जुम्लाको पातारासी गाउँपालिका-७ रिनी गाउँका महिलाहरुआलु चिप्स बनाएर आत्मनिर्भर हुन थालेको छन्। आजभोलि महिलाहरु आलु चिप्स बनाउन व्यस्त देखिन्छन्। पातारासी - ७ रिनी गाउँमा अवस्थित दुर्गादेवी महिला कृषि बहुउद्देश्यीय सहकारीसस्था मार्फत आलु चिप्स उत्पादन भइरहेको सस्थाकी अध्यक्ष जनमाया रोकायाले बताइन्। पछिल्लो समय घरको कामधन्दा र चुलोचौकोमा व्यस्त देखिने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुदै आएका छन्।अध्यक्ष रोकायाले भनिन् आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता छ, देबकी थापा, माया थापा लगायतका महिलाहरु चिप्स बनाउनमा व्यस्त देखिन्थे।
माया थापाले भनिन् 'अहिले आलु चिप्स बनाउन भ्याइनभ्याइ छ। सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा थालिएको हो, रिनी गाउँमा नयाँ व्यवसाय भएकाले सबैले हौसला र प्रेणा दिइने गरिरहेका छन्।'
महिलाहरुका अनुसार चिप्सले विस्तारै बजार पाउन थालेको छ। चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्नेको भिडलाग्ने गर्दछ। आलु चिप्स स्वास्थ्यका लागि उपयुुक्त मानिन्छ। वल्डभिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित एकीकृत पोषण तथा जिविकापर्जन परियोजना अन्तर्गत पातारासी - ७ मा मेसिन जडान गरिएको सुपारभाइजर श्रिराम थापाले बताए। उनका अनुसार सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । अहिले चिप्स १० देखि ५० रुपैयाँ सम्म बिक्री गरिन्छ। व्यावसायिक उत्पादनका लागि चिप्सबाट राम्रो आम्दानी हुने उनीहरु बताउँछन्।
चिप्स बनाउन किडार्क नेपालले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ। महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका हुन्। मेसिनको उद्वघाटन गर्दै कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री भिमबहादुर शर्माले महिलाले नेतृत्व गरेको सस्थाको खुलेर प्रसंशा गरेका थिए। पुरुषको कमाईमा निर्भर हुने महिला व्यावसायिक रुपले बलियो हुनु सबल पक्ष भएको बताए। महिलालाई आयआर्जनको क्षेत्रमा हौसला बढाउन र बजारीकरणको प्रवन्ध मिलाउन प्रदेश सरकारले सहयोग गर्ने बताए। यस्तो अनुसरण योग्ग कामलाई पनि साथ र सहयोग गर्ने स्थानीय वडा र गाउँपालिका सरकारलाई अपिल गरे। साथै प्याकेजिङ र लेबलिङ गर्ने विधि राम्रोसँग सिक्न अनुरोध गरे। रिनी गाउँ आलु उत्पादनका हिसाबले अगाडि छ।