पश्चिम राजमार्गको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्ज बरन्डाभार क्षेत्रमा पर्दछ। यो क्षेत्र जैविक मार्गसमेत हो। तर यो राजमार्ग वन्यजन्तुका लागि जोखिमपूर्ण बनिरहेको छ। जथाभावी फालिने फोहोर र तीव्र गतिमा गुड्ने सवारी साधनका कारण जोखिम बढेको हो।
यस क्षेत्रमा प्लास्टिक असरल्ल देख्न सकिन्छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय चितवनले सयुंक्त आयोजना गरेको कार्यक्रममा टिकौली जंगलको प्रवेश द्वारबाट मात्रै एक ट्र्याक्टर प्लास्टिक संकलन गरिएको छ। प्लास्टिकको असर वन्यजन्तुमा पर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। ‘यस क्षेत्रमा गैंडा, बाघ, चित्तल, हरिणलगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने गर्दछन्। कतिपय वन्यजन्तुले नुनिलो मानेर प्लास्टिक खाएको देखेका छौं’, तिवारीले थपे, ‘यसले वन्यजन्तुमा स्वास्थयमा असर पु¥याइरहेको छ।’
यात्रा गर्दा यात्रुले बसबाट बढी प्लास्टिक फालेको भेटिन्छ। अर्कातर्फ संरक्षणको दृष्टिले महत्वपूर्ण मानिएको बरन्डाभार क्षेत्रमा बस दिसा–पिसाब गराउन रोकिन्छ। यसले पनि प्लास्टिकजन्य फोहोर बढेको हो। निकुञ्ज प्रशासनले यसलाई व्यवस्थापन गर्न लागिरहेको तिवारी बताउँछन्। ‘यो क्षेत्रमा यात्रुबाहक सवारी साधन जथाभावी रोकिने गरेका छन्। यसको दिगो व्यवस्थापन गर्ने पक्षमा हामी छौं,’ उनले भने, ‘अब बरन्डाभार क्षेत्रमा जथाभावी प्लास्टिक फाल्न दिँदैनौं।’ प्लास्टिकले वातावरणको सौन्दर्यमा समेत असर पु¥याउँदै आएको छ। अर्कातर्फ सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्नेसमेत गरेका छन्।
‘प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौंः वातावरणमैत्री विकल्प उपयोग गरौं’भन्ने मूल नाराका साथ जैविक मार्ग सरसफाइ गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्याल, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगाना, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, नेपाली सेनाका प्रमुख सेनानी शशिकुमार कार्की, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति थियो। उनीहरूले प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न जोड दिएका थिए।