झण्डै महिनादिनअघि बालिकालाई जवरजस्ती करणी गरेर फरार एक आरोपीलाई उदयपुर प्रहरीले भर्खर नियन्त्रणमा लिन सफल भएको छ। गत वैशाख १३ गते एक १४ वर्षीया बालिकालाई जवरजस्ती गरी फरार मधेस प्रदेश सप्तरीको सुरुङ्गा नगरपालिका ३ चहका स्थायी घर भएका ३० वर्षीय श्रवण श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्।
घटना घटाएलगत्तै फरार रहेका श्रेष्ठलाई खोजवीनको क्रममा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार उनलाई लालपत्ता प्रहरी चौकीमार्फत पक्राउ गरी जिल्ला प्रहरीमा ल्याइएको छ।
आरोपी श्रेष्ठलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान सुरु भएको जनाइएको छ। उनीमाथि बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन्।