नेपालगन्जका रैथाने स्वादलाई ब्यवस्थित र ब्रान्डिङ गर्न ‘फुडलेन’ बनाउने तयारी थालिएको छ। स्थानीय पुरानो बजार त्रिभुवन चोक क्षेत्रमा फुडलेन बनाइने भएको हो।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकाले फुडलेन बनाउने प्रक्रिया अगाडी बढाएको छ। यहाँको पुरानो र चर्चित बजार स्थानीय त्रिभुवन चोक क्षेत्रलाई फुडलेन बनाउन यहाँका सरोकारवाला सहमत भएका छन्।
नेपालगन्जको त्रिभुवन चोक यहाँको पुरानो बजार हो। उक्त क्षेत्रमा नेपालगन्जको पहिचान झल्किने पानीपुरी, चाट, रावडी, पान, दहीबडा जस्ता स्वादिष्ट परिकार खान पाइन्छ। मुस्लिम समुदाय परिकारहरु बिरयानी, कबाब, निहारी, पाया, सिवाई पनि स्वादिष्ट मानिन्छन्। यि परिकार खान त्रिभुवन चोकमा जाने गरिन्छ। तर