साकेलाको विकासबारे काठमाडौँमा छलफल
०९ जेष्ठ २०८०
•
४ मिनेट पाठ
साकेलाको विकासबारे काठमाडौँमा छलफल
खोटाङको साकेलालाई समृद्ध र समुन्नत गाउँपालिका बनाउने सिलसिलामा प्रबुद्ध, विषय विज्ञ तथा राज्यका उच्चतहका व्यक्तिहरुसँग राय सुझाव संकलन गरिएको छ।




साकेला गाउँपालिकामा जन्मेर विभिन्न सहर बजारमा क्रियाशील दिग्गजहरूबाट आवश्यक राय लिने क्रममा राजधानीमा रहेका उच्च पदस्थ, प्रबद्ध वर्ग र सरोकारवाला समुदायसँग सुझाव लिइएको हो। 

गाउँपालिकाको सर्वाङ्गिण विकास गर्दै जनतालाई सुखी, सम्पन्नशाली, समृद्ध, विकसित र आत्मनिर्भर बनाउने उद्देश्यका साथ फरक फरक क्षेत्रमा आबद्ध विभिन्न तह र तप्कामा रहेका साकेलावासीबाट सुझाव लिन अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।

उनका अनुसार गाउँपालिकाले बनाउँदै गरेको ‘५ वर्षे आवधिक योजना’ को सिलसिलामा राजधानीमा कार्यरत सबै क्षेत्र र तहतप्काको सुझाव समेट्न अन्तरक्रिया आयोजना गरिएको हो।

ललितपुरस्थित होटल कुटुम्बमा आयोजित कार्यक्रममा उपत्यकामा रहेर क्रियाशील वैज्ञानिक, प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, इन्जिनियर, होटल तथा पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रमा आबद्ध वर्तमान तथा पूर्व अनुभवप्राप्त व्यक्तिहरू सहभागी थिए। आगामी वर्षदेखि लागू हुने गरी निर्माणाधीन आवधिक योजना चालु वर्ष ०७९/८० को नीति तथा कार्यक्रममै समेटेर बनाउने काम भइरहेको छ। सोही अनुरूप गाउँपालिकाले ६ महिनायता विभिन्न चरणमा अध्ययन, सुझाव संकलन र अन्तरक्रियात्मक कार्यहरु गरिरहेको छ।

सुरु चरणमा गाउँपालिकाले बृहत् भेला गरेर विषयगत बुँदाहरू तय गर्दै विषय विज्ञको संयोजकत्वमा विभिन्न समितिहरू निर्माण गरेर परिचालन गर्दै आएको छ। उनीहरूबाट सर्वपक्षीय राय संकलन गर्दै आवधिक योजनामा समेट्न वडा वडामा सर्वपक्षीय सहभागितामा सुझाव संकलन यसअघि नै गरिसकेको छ।

गाउँपालिकाभित्र सुझाव लिसकेपछि राजधानीमा रहेका साकेलावासीसँग सुझाव लिन अन्तरक्रिया आयोजना गरिएको हो। आवधिक योजनामा आर्थिक, सामाजिक, भौतिक, वन तथा वातावरण, विपत् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनजस्ता विविध क्षेत्रको चौतर्फी विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको खाका तय गर्ने गाउँपालिकाकाले जनाएको छ।

कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ), साकेलामै जन्मेर नेपाल सरकारको सचिवजस्तो उच्च होहदाका रहेका वर्तमान महालेखा परीक्षक टंकमणि शर्मा, पूर्व सचिव सागरकुमार राई, प्रदेश मुख्य न्यायधीवक्ता परिवर्तन राई, पूर्व सहसचिव वीजेन्द्र राई, वहालवाला उपसचिव कृष्णबहादुर कटवाल, उपसचिव सशी राई, उपप्राध्यापक यादेवी ढकाल, शाखा अधिकृतहरू जयकला राई, प्रतिज्ञा राई, इन्जिनियर रविन्द्र राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्गबहादुर राईको अर्थपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा फरक फरक पेसा, व्यवसायमा संलग्न साकेलावासीहरूको आवश्यक राय सुझाव लिएर भविष्यमा गाउँलाई समृद्ध बनाउने योजनाका साथ साकेलामा जन्मेर राजधानीमा रहेका सबै वर्गको प्रतिनिधित्व गराएको अध्यक्ष राईले बताए। सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै अध्यक्ष राईले आफूले नेतृत्व लिए पनि साकेला गाउँपालिका सबैको साझा भएको र भविष्यमा सुन्दर, शान्ति, विकसित, सभ्य र समृद्ध बनाउने अभियानमा जोडिन सबैसँग आग्रह गरे।

‘तपाई हामी सबै साकेलामा जन्म्यौँ, हुर्क्यौँ, अव भविष्यमा साकेलालाई कस्तो बनाउने भन्नेबारेमा पनि एकमुष्ट धारणा बनाऔँ भनेर’ अध्यक्ष राईको भनाई थियो ‘विद्वानबर्गदेखि मजदुरसम्म, डा., प्राध्यापकदेखि निरक्षरसम्म, सेना, प्रहरीदेखि सर्वसाधारणसम्मको अनुभव समेटेर आवधिक योजना बनाउन यहाँहरूको सहयोग अपरिहार्य छ।’
सबैको प्राप्त राय सुझावलाई एकीकृत गरेर आवधिक योजना बनाउने भन्दै उनले जसको प्रभाव ५ वर्षभित्रै देखिएर दीर्घकालसम्म नागरिकमैत्री साकेला बनाउँदै नमुना स्थानीय तह बनाउने अभियानमा सामेल हुन उनको आग्रह थियो।

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममै समेट्दै अघि बढ्न आगामी वर्षको बजेट अधिवेशनमा निर्माणाधीन आवधिक योजना पारित गरेर कार्यान्वयनको तहमा लाने योजना अध्यक्ष राईको छ। आवधिक योजना निर्माणको क्रममा गाउँपालिकाले साकेलाको इतिहास र अनुभवको जगमा टेकेर वर्तमान बस्तुस्थितीको सूक्ष्म अध्ययन, विश्लेषण गर्दै विगतको अभ्यास र त्यसबाट प्राप्त प्रतिफलसमेतलाई सँगाल्दै धरातलीय यथार्थताको आधारमा भविष्यको खाका कोरिरहेको छ। गाउँपालिकालाई दिगो विकास र समृद्धितर्फ लान यो सबै गरेको निष्कर्ष गाउँपालिकाको छ।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
५० मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
यो पनि पढौँ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस