नेपाल–भारत सीमाक्षेत्रका नेपाली वर्षाैंदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति खेप्न बाध्य छन्। दशगजा सुरक्षाका नाममा एसएसबीले त्यसबाहिरको जमिनसमेत उपभोग गर्न नदिएपछि सधैं सास्ती खेप्नुपरेको पीडितले गुनासो गरेका छन्।
सीमाक्षेत्रका बासिन्दाले आफ्नै जग्गामा बनेको घर मर्मत गर्न, खानेपानी ट्यांकी र चर्पीसमेत बनाउन नपाएको बताएका छन्। आफ्नै जमिनमा बनाइएका घर हटाउनसमेत एसएसबीले आफूहरूलाई बारम्बार ‘टर्चर’ दिइरहेको उनीहरूको चिन्ता छ। सूर्याेदय नगरपालिका–२, हिलेमा केही वर्षअघि एसएसबीले वास्तविक सीमाभन्दा नेपालतिरको भू–भाग नै मिचेर खम्बा गाढेको छ। वास्तविक सीमाभन्दा करिब २० मिटर वर गाढिएको खम्बा अहिले पनि त्यहीं छ। आफैंले गाढेको खम्बालाई आधार बनाएर एसएसबीले उनीहरूले खम्बा गाढ्नुभन्दा अघि नै बनाइएका नेपालपट्टिका घर भत्काउन दबाब दिइरहेको छ। र, त्यही खम्बाको नजिक परेका घरको छानो चुहिँदा मर्मतसमेत गर्न दिएको छैन।
स्थानीय धनबहादुर राईले सीमाक्षेत्रमा एसएसबीको बेसक्याम्प राखिएपछि आफूले सास्ती खेप्नुपरेको बताए। ‘दशगजा नछोइकन आफ्नै बारीमा खानेपानीको सार्वजनिक ट्यांकी बनाउनसमेत एसएसबीले दिएन,’ उनले भने, ‘आफ्नै जग्गामा चर्पी बनाउन, चुहिएको छानो मर्मत गर्न दिएन।’ भारतीय पक्षले हिलेमा नेपालपट्टि सारिएको सीमास्तम्भमै टँसाएर पक्की सडक नै निर्माण गरिसकेको छ। एसएसबीले बेला–बेला नेपालतर्फको ५०–सय मिटर भू–भाग नै भारतपट्टि पर्नेगरी खाँबाखुट्टी गाढ्नेगरेको उनले बताए। ‘पोहोर हामीलाई हेपेर एसएसबीले वरैसम्म छिरेर खम्बा गाढ्ने प्रयास गर्दा यहाँका महिलाले लखेटेका थिए,’ राईले भने, ‘हामी चुप बसेका थियौं भने यतिबेला यो क्षेत्रको धेरै भू–भाग भारततिर परिसक्थ्यो।’ उनले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले आफ्नो भू–भाग देखाएको दाबी गर्दै नेपाली गाउँ नै भारतपट्टि पार्नेगरी पटक–पटक सीमास्तम्भ सार्ने प्रयास गर्नेगरेको बताए।
हिलेको दशगजामै बेसक्याम्पको संरचना बनाएको एसएसबीले खानेपानी नेपालबाटै लगेर प्रयोग गरिरहेको छ। भारतपट्टि दशगजा मिचेर दर्जनौं भौतिक संरचना बनाइएको छ। ‘तर, हामीलाई चाहिँ हाम्रै बारीमा खानेपानीको ट्यांकी बनाउन त के, पाइप गाढ्नसमेत दिइँदैन,’ राईले दुखेसो गरे, ‘हामीले कुनै काम गर्न खोजे एसएसबी हातहतियारसहित नेपालकै भू–भागमा आएर रोक्छ।’ केही समयअघि स्थानीयले सडकको करिब १० मिटर ढलान गरेपछि एसएसबी आएर भत्काइदिएको थियो।
हिलेमा २००७ सालअघि नै भन्सार कार्यालय रहेको घर अहिले पनि छ। तर, भत्किएर मर्मत गर्न खोज्दा नपाएको अर्का स्थानीय डिपबहादुर तामाङले बताए। ‘यहाँ भारतले एसएसबी क्याम्प राखेपछि हामीले धेरै दुःख पाइरहेका छौं,’ उनले भने, ‘आफ्नै देशमा बस्न पनि धेरै त्रसित छौं हामी। हाँसेर, रमाएर बस्न सकेका छैनौं।’ २०६४ सालको संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतले सीमाक्षेत्रको ३–३ किलोमिटरमा एसएसबीको बेसक्याम्प राखेको थियो। ती क्याम्पलाई भारतले अहिलेसम्म निरन्तरता दिएको छ। ती क्याम्प राखिएपछि एसएसबीले सीमास्तम्भ नै दशगजाभन्दा नेपालपट्टिको भू–भागतिर सार्नेगरेको तामाङले बताए। ‘मैले जान्दादेखि हाम्रो सीमा पानीढलो (पहाडको चुली) थियो,’ ७४ वर्षे तामाङले भने, ‘अहिले त सार्दै–सार्दै निकै वर ल्याएका छन्। हामीले विरोध नगर्ने हो भने एसएसबीको यो हेपाइ अझै बढ्छ।’
प्रायः ३ देखि ६ महिनामा सीमा नापजाँच गर्ने भन्दै ठूलो संख्याका एसएसबी एकतर्फी रूपमै आउनेगरेको उनले बताइन्। हिलेमै सडक निर्माण गर्दा एसएसबीले रोक्ने प्रयाससमेत गरेको थियो। सीमाक्षेत्रमा बेला–बेला यस्तै समस्या आउँदै सेलाउँदै गर्नेगरेका छन्। सीमाक्षेत्रका एसएसबी बेसक्याम्पमा नयाँ कमान्डर आउनेबित्तिकै प्रायः उही समस्या बल्झिनेगरेको स्थानीय बताउँछन्।
हिलेस्थित सीमाक्षेत्रमा करिब २ सय घर नेपाली बसोबास गर्छन्। यहाँ सूर्याेदय नगरअन्तर्गत ४ टोल विकास संस्था छन्। सीमा यकिन नहुँदा बारम्बार एसएसबी र नेपालीबीच द्वन्द्व भइरहेको सूर्याेदय वडा २ का सदस्य गणेशकुमार खड्का (नकुल)ले बताए। ‘इतिहासले नेपालतिरै देखाएको भू–भागलाई पनि भारतीय पक्षबाट जबर्जस्ती दाबी गर्दा स्थानीयले एसएसबीको ज्यादति खेपिरहेका छन्,’ उनले भने, ‘स्थानीयले घर मर्मत गर्न, सडक सुधार्न, कतिपय स्थानमा चर्पीसमेत बनाउन पाएका छैनन्।’ खड्काले हिले क्षेत्रमा वडा र नगरले विनियोजन गरेको बजेट कार्यान्वयन गराउन पनि एसएसबीले अवरोध गरिरहेको बताए। ‘सीमाको समस्याबारे मैले आफैं पनि नगरसभामा पटक–पटक कुरा उठाएको छु,’ खड्काले भने, ‘नगरले पनि संघीय सरकारसँग यसबारे पहल गरिरहेको जबाफ दिएको छ।’
इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो दूरीमा दुवैतर्फबाट १९ स्थानमा दशगजा मिचेर संरचना बनाइएको २ वर्षअघिको एक तथ्यांकले देखाएको थियो। त्यतिबेला दुवैतर्फ दशगजा मिचिएको तर नेपालतर्फबाटभन्दा भारततर्फबाट दोब्बरभन्दा बढीले अतिक्रमित भएको विवरण पाइएको थियो।
हिलेमात्र होइन, पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दशगजामा छ। त्यसको नजिकै भारतले करिब २ वर्षअघि पुरानो गुम्बा मर्मतको नाममा पक्की गुम्बा बनाएको छ। सन्दकपुर, कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, चित्रेगुम्बा, छब्बिसे, फाटक, पुलखोला, सिमाना र गुफापातालमा दशगजा अतिक्रमित छ। यी क्षेत्रमध्ये भारतले दशगजाको धेरै स्थानमा पक्की सडक नै बनाइसकेको छ। हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दशगजामा एसएसबी क्याम्प नै छन्। पुलखोलाको दशगजामा एसएसबीको गोलघर बनेको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दशगजामै पर्छ।
मानेभञ्ज्याङ र सिमानाको दशगजामा दुवैतर्फ निजी घर बनेका छन्। नेपालतर्फबाट कालपोखरीको दशगजामा चर्पी बनेका छन् भने सन्दकपुरमा गेस्ट हाउस छ। गैरीबासमा घर, चित्रेगुम्बामा सडक र मेघमाको गुम्बाले दशगजामै कम्पाउन्ड गरेको सुरक्षा निकायको तथ्यांकमा उल्लेख छ। विभिन्न स्थानको दशगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेको तथ्यांक छ। मानेभञ्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन्। मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट २, सिमानामा भारतपट्टि ४, नेपालपट्टि २ तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनेका छन्।
यो दूरीमा ४ मुख्य सीमास्तम्भमात्रै सग्ला छन्। ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटामात्रै छन्। ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन्। यीबाहेक सहायक ७ र साना २ सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन्।
पशुपतिनगरमा डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म राखिएको छ। इलामले छोएका सीमाक्षेत्रमा अन्य ६ बोर्डर आउट पोस्ट (बिओपी) राखिएका छन्। पशुपतिनगरमा इलाका प्रहरी कार्यालय छ भने छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकी छन्। भारतले चाहिँ यही दूरीमा एसएसबीका २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ।
वैशाख १३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगर पुगेर सीमा क्षेत्रको निरीक्षण गरे। भारतले पशुपतिनगरलगायत पूूर्वी सीमाको दशगजा मिचेर संरचना निर्माण गरेको पाएको उनले प्रतिक्रिया दिए। ‘भारतले पशुपतिनगरमा दशगजामै चेकपोस्ट बनाएको रहेछ, सीमाक्षेत्रका बासिन्दाको गुनासो धेरै रहेछ, भारतले हेपाहा व्यवहार देखाएको रहेछ,’ ओलीले नागरिकन्युजसँग भने, ‘म फर्केपछि भारत सरकारसँग कुरा गर्छु, भारतले पक्कै पनि यो विषयलाई सकारात्मक रूपमा लिनेछ।’

‘पोहोर हामीलाई हेपेर एसएसबीले वरैसम्म छिरेर खम्बा गाढ्ने प्रयास गर्दा यहाँका महिलाले लखेटेका थिए,’ राईले भने, ‘हामी चुप बसेका थियौं भने यतिबेला यो क्षेत्रको धेरै भू–भाग भारततिर परिसक्थ्यो।’एसएसबीले पोहोर पुसमा स्थानीयको आँखा छलेर हिलेमा रातको समयमा खम्बा गाढ्ने प्रयास गर्यो। भारतीय पक्षले दशगजामा एकलौटी रूपमा खम्बा गाढ्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरे। एसएसबी पछि हट्यो। हिलेको ७१-११ देखि ७२-२५ नम्बर पिलरको बीचमा गाढेको खम्बा हटाउन एसएसबी बाध्य भयो। हिले क्षेत्रमा हराएको सीमास्तम्भ खोज्न भन्दै एसएसबीका जवान नेपालपट्टि छिर्नेगरेका छन्। स्थानीय कमला सुब्बा शेर्पाले सीमा मिच्न खोज्दा आफूूहरूले प्रतिकार गर्नेगरेको सुनाइन्। ‘पोहोर एसएसबीले राति आएर नेपाली भू–भागमा खम्बा गाढ्दा हामी महिलाले नै लखेटेका थियौं, उनीहरूले गाढेको खम्बा उखेलेर फालिदिएका थियौं,’ कमलाले सम्झिइन्, ‘हामीलाई अहिले पनि एसएसबीले निकै ह्यारेसमेन्ट गर्छ।’
प्रायः ३ देखि ६ महिनामा सीमा नापजाँच गर्ने भन्दै ठूलो संख्याका एसएसबी एकतर्फी रूपमै आउनेगरेको उनले बताइन्। हिलेमै सडक निर्माण गर्दा एसएसबीले रोक्ने प्रयाससमेत गरेको थियो। सीमाक्षेत्रमा बेला–बेला यस्तै समस्या आउँदै सेलाउँदै गर्नेगरेका छन्। सीमाक्षेत्रका एसएसबी बेसक्याम्पमा नयाँ कमान्डर आउनेबित्तिकै प्रायः उही समस्या बल्झिनेगरेको स्थानीय बताउँछन्।
हिलेस्थित सीमाक्षेत्रमा करिब २ सय घर नेपाली बसोबास गर्छन्। यहाँ सूर्याेदय नगरअन्तर्गत ४ टोल विकास संस्था छन्। सीमा यकिन नहुँदा बारम्बार एसएसबी र नेपालीबीच द्वन्द्व भइरहेको सूर्याेदय वडा २ का सदस्य गणेशकुमार खड्का (नकुल)ले बताए। ‘इतिहासले नेपालतिरै देखाएको भू–भागलाई पनि भारतीय पक्षबाट जबर्जस्ती दाबी गर्दा स्थानीयले एसएसबीको ज्यादति खेपिरहेका छन्,’ उनले भने, ‘स्थानीयले घर मर्मत गर्न, सडक सुधार्न, कतिपय स्थानमा चर्पीसमेत बनाउन पाएका छैनन्।’ खड्काले हिले क्षेत्रमा वडा र नगरले विनियोजन गरेको बजेट कार्यान्वयन गराउन पनि एसएसबीले अवरोध गरिरहेको बताए। ‘सीमाको समस्याबारे मैले आफैं पनि नगरसभामा पटक–पटक कुरा उठाएको छु,’ खड्काले भने, ‘नगरले पनि संघीय सरकारसँग यसबारे पहल गरिरहेको जबाफ दिएको छ।’
इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो दूरीमा दुवैतर्फबाट १९ स्थानमा दशगजा मिचेर संरचना बनाइएको २ वर्षअघिको एक तथ्यांकले देखाएको थियो। त्यतिबेला दुवैतर्फ दशगजा मिचिएको तर नेपालतर्फबाटभन्दा भारततर्फबाट दोब्बरभन्दा बढीले अतिक्रमित भएको विवरण पाइएको थियो।
हिलेमात्र होइन, पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दशगजामा छ। त्यसको नजिकै भारतले करिब २ वर्षअघि पुरानो गुम्बा मर्मतको नाममा पक्की गुम्बा बनाएको छ। सन्दकपुर, कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, चित्रेगुम्बा, छब्बिसे, फाटक, पुलखोला, सिमाना र गुफापातालमा दशगजा अतिक्रमित छ। यी क्षेत्रमध्ये भारतले दशगजाको धेरै स्थानमा पक्की सडक नै बनाइसकेको छ। हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दशगजामा एसएसबी क्याम्प नै छन्। पुलखोलाको दशगजामा एसएसबीको गोलघर बनेको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दशगजामै पर्छ।
मानेभञ्ज्याङ र सिमानाको दशगजामा दुवैतर्फ निजी घर बनेका छन्। नेपालतर्फबाट कालपोखरीको दशगजामा चर्पी बनेका छन् भने सन्दकपुरमा गेस्ट हाउस छ। गैरीबासमा घर, चित्रेगुम्बामा सडक र मेघमाको गुम्बाले दशगजामै कम्पाउन्ड गरेको सुरक्षा निकायको तथ्यांकमा उल्लेख छ। विभिन्न स्थानको दशगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेको तथ्यांक छ। मानेभञ्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन्। मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट २, सिमानामा भारतपट्टि ४, नेपालपट्टि २ तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनेका छन्।
पुलखोलाको दशगजामा एसएसबीको गोलघर बनेको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दशगजामै पर्छ।जिल्लाको सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्याेदय नगरपालिकाले भारतीय सीमा छोएका छन्। सुरक्षा निकायले २ वर्षअघि गरेको निरीक्षणमा इलामभित्र पर्ने भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका थिए। यीमध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन्। एउटा सीमास्तम्भ हराएको छ तर गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा छ। रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ फेला परेको छैन।