तथ्याङ्क कार्यालय जुम्लाले राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय नतिजा सार्वजनिक गरेको छ।
राष्ट्रिय जनगणना २०६८ र २०७८ बिच तुलना गरी जिल्ला स्तरीय नतिजा सार्वजनिक गरेको हो। तथ्याङ्क कार्यालय जुम्लाले सार्वजनिक गरेको नतिजा अनुसार जुम्ला जिल्लाको जनसंख्या १० वर्षको अवधिमा ९ हजार ४ सय २८ ले वृद्धि भएको छ।
२०६८ सालको जनगणना अनुसार १ लाख ८ हजार ९ सय २१ जनसंख्या रहेकोमा २०७८ सालको जनगणना सार्वजनिक गर्दै गर्दा जुम्लाको जनसंख्या १ लाख १८ हजार ३ सय ४९ रहेको छ।
२०६८ को जनगणन अनुसार १.९७ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेकोमा २०७८ सालको गणना अनुसार ०.०८ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेको छ। १० वर्षका अवधिमा वार्षिक जनसंख्या वृद्धिदर १८.९ प्रतिशतले कमी रहेको छ। २०६८ सालका १.९७ प्रतिशत रहेको बार्षिक जनसंख्या वृद्धिदर २०७८ सालमा घटेर ०.८० प्रतिशतका झरेको जिल्ला तथ्याङ्क कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
यसै गरी जुम्लाको लैङ्गिक अनुपात १.८२ प्रतिशतले घटेको छ। २०६८ को जनगणनामा १०.२ प्रतिशत रहेको लैङ्गिक अनुपात २०७८ मा १००.१८ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ। १० वर्षको अवधिमा जुम्लाको जनघनत्व भने वृद्धि भएको छ।
२०६८ मा ४३ जना प्रतिवर्ग किलोमिटर रहेकोमा त्यो संख्या बढेर २०७८ मा ४७ जना प्रतिवर्ग किलोमिटरमा पुगेको छ। स्थानीय तह अनुसार सबैभन्दा धेरै जनघनत्व चन्दननाथ नगरपालिकामा २०६ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम पातारासी गाउँपालिकामा २१ जना प्रतिवर्ग किलोमिटर रहेको छ। जुन २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १८७ जना र पातारासी गाउँपालिकामा सबैभन्दा कम १८ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।
यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्ला जिल्लाको जनसंख्या १ लाख १८ हजार ३४९ रहेको रहेको छ। जसमध्ये पुरुषको संख्या ५९ हजार २ सय २८ अर्थात् ५० प्रतिशत र महिलाको संख्या ५९ हजार १ सय २१ अर्थात् ५० प्रतिशत रहेको छ।
२०७८ को जनगणना अनुसार सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिका २१ हजार ३६ रहेको छ भने सबभन्दा कम गुठीचौर गाउँपालिकामा १० हजार ८ सय २२ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ। यस्तै हिमा गाउँपालिकामा १२ हजार १ सय ९१, कनकासुन्दरी गाउँपालिकामा १३ हजार ६ सय २५, पातारासी गाउँपालिकामा १६ हजार ८ सय २४, सिंजा गाउँपालिकमा १२ हजार ५ सय ५६ रहेको छ।
तातोपानी गाउँपालिकामा १५ हजार ५ सय ७५, तिला गाउँपालिकामा १४ हजार ५ सय ३९ र संस्थागत १ हजार ८१ रहेको छ। स्थानीय तह अनुसार जनसंख्या वृद्धिदर गत दश वर्षको अवधिमा सबैभन्दा धेरै हिमा गाउँपालकामा १५.६२ प्रतिशत र सबैभन्दा कम कनकासुन्दरी गाउँपालिकामा ३.०९ प्रतिशतले जनसंख्या थप भएको छ ।
स्थानीय तहगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर सबैभन्दा बढी हिमा र पातारासी गाउँपालिकामा १.३८ प्रतिशत र सबै भन्दा कम कनकासुन्दरी गाउँपालिमा ०.२९ प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको छ ।
दोस्रोमा धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने स्थानीय तहमा गुठिचौर गाउँपालिका रहेको छ। जसको जनसंख्या वृद्धिदर ०.९७ प्रतिशत छ. बाँकी स्थानीय तहको जनसंख्या वृद्धिदर पनि १ प्रतिशत भन्दा कम रहेको छ।
जनगणनाको नतिजा अनुसार जुम्ला जिल्लामा जम्मा २४ हजार ४२२ वटा घर संरचना रहेका छन्. जसमध्ये २२ हजार ९११ आफ्नै स्वामित्व, १३ सय बहालमा, १०९ संस्थागत र १०२ अन्य स्वामित्व रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
जुम्लाका ८५.५ प्रतिशत बालबालिका जन्म दर्ता प्रक्रियामा आबद्ध भएका छन्. तथ्याङ्क कार्यालय जुम्लाले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा ८५.५ प्रतिशत बालबालिका जन्म दर्ता प्रक्रियामा आबद्ध भएको उल्लेख गरिएको छ।
जन्म दर्ताको अवस्था अनुसार धेरै बालबालिका जन्म दर्ता प्रक्रियामा सहभागी भएको कार्यालय प्रमुख रघुनाथ जोशीले बताए।
जनगणना २०७८ अनुसार जुम्लामा कुल १३ हजार १ सय २३ जना बालबालिका मध्ये ११ हजार ६ सय १६ जना अर्थात् ८५.५ प्रतिशत बालबालिका जन्म दर्ता प्रक्रियामा आबद्ध भएका छन्।