लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’?
२९ वैशाख २०८०
•
५ मिनेट पाठ
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’?
यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो।




काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो। जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।

त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए। फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो।

विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ ९पछाडिबाट लागेको हावा०का कारणले जहाज अवतरण समस्या आएको थियो। अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ। दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ।

त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौँ आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो।  

यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट ग¥यो। जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन्। जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरुको भनाइ छ।

नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन। 'ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ', उनले भने, 'ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन्।'

नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ।

जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ। कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ।

विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौँ फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो। पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए।

'पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ', उनले भने।

जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ। विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ। जसका कारण विमानस्थललाई चाप परेको छ। एयर ट्राफिक जाम पनि हुन्छ।

विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन्।

कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन्। यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।

यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन्। यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ। आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ। अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन्। विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ। यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन्।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ। यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो। उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ।

मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ।

तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन। काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन्। डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो। तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ। दुई विमानस्थलले विजनेश पाएका छैनन्।

दैनिक एक घण्टा होल्ड

यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो। दोहाबाटै काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो। भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो। कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार  ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन्।

टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ। अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन्।
अर्को समाचार
‘उडान कटौतीले हवाई भाडा आकासियो’
२४ कार्तिक २०८१
•
५ मिनेट पाठ
‘उडान कटौतीले हवाई भाडा आकासियो’
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।  




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। योसँगै आगामी चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रभावित हुनेछन्।

रातीको समयमा बन्द भएको विमानस्थल बिहान अबेर खुल्दा आन्तरिक उडान पनि प्रभावित भएको व्यवसायीले बताए। त्यसले गर्दा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा हवाई भाडा महँगो परेको उनीहरूको गुनासो छ। पोखरा आएका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसँग होटल संघ पोखराले आयोजना गरेको छलफलमा व्यवसायीले पर्यटक भित्रिने सिजनको बेला विमानस्थल बन्द गरेर पूर्वाधार बनाउँदा मारमा परेको गुनासो सुनाएका थिए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदाको अवस्थामा सरकारले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा राखेको भएपनि पोखरामा कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनी आउन तयार भएका छैनन्। भैरहवामा चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान थालिसक्दा पोखरामा भने कुनैपनि उडान हुन नसक्दा पर्यटन क्षेत्र थलिएको उनीहरूको भनाई छ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले नेपालमा विदेशी पर्यटक भित्रिने समयमा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोक्दा पर्यटन क्षेत्र प्रभावित भएको बताए। पराजुलीले भने, ‘विमानस्थल संचालन अवधि घटेसँगै हवाई उडान कटौती भइसकेका छन्। उडान कटौती भएसँगै सीमित उडानका लागि भाडा बढिसकेको छ। यसले पर्यटकलाई आउजाउमा असर पार्ने पक्का छ।’ पर्यटक आगमनमा अवरोध खडा गरेर पोखरा सहितका पर्यटकीय सहरलाई ‘डेड सिटी’ बनाउन खोजेको गुनासो उनले सुनाए।  

‘मनलाग्दी हवाई भाडा बढाउँदा पनि कारबाही भएन । पर्यटन क्षेत्र अन्योलमा परिसकेको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य सिजनमा दिनमा १० घण्टा अवरोध हुँदा त्यसको असर पर्यटन क्षेत्रले बढी बेहोर्नुपरेको छ।’ पर्यटन क्षेत्रसँग सल्लाह नै नगरी हचुवाका भरमा विमानस्थलको संचालन अवधि कटौती गरिएको उनले बताए। ‘पर्यटन क्षेत्र बाच्नै मुस्किल छ। पर्यटक आउने बाटो नै छैन। हवाई भाडा अकासिएको छ,’ पराजुलीले भने।  

अगुवा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई अहिले सबैतिरबाट अप्ठेरो आइपरेको बताए । उनका अनुसार हवाई र स्थलमार्गको असुविधाले पर्यटकीय गन्तव्यमा पाहुना पुग्न सकेका छैनन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै दुई वर्ष हुनै लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘स्थलमार्गको अवस्था पनि नाजुक छ। पोखरा–काठमाडौंको स्थलमार्ग सहज नहुँदा पर्यटक हिँडडुल नै ठप्प भयो।’  

अर्का पर्यटन व्यावसायी धर्मराज पन्थी पनि एक महिना ढिलागरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार थालेको भए अहिलेको सिजनका लागि बुकिङ गरेका पाहुना आउने बताउँछ। ‘डिसेम्बरबाट काम थालेको भए उडान प्रभावित हुँदैनथे। अहिले त बुकिङ गरेका पाहुना पनि आउन पाएनन्,’ उनले भने, ‘यो सिजन पुरै डामाडोल भयो। सिजनको बेला विमानस्थल नै बन्द गर्नु अव्यवहारिक कदम हो।’  

