दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता
०९ माघ २०७३
•
९ मिनेट पाठ
दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता
कविता उपाध्याय




लिबाङ (रोल्पा)- सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे। खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छन्। खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छन् ।

करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको कान्छो छोरा ५ वर्षका छन् । अनमेल विवाह गरेका रोल्पाका यो दम्पतीलाई सन्तानको भविष्यको चिन्ताले निकै पिरोल्ने गरेको छ । आफू डाँडा माथिको जून भइसकेकै बेला जन्मिएको छोरालाई उच्च शिक्षा दिन र बाचुन्जेल राम्रो स्याहारसुसार गर्न पनि सक्दैन कि भन्ने चिन्ताले आफूलाई दिनरात पिरोल्ने गरेको उनी बताउँछन्।

रोजगारीको सिलसिलामा भारतको अल्मोडामा दिन गुजार्दै आएका खत्रीका जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट तीन छोरा गरी चार सन्तान छन् । चारै जना सन्तान अशिक्षित छन् । गरिबी र चेतना अभाव नै सन्तान अशिक्षित हुनुको मुख्य कारण रहेको खत्री दम्पती स्वीकार्दछ । हाल कान्छी श्रीमतीसँग जीवन चलाउँदै आएका खत्रीकी जेठी श्रीमतीको मृत्यु भइसकेको छ ।

विसं २०१८ सालमा पहिलो विवाह गर्दा खत्री २० वर्षको थिए भने उनकी श्रीमती ४५ वर्षीया, दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी गाउँकै ४५ वर्षीया धनी बहकरीसँग उठबस गर्दागर्दै अवैध सम्बन्धबाट गर्भ रहेपछि खत्रीले आमाभन्दा ठूलो उमेरकी गाउँकै विधवा महिलालाई १८ वर्षको उमेरमा श्रीमतीका रुपमा स्वीकारेका थिए। खत्रीसँग विवाह गर्दा धनीका नातिनातिना समेत जन्मिसकेका थिए ।

अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएकी धनीले खत्रीसँग दोस्रो विवाह भएको केही महिनामै छोरीको जन्म भयाे। तर खत्रीले श्रीमतीलाई दिनुपर्ने माया, ममता र आत्मीयता कहिल्यै पनि दिएनन्। केवल अवैध रुपमा रहेको गर्भ नै उनीहरुको विवाहको मुख्य कारण बन्यो । अवैध गर्भ रहेपछि गाउँलेको दबाबका कारण खत्री र बहकरीबीच विवाह सम्पन्न भएको थियो । यसरी विवाह बन्धनमा बाँधिएका खत्री सुत्केरी श्रीमती र दूधे बालक (छोरी) आमाको जिम्मामा छोडेर धन कमाउने बहानामा विसं २०१९ सालमा भारतको कानपुर पुगेका थिए।

भारत पुगेका खत्री लामो समयसम्म नेपाल फर्केनन्। यता खत्रीकी आमाको मृत्यु भयो भने जन्मने बित्तिकै छोडेर गएकी छोरीको विवाह भयो । तर खत्री घर, आमा र श्रीमती सम्झेर स्वदेश फर्केनन्। पहिलो श्रीमान्बाट भएका छोराछोरी छोडेर खत्रीसँग दोस्रो विवाह गरेकी उनकी ४५ वर्षीया श्रीमती धनी बहकरीलाई दोस्रो श्रीमान्ले पनि छोडेर गएपछि बहकरीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । तर पनि खत्रीलाई घरपरिवारको कुनै चासो र चिन्ता नरहेको उनी बताउँछन्।

उनका अनुसार रहरले विवाह गरेको भए उहाँ घर फर्किन्थे तर अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएका खत्रीलाई घर फर्कन मन लागेन । आमाको मृत्यु हुँदा पनि उनी घर फर्केनन्। अतीतको स्मरण गर्दै खत्रीले भने, “आमाको मृत्यु भएको खबर सुनेपछि भारतको बनारस पुगेर हिन्दू धर्मअनुसार काजकिरिया गरेँ तर घर फर्किनँ ।” करिब ३० वर्षपछि खत्री स्वदेश फर्कंदा ४५ वर्षीया श्रीमती धनी बहकरीको उमेर ७५ वर्ष नाघिसकेको थियो ।

बूढेसकालको सहारा कोही नभएपछि बेसहारा बनेकी बहकरीको सोधीखोजी नगरी रोजगारीबाट फर्किएपछि खत्रीले दोस्रो विवाह गरे। यसरी खत्रीले दोस्रोपटक गरेको विवाह पनि अनमेल नै रह्यो । अडचालीस वर्षीय खत्रीले गाउँकै १८ वर्षीया कमला कुसुन्डासँग मागी विवाह गरे। बाबुकै उमेरको करिब ३० वर्ष जेठो केटासँग विवाह गर्न इच्छा नहुँदा नहुँदै पनि कमलाकी आमाले धेरै सम्झाइबुझाई गरेर छोरी कमलाको विवाह खत्रीसँग गरिदिए।

विवाह गर्दा कमलाकी आमाले ‘आफ्नै उमेरको केटासँग विवाह गर्दा दुःख दिन सक्छ, जाँड रक्सी खाएर कुटपिट गर्न सक्छ, दोस्रो विवाह गर्न सक्छ तर उमेर पुगेको केटासँग विवाह गर्दा सुख पाइन्छ’ भनेर सम्झाइबुझाई गरेको कमलाले अहिले पनि बिर्सिएका छैनन् । यसरी आमाले धेरै सम्झाइबुझाई गरेपछि कमला आफूभन्दा ३० वर्ष जेठो केटासँग (खत्रीसँग) विवाह गर्न मञ्जुर भएका थिए। कमलाको खत्रीसँग विवाह हुँदा खत्रीको पहिलो श्रीमतीबाट पनाति पनातिनीसमेत जन्मिसकेका थिए ।

“अहिलेका मान्छेले प्रेम गरेर आफूलाई मन परेको केटासँग विवाह गर्छन् तर हाम्रो पालामा त्यस्तो थिएन वा आमाले जहाँ दिन्छन् त्यही जानुपथ्र्याे,” कमलाले भनिन्। विसं २०४८ मा करिब ३० वर्षको अन्तरमा विवाह बन्धनमा बाँधिएका कमला कुसुन्डा र खत्रीबाट तीन छोरा जन्मिसकेका छन् । अनमेल विवाह गरेका दम्पतीको गृहस्थी राम्रै चलेको छ । तर पनि खत्रीलाई कहिले श्रीमती त कहिले सन्तानको भविष्यको चिन्ताले पिरोल्दै आएको छ ।

उनी भन्छिन्, “अहिले म ७५ वर्षको भएँ । अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै । तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ बढी चिन्ता लाग्छ ।” खत्री दम्पतीको पहिलो सन्तान पनि बाबुआमासँगै ज्याला मजदुरी गर्छन् । दोस्रो सन्तान बोल्न सक्दैनन् उनी अलि सुस्तःमनस्थितिका छन् भने काखको छोरा ५ वर्षका छन् ।

उमेरमै आफ्नो उमरेको केटीसँग विवाह गरेको भए आज यो चिन्ताले पिरोल्ने थिएन भन्ने खत्रीको बुझाइ छ । उनले भावुक हुँदै भनिन्, “जेठी श्रीमती आमाभन्दा जेठी थिई । कान्छी श्रीमती छोरीभन्दा कान्छी । अहिले बूढेसकालमा बुद्धि आएर के गर्नु ! मैले त समयमा बुद्धि नपु¥याएर गल्ती गरें । अरू कसैले यस्ता गल्ती दोहो¥याउनु नपरोस् ।”

पछिल्लो दिनमा जिल्लामा खासै अनमेल विवाह गर्ने जोडी नभए पनि पुरानो पुस्तातिर फर्कंदा धेरै अनमेल विवाह गरेका जोडीहरु भेट्न सकिन्छ । रासस
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
१९ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
यो पनि पढौँ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस