बियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले विभिन्न सरकारी निकायका लैंगिक केन्द्रित प्रतिनिधिहरूसँग दिगो विकास लक्ष्यहरुको अनुगमन र प्रगतिबारे परामर्श कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा लैंगिक समानता र सामाजिक समावेशिताको अवधारणा निर्देशिका अनुसार विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग सम्बन्धित मन्त्रालयमा कसरी काम भइरहेका छन् भन्ने बारे छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव कमल बहादुर राजलावतले लैंगिक हिंसा अन्त्य र समानता, महिलाको हक र अधिकारको विषयमा आयोगले विभिन्न क्षेत्रमा अनुगमन गर्ने, नीति नियम निमार्णको क्रममा सहभागिता जनाउने तथा आवश्यक सुझावहरू दिने लगायतका विभिन्न गतिविधिहरु गरिरहेको बताए।
यस्तै संस्थाका कार्यक्रम संयोजक कल्पना राईले कार्यक्रममा महिला र बालिका विरुद्ध हुने विभिन्न किसिमका भेदभावको अवस्था र त्यसलाई अन्त्य गर्न दिगो विकास लक्ष्य सम्बन्धी अन्तर्गत रहेर मन्त्रालयका प्रतिनिधिहरूसँग अनुभव साझा गर्न कार्यक्रमको आयोजना गरिएको बताईन्।
उनले संस्थाले हरेक वर्ष सरकार, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायसँग लैंगिक समानता हासिल गर्ने विषयमा सहकार्य गरिरहेको उल्लेख गर्दै भने ‘यस कार्यक्रममले नेपालको मन्त्रालयहरुस्तरबाटै लैंगिक समानता हासिल गर्ने किसिमले काम गर्ने वातावरण छ कि छैन भन्ने विषयमा जानकारी साझा गरेको छ। नीति नियम बनाउने निकायहरुमा लैंगिकमैत्री अवस्थाबारे जानकारी भएको छ। यस्ता कार्यक्रमले लैंगिक समानताको यथार्थ चित्रण गर्छ र यसबारे वकालत गर्न थप ऊर्जा दिन्छ।’
यसका साथै कार्यक्रममा बिबिसी नेपालले महिला श्रमीकहरुबारे अध्ययन अनुसन्धान गरी तयार पारिएको ‘डेभलपमेन्ट जस्टिस इन नेपाल –२०२१’ पुनरावलोकन प्रतिवेदन विमोचन समेत गरेको छ। पुस्तकमा दिगो विकास लक्ष्य ५ं.५ अन्तर्गतको ‘अनपेड केयर वर्क’ र ८.५ ‘समान काम, समान ज्याला’ विषयमा सम्बन्धित रहेर नेपाली महिला श्रमीकहरुको अवस्थाको बारेमा अनुसन्धानमूलक प्रतिवेदनहरु समावेश गरिएको संस्थाका कार्यक्रम संयोजक राईले बताईन्।
यस पुस्तकले लैंगिक समानतनका विषयलाई वकालत गरिरहँदा श्रमिक महिलाको अवस्थाको बारेमा पनि ध्यान जान आवश्यकता औलाएको उनले बताईन्। पुस्तकले महिला श्रमिक जो अनौपचारिक क्षेत्रमा काम गर्छन् उनीहरुको स्वास्थ्य रोजगार सामाजिक सूरक्षा लगायका विषयमा जोड दिनु पर्छ भन्ने विषय उठान गरेको राईले जनाइन्।
साथै कार्यक्रममा दिगो विकास लक्ष्यको वर्तमान स्थितिको मूल्याङ्कन गर्दै नेपालमा गैरसरकारी संस्थाले सामना गर्नुपरेका चुनौतिहरूका बारेमा समेत छलफल भएको थियो।

उनले आयोग महिलाहरु सम्बन्धी कुनैपनि विषयहरुमा वकालत गर्न पुलको काम गर्ने उल्लेख गर्दै भने ‘आयोगले सबै नेपाली महिलाको हक, हित र हकको संरक्षण र प्रवर्द्धन गर्दै महिलामाथि हुने सबै प्रकारका भेदभावको अन्त्य गरी राष्ट्रभर लैंगिक न्याय सुनिश्चित गर्दै महिला सशक्तीकरण गर्छ।’कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा कार्यकारी सल्लाहकार शान्ता लक्ष्मी श्रेष्ठले न्यायिक विकासका लागि आवश्यक पर्ने कुराहरु र दिगो विकासले भनेको जस्तै समावेशी समतामूलक विकास ल्याउनु छ भने महिलावादी दृष्टिकोण आवश्यक भएको विचार व्यक्त गरेकी छिन्। उनले दिगो विकास लक्ष्य हासिल गर्न महिलावादी विकास न्याय र विकास प्रभावकारिता सिद्धान्तमा अगाडी बढ्नुपर्ने बताइन्।