व्यावसायीसँगको छलफलमा मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार थाल्ने योजनासँगै पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेगरि हवाई कम्पनीलाई उडान सार्न अनुरोध गरेपनि पोखराका लागि आकर्षित नभएको बताए। ‘सरकारले हवाई कम्पनीलाई पोखरा जानेगरि सहुलियत सहित आकर्षक कार्ययोजना दिएपनि पोखराका लागि आकर्षण बढेन,’ उनले भने, ‘पोखरामा आउँदा छुट सहितका प्याकेज सरकारले दिएको हो। तरपनि हवाई कम्पनी तयार भएनन्।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सक्दो पहल गरिरहेको पनि सुनाए। ‘म जहाँ जान्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरौं भन्ने गरेको छु,’ उनले भने। ४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्लालाई चिर्नका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत पूर्ण क्षमतामा यात्रु बोकेर ल्याएर परीक्षण गर्ने पनि बताए। ‘प्राविधिक समस्याले साँच्चै नै भार कटौती गर्नैपर्ने हो भने भन्नुपर्छ, नत्र भने अनावश्यक हल्ला गर्न मिल्दैन,’ उनले भने, ‘अहिलेसम्म पोखरामा जे जति अन्तर्राष्ट्रिय उडान भएका छन्, ती कसैले भार कटौती गरेको होईन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर मसान्तसम्म दिनमा १० घण्टा बन्द नगरौं, यसले पर्यटक आउजाउमा असर पर्ने, विदेशबाट चाँडबाँड मान्न आएका विद्यार्थी फर्किने बेला अप्ठेरोमा पर्ने, रोजगारीका लागि आउजाउ गर्ने मजदुर पनि मारमा पर्ने भनेर आफूले भनेपनि सम्भव नभएको मन्त्री पाण्डेले। ‘आजको भोलिको सूचनाले हुने नहुने रहेछ। यो पटकका लागि १५–२० दिन पर्यटकलाई अप्ठेरो पर्ने भयो,’ उनले भने।

विमानस्थलबारे ६ महिना अघि नै सूचना जारी गरिसकेकोले तत्कालै समय परिवर्तन गर्न नमिल्ने भनेर आफूले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट जवाफ पाएको पनि उनले जानकारी दिए। ‘अहिलेको सूचनालाई पुनरवलोकन गर्ने नै हो भने पनि सूचना जारी गरेको ४२ दिनपछि मात्र कार्यान्वयन गर्न मिल्ने रहेछ,’ उनले भने, ‘त्यसैले तत्कालै हुने अवस्था रहेन।’

हवाई भाडामा मनलाग्दी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि कटौती भएसँगै उडान संख्या घटेपछि अन्तर्राष्ट्रिय हवाई कम्पनीले मनलाग्दी तरिकाले हवाई भाडा वृद्धि गरेको मन्त्री पाण्डेले बताए। उनका अनुसार हवाई कम्पनीले मनलाग्दी तरिकाले भाडा तोकेका छन्। उनका अनुसार कतार एयरवेजले काठमाडौं–दोहा–बाकुको दोहोरो हवाई भाडा ३ लाख ६४ हजार तोकेकोमा अर्को हवाई कम्पनीले इन्डिगोले त्यही रुटमा ७६ हजारमा टिकट दिएको समेत जानकारी दिए।  

‘एउटा एयरलाइन्सले ७६ हजारमा दिने टिकट अर्कोले ३ लाख ६४ हजार तोक्ने त हदै भयो। हवाई टिकटमा ब्रह्म लुट सुरु भएको छ,’ उनले भने, ‘जथाभाबी हवाई भाडा बढाउने हवाई कम्पनीसँग छलफल सुरु गरेका छौ।’ 

उनका अनुसार हवाई भाडा बढेपछि पर्यटन, परराष्ट्र, श्रम मन्त्रालय र प्राधिकरण बसेर छलफल सुरु गरिएको छ।  ‘हवाई भाडा बढी लिने एयरलाइन्समा केही दिनसम्म श्रमिक नै नपठाउने पो हो की भनेर समेत छलफल चलाएका छौं। जथाभाबी भाडा बढाउँदा श्रमिक मारमा परेपछि श्रम मन्त्रालयसँग समन्वय गरेका छौं,’ उनले भने, ‘बरु विकल्पमा तिनै श्रमिकलाई भैरहवा वा दिल्लीबाट पनि पठाउन सकिन्छ, तर, महँगो हवाई भाडा असुल्न मिल्दैन।’ अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग हवाई भाडाबारे छलफल सुरु गरिसकेको पनि उनले बताए।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस