राप्ती खानेपानी आयोजना अलपत्र
०३ जेष्ठ २०८०
•
५ मिनेट पाठ
राप्ती खानेपानी आयोजना अलपत्र
राप्ती खानेपानी आयोजनाका अलपत्र अवस्थामा रहेका खानेपानी पाइप । तस्बिर: अर्जुन ओली-नागरिक
सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।




नेपालगन्जमा बिकराल बन्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले ‘राप्ती खानेपानी आयोजना’सञ्चालनमा ल्याइयो, तर उक्त आयोजना विगत पाँच वर्षदेखि पूरा हुन नपाएर अलपत्र परेको छ। जिल्लाको डुडुवा गाउँपालिका– ५ कम्दीस्थित राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित संस्थानले उक्त आयोजना पाँच वर्षअघि निर्माण सुरु गरेको थियो।

कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले गर्दा काम अलपत्र परेको हो। आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म कुल १६.८ किलोमिटरमध्ये हालसम्म १३.३ किमिसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ। खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ पाइप बिछ्याउने क्रममा यसअघि उपमहानगरपालिकाबाट सहयोग नपाएको र अहिले पनि काम गर्न सहज नभएको बताउँछन्।

‘नेपालगन्ज उपमहानगरपालिकाभित्रका जनतालाई शुद्ध खानेपानी पुर्याउने यो आयोजनाको उद्देश्य हो, तर आयोजना कार्यान्वयन गर्ने क्रममा उपमहानगरपालिकाबाट खासै सहयोग भएन’, उनले भने। आयोजनाले राप्ती नदीदेखि नेपालगन्जसम्म ५ सय एमएम र २ सय ५० एमएमका पाइप बिछ्याउनुपर्ने छ। अहिलेसम्म ७० प्रतिशत पाइप बिछ्याइए पनि नेपालगन्जका बजार क्षेत्रमा ३० प्रतिशत पाइप बिछ्याउन बाँकी नै देखिन्छ। पाइप बिछ्याउने ठेक्का हिराचन मल्ल÷जेभीले लिएको छ।

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्म २.९ किमि पाइप बिछ्याउने काम अलपत्र छ। नेपालगन्ज उपमहानगरपालिकाले सहमति नदिँदा यस क्षेत्रमा पाइप बिछ्याउने काम रोकिएको संस्थानका कर्मचारी बताउँछन्। राधाकृष्ण मन्दिरदेखि कारकाँदो चोकसम्म १ सय १० मिटर र कारकाँदो चोकस्थित सुर्खेत रोडको ३० मिटर क्षेत्र खनेर केही महिनाअघि पाइप बिछ्याइएको छ।

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्मका लागि उपमहानगरपालिकाले सहमति दिने सम्भावना कम भएकाले उक्त रुटमा पाइप बिछ्याउने योजना रद्द गर्ने निचोडमा पुगिएको संस्थान नेपालगन्जका सूचना अधिकारी बुद्धिप्रकाश केसी बताउँछन्। ‘एकातिर उपमहानगरपालिकाले सहमति नदिएको अवस्था र अर्कातिर पाइप बिछ्याउने क्रममा सडकमा क्षति पनि धेरै हुने देखिएको हुँदा यो रुटको योजना रद्द गर्ने कि भन्ने निचोडमा पुगेका छौं’, उनले भने।

फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्म २ हजार ९ सय मिटर सडक क्षेत्र मर्मतमा करिब २ करोड खर्च लाग्ने अनुमान छ। राप्तीबाट ल्याइएको पानी बागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो, तर अब बागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट पानी वितरण गर्ने संस्थानले सोच बनाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्दिन राई राप्ती खानेपानी आयोजनाका पाइप बिछ्याउँदा सडकलाई धेरै क्षति गर्ने देखिएको बताए। उनले भने, ‘पाइप बिछ्याउँदा सडकलाई धेरै क्षति हुने देखिएको छ। संस्थानले पाइप बिछ्याउने तर सडक मर्मतमा ध्यान नदिने हो भने कसरी सहमति दिन सकिन्छ र?’ यस विषयमा संस्थान उपमहानगरपालिकासँग छलफल गर्न नआएको उपमेयर राईले बताए।

संस्थानले पाइप खरिद तथा फिटिङमा २४ करोड ९२ लाख ९१ हजार ५ सय ५६ रूपैयाँ, पाइप बिछ्याउन २ करोड ५७ लाख रूपैयाँ र ट्रस्ट ब्रिज निर्माणमा १ करोड १३ लाख रूपैयाँमा ठेक्का स्वीकृत गरेको थियो। खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८० प्रतिशत मात्र सम्पन्न भएको संस्थानका सब इन्जिनियर भुपाल भण्डारीले बताए।

आयोजनाको पाइप बिछ्याउने कामका लागि मात्रै तीनपटक भन्दा बढी समय म्याद थप भइसकेको छ। पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ट्रस्ट ब्रिज निर्माण कार्य चलिरहेको छ। २०७९ असार ३ भित्र सम्पन्न गर्नुपर्ने ट्रस्ट ब्रिजको काम अहिलेसम्म ६० प्रतिशत मात्रै भएको सब इन्जिनियर भण्डारीले सुनाए।

के हो राप्ती खानेपानी आयोजना?

हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा नेपालगन्जको अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झियो। पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका ७ वडा डिप ट्युवेल असफल भए। उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेन्डपम्प सुक्न थाले।

‘नेपालगन्जमा बिकराल बन्दै गएको खानेपानी समस्या तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म पुग्यो। उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भयो। बजेट पनि विनियोजन भयो र निर्माण कार्य अगाडि बढाइएको हो’,संस्थानका कर्मचारी भन्छन्। उक्त आयोजना २०७२ सालतिर स्वीकृत भए पनि निर्माण प्रक्रिया आर्थिक वर्ष २०७४÷७५ बाट सुरु भएको थियो।

आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने खानेपानी संस्थान नेपालगन्जका सूचना अधिकारी केसी बताउँछन्। उनका अनुसार आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प बयल’बनाइएको छ। सम्प बयलमा हाल दुईवटा पम्प जडान गरिएको केसीले सुनाए। ‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ट्रिटमेन्ट प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ’, उनले भने। आयोजनाका लागि विद्युतीकरणको काम सम्पन्न भइसकेको छ। आयोजनाका लागि सम्प बयल तीनवटा बनाउनुपर्नेमा एउटा बनेको छ।

आयोजनाका लागि जग्गा प्राप्ति र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्ने छ। उक्त आयोजनालाई नजिकबाट हेरेका संविधान सभाका सदस्य मैकुलाल वाल्मीकि तत्कालीन प्रधानमन्त्री कोइरालाको अग्रसरताबाट आएको खानेपानी आयोजना समयमा सम्पन्न हुन नसक्दा दुःख लागिरहेको बताउँछन्।

‘नेपालगन्जको खानेपानी समस्या दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले सुशील दाइ प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना होे, तर आयोजना सम्पन्न गर्नमा धेरै बाधा–अड्चन आएका छन्’,कांग्रेस केन्द्रीय सदस्य वाल्मीकिले भने, ‘सुशील कोइरालाले ल्याएको भनेर कतिपयले यो आयोजनालाई यसअघि सफल हुन पनि दिएनन्।’ संस्थानले हाल नेपालगन्जमा दैनिक ६० लाख लिटर पानी उत्पादन गरिरहेको छ। संस्थानसँग करिब पाँच हजार उपभोक्ता आबद्ध छन्।
अर्को समाचार
सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना
२१ साउन २०८१
•
५ मिनेट पाठ
सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना
नेपालगन्जवासीलाई तिर्खा मेटाउने राप्ती खानेपानी आयोजना लामो समयदेखि अधुरै भएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडि बढेको थियो। हरेक वर्षको गर्मीयाममा नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माण कार्य अगाडि बढाइएको थियो, तर आयोजना विगत सात वर्षदेखि पूरा हुन नपाएर अलपत्र अवस्थामा परेको हो।




बाँकेको डुडुवा गाउँपालिका ५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो। कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले गर्दा काम अलपत्र परेको छ। 

आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ। खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ डिआई पाइप बिछ्याउनमा सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको असहयोगका कारण काम अगाडि बढ्न नसकेको र अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको बताउँछन्। ‘अहिलेसम्म पहिलो फेजको काम सकिएको छ, दोस्रो फेजको काम अगाडि बढाउने क्रममा जग्गा विवाद उत्पन्न भयो’, श्रेष्ठले नागरिकसँग भने।

पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गाधनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठाजति जमिन किन्नुपर्ने अवस्था देखिएको उनले सुनाए। ‘नदीले काटेको जग्गा हो, हामीले नदीमा परेको जग्गामा आफ्नो हिसाबले संरचना बनाइहाल्यौं, अहिले जग्गाधनीले दाबी गरेर मुआब्जा मागिरहेका छन्’, प्रमुख श्रेष्ठले भने।

आयोजनाका लागि पाइप बिछ्याउने काम भने सकिएको उनले सुनाए। कुल १६.८ किलोमिटरबराबरको क्षेत्रमा ‘डिआई’ पाइप बिछ्याउनुपर्ने सुरुको स्टिमेट भए पनि फुलटेक्रादेखि वागेश्वरी पानी ट्यांकीसम्मको दुई हजार नौ सय मिटर क्षेत्रमा पाइप बिछ्याउने काम भने स्थगित गरिएको छ। ‘यो क्षेत्रमा सडकको पिच भत्काएर पाइप बिछ्याउनुपर्ने भएपछि हामीलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति नै दिएन, अहिले आएर हामीले त्यो क्षेत्रमा पाइप नबिछ्याएर विकल्पका रूपमा पुरैना खानेपानी आयोजनासम्म जोड्ने भएका छौं’, उनले भने।

एकातिर उपमहानगरपालिकाले पिच बाटो खनेर पाइप बिछ्याउन अनुमति नदिएको र अर्कातिर भत्केको पिच पुनः कालोपत्रे गर्न करिब तीन करोड रूपैयाँ लागत लाग्ने देखिएपछि विकल्प खोजिएको श्रेष्ठले प्रस्ट्याए। प्रमुख श्रेष्ठका अनुसार राप्ती खानेपानी आयोजनाका डिआई पाइप कारकाँदोस्थित खानेपानी ट्यांकीसम्म भने गत वर्ष नै पुर्‍याइसकिएको छ। 

राप्तीबाट ल्याएको पानीलाई वागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो, तर अब वागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट उपभोक्तालाई पानी वितरण गर्ने संस्थानको योजना छ। खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ। पाइपलाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट भने राप्ती खानेपानी आयोजनालाई आफू नेतृत्वमा आएपछि सहजीकरण गरिरहेको बताउँछन्। ‘हामी नआउँदासम्म उपमहानगरपालिकाको के–कस्तो भूमिका रह्यो थाहा भएन, तर हामी उपमहानगरपालिकामा आइसकेपछि खानेपानी पाइप गाड्दा हुने क्षति कम गरेर भए पनि आवश्यक सहजीकरण गरेका छौं’, उनले भने। नेपालगन्जवासीका लागि राप्ती खानेपानी आयोजना धेरै महत्वपूर्ण रहेको मेयर विष्ट बताउँछन्।

यसरी ल्याइयो नेपालगन्ज खानेपानी आयोजना 

हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा नेपालगन्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिँदै आएको छ । पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका सातवटाजति डिप ट्युबेल असफल भइसकेका छन्। उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेन्डपम्प सुक्न थालिसकेका छन्।

‘नेपालगन्जमा विकराल बन्दै गएको खानेपानी समस्याको विषय तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म पुग्यो । उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भएर आयो, बजेट पनि विनियोजन भयो र निर्माण कार्य पनि अगाडि बढाइएको हो’, संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले भने । संस्थानका अनुसार उक्त आयोजना २०७२ सालतिर स्वीकृत भए पनि निर्माण प्रक्रिया आव २०७४÷७५ बाट सुरु भएको थियो।

आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने केसी बताउँछन्। आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ। सम्प वयलमा हाल दुईवटा पम्प जडान गरिएको छ। ‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ‘ट्रिटमेन्ट’ प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ’, केसीले भने। आयोजनाका लागि विद्युतीकरणको काम भने सम्पन्न भइसकेको छ।

आयोजनाका लागि जग्गा प्राप्ति र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्ने छ। उक्त आयोजनालाई नजिकबाट हेरेका संविधानसभाका सदस्य मैकुलाल वाल्मीकि तत्कालीन प्रधानमन्त्री कोइरालाको अग्रसरताबाट आएको आयोजना समयमा सम्पन्न हुन नसक्नु नेपालगन्जवासीका लागि दुर्भाग्यपूर्ण भएको बताउँछन्।

‘नेपालगन्जको खानेपानी समस्या दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले सुशील दाइ प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना हो, तर आयोजना सम्पन्न गर्नमा धेरै वाधा–अड्चन आएका छन्, सुशील कोइरालाको ड्रिम प्रोजेक्ट हो भनेर कतिपयले यसलाई असफल बनाउने प्रयास पनि गरे’, उनले नागरिकसँग भने।

हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग हाल नेपालगन्ज क्षेत्रमा करिब पाँच हजार उपभोक्ता आबद्ध छन्। राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने कर्मचारी बताउँछन्।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस