सबैका दाता जयकेश सिंह
१२ वैशाख २०८०
•
५ मिनेट पाठ
सबैका दाता जयकेश सिंह
नेपालगन्ज उपमहानगरपालिका–९ का जयकेश सिंहले आफ्नो सन्तान नभए पनि त्यसको अभाव खड्किन दिएनन्। ‘सन्तान नभएर के भयो त ? मेरा सन्तान नभए पनि म अहिले सयौं सन्तानको अभिभावक बन्न पाएको छु, यी सन्तानको संरक्षण गर्न मैले जमिन दान गर्न पाउँदा गर्व महसुस भएको छ,’ सिंह भन्छन्।  

समाजसेवाले जोडेर नै उनी सयौं बालकका लागि सच्चा अभिभावक बन्न पाएका हुन्। सिंह परिवारले करिब ४ हजार रुखबिरुवा रहेको कुल ९२ कट्ठा साढे ६ धुर अर्थात् ४ बिघा १२ कट्ठा साढे ६ धुर जमिनमध्ये ९२ कट्ठा जमिन समाजका लागि दान गरिसकेको छ।  

नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको डुडुवा गाउँपालिका–६ असमानपुर बाँकेमा रहेको करिब १५ करोड रुपैयाँबराबरको जमिनदान गरेका उनीसँग अहिले साढें ६ धुर जमिन र घर मात्र छ। नेपाल सरकारको तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई बाल सुधार गृह बनाउनका लागि ठुलो क्षेत्रमा जमिन आवश्यकता प¥यो। यिनै सिंहले मन्त्रालयलाई २०६७ साल भदौमा ४ बिघा २ कट्ठा (८२ कट्ठा) जमिन जान गरे।  

दाता सिंहबाट जमिन पाएपछि सरकारले डुडुवा–६ मा भवन निर्माण कार्य सम्पन्न गरी बाल सुधार गृह सञ्चालन गर्दै आएको छ। बाल सुधार गृहसँगै सरकारले उक्त ठाउँमा बाल सुधार गृह, बालगृह, वृद्धाश्रम, महिला तथा अपांगताका लागि संरचना पनि बनाएको छ। मुलुकका विभिन्न ८ स्थानमा बाल सुधार गृह सञ्चालनमा रहेको बताइन्छ। तीमध्ये ४ वटा बाल सुधार गृह व्यवस्थापन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिएको छ भने बाँकी ४ वटाको आफै व्यवस्थापन गरेको छ। यस बाल सुधार गृहलाई नेपालकै नमुना बनाउन खोजिएको छ।  

उक्त बालसुधार गृहमा जग्गा दाताको सम्मानस्वरुप सरकारले जयकेशका पिता स्वर्गीय तप्तबहादुर सिंह र आमा स्वर्गीय हेमरानी सिंहको अर्धकदको सालिक स्थापना गरिदिएको छ। यस्तै जयकेश र इन्दुको नामबाट जयेन्दु बाल सुधार गृह नामकरण गरिएको छ। उक्त सुधार गृहमा अहिले विभिन्न ३० जिल्लाका २ सय ३६ जना बालक (१८ वर्ष मुनिका) बसिरहेका छन्। ‘बाल सुधार गृहमा पुगेर त्यहाँ रहेका बालक (१८ वर्ष मुनिका) लाई भेट्न पाउँदा मेरो मन आनन्दित हुन्छ, मलाई भेटेपछि उनीहरु पनि असाध्यै खुसी हुन्छन्, आफ्नै बुवासरह आदर सत्कार गर्छन्, म पनि उनीहरुलाई आफ्नो सन्तानसरह माया गर्छु,’ सिंह भन्छन्।  

तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसमेत जग्गादाता सिंहको योगदानबाट प्रभावित भएकी थिइन्। २०७९ भदौमा बाल सुधार गृहको निरीक्षणका क्रममा आउँदा सिंहले गरेको योगदानको खुलेरै प्रशंसा गरेकी थिइन्। योगदानको कदरस्वरुप सरकारले बाल सुधार गृहपरिसरमा सालिक स्थापना गरेको थियो। समाजसेवामा उनको योगदान यत्ति मात्र छैन।  

सडकलाई मानवमुक्त गर्र्ने अभियान चलाएको मानव सेवा आश्रमलाई भवन निर्माण गर्न जमिन अभाव भयो। नेपालगन्ज क्षेत्रमा आश्रमको भवन बनाउन जग्गा खोज्दा कतै नपाइएपछि सिंहले आफुसँग बाँकी रहेको जमिन पनि आश्रमलाई दिन तयार भए। डुडुवा–६ मा बाँकी बचेको १० कट्ठा जमिन पनि २०७९ साल वैशाखमा उनले मानव सेवा आश्रमलाई दान गरे।  

उक्त जमिनमा आश्रमले भवन निर्माण कार्य सुरु गर्दै छ। आश्रमले सडकबाट उद्धार गरी ल्याएका असहाय नागरिकलाई उक्त भवनमा संरक्षण गरेर राख्नेछ। आश्रम अहिले नेपालगन्ज–१० मा भाडामा चलिरहेको छ। हाल आश्रममा ४७ जना असहाय बसेका छन्।  

भवन निर्माण कार्य सम्पन्न भएपछि डेढ सय जनालाई संरक्षण गरी राख्ने आश्रमको योजना छ। ‘अहिले मानव सेवा आश्रमले जसरी असहाय, ज्येष्ठ नागरिकको हेरचाह गरिरहेको छ, उहाँहरुको संरक्षण गर्न सहज होला भनेर मैले जमिन दान गरेको हुँ, आखिरमा हामी पनि पछि बुढो हुनुपर्छ,’ उनले भने। आफूसँग बाँकी रहेको साढे ६ धुरमा बनेको घर पनि दान गरेर बुढेसकालमा आफू पनि आश्रममै बस्ने सोच बनाएको सिंह बताउँछन्।  

को हुन् जयकेश सिंह ?

२०२२ साल साउन २७ गते साविक हिरमिनिया गाविस–५ (हाल डुडुवा गापा–६), असमानपुर बाँकेमा बस्दै आएका उनी परिवारका एक्ला छोरा हुन्। बुवा स्वर्गीय तप्तबहादुर सिंह र आमा स्वर्गीय हेमरानी सिंहको कोखबाट जन्मेका उनको बाल्यकाल संघर्षमय बन्यो। सामान्य परिवारका सिंहले स्थानीय शिख्खनपुर प्राविमा कक्षा १ देखि ३ सम्म पढे।  

यस्तै युद्ध निमावि नेपालगन्जमा कक्षा ४ देखि ७ सम्मको पढाइ पूरा गरे। यसैगरी कक्षा ८ र ९ नेपालगन्जकै नारायण माविमा पढे। त्यसपछि नेहरु स्मारक इन्टर कलेज रुपैडिहा भारतमा कक्षा १० को पढाइ पूरा गरे। महाराज सिंह इन्टर कलेज बहराइचमा कक्षा ११ र १२ को पढाइ पूरा गरेपछि गायत्री विद्यापीठ महाविद्यालय रिसिया बहराइचबाट बिकम र राममनोहर लोहिया विश्वविद्यालयबाट एमए गरे।  

२०४६ सालमा जानकी माध्यमिक विद्यालयबाट शिक्षण कार्य सुरु गरेका उनी २०७६ चैतमा स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयबाट सेवानिवृत्त भएका हुन्। ‘सामान्य परिवारमा जन्मेको हुँदा पढ्ने बेलामा मलाई सधैं आर्थिक अभाव भयो, त्यसकारण पढाइ सकेपछि मैले समाजका लागि केही गर्नुपर्छ भन्ने महसुस भयो,’ उनी सम्झिन्छन्।  

२०४५ सालमा इन्दु सिंहसँग वैवाहिक सम्बन्ध जोडियो। जयकेश र इन्दुबाट सन्तान भएनन्। ‘त्यसपछि मैले सामाजिक कामतिर समय दिन थालें, मेरो श्रीमतीलाई पनि मैले सम्झाएँ,’ उनले भने, ‘श्रीमतीको सहयोगले मलाई समाजसेवामा लाग्ने हौसला मिल्यो।’ धन, सम्पत्ति र सन्तानबारे सिंहको धारणा फरक छ।  

‘सुख सुविधा र नामका लागि मान्छेले सम्पत्ति जोड्छ, नामका लागि कसैले सन्तानको रहर गर्छ भने ६० वर्षभन्दा बढी समयसम्म नाम रहँदैन,’ उनी भन्छन्, ‘मेरो आत्मज्ञानमा आयो कि नाम नै राख्ने हो भने आजीवन कालसम्म रहने गरी राख्नुपर्छ, त्यसकारण मैले दान गर्नुपर्छ र पुण्य कमाउनुपर्छ भन्ने सोच बनाएँ।’  

मानवका लागि पितृ ऋण, देव ऋण, राष्ट्र ऋण र सामाजिक ऋण हुने भन्दै उनी धेरै सम्पत्ति जोड्नु भ्रम मात्र रहेको बताउँछन्। ‘धेरै सम्पत्ति ओगटेर राख्नु, सामाजिक कार्यमा नलाग्नु, आफ्ना सन्तानका लागि सम्पत्ति जोगाएर राख्नु यो भ्रम मात्र हो, किनकि सन्तानले ५०÷६० वर्षभन्दा बढी राख्दैनन्, धेरै सम्पत्ति भएपछि संरक्षण संवद्र्धन गर्न सक्दैनन, सम्पत्तिकै कारण सन्तान कुलतमा लाग्ने र बिग्रिने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्।  
अर्को समाचार

‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस