हिम पहिरोमा पुरिएर बेपत्ता भएका जुम्लाका ३ जनाको खोजीका लागि उद्दार टोली घटना स्थलमा पुगेको छ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाका अनुसार घटना स्थलमा २१ जनाको टोली पुगेको हो।
प्रजिअ थापाका अनुसार मंगलबार त्यहाँ टोली पुगे पनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन्। सोमबार विहान हेलिकोप्टर मार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो। टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो। छापाखोलाबाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले आज खोज्न नसकि फिर्ता भएको छ।
हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो। अन्य ९ जना घर फर्किएका छन्।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले उद्दार टोलीले खोजीरहेपनि हिम पहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको बताए।
मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी २ तल्फि गाउँका ३ जना हिम पहिरोमा पुरिएका छन्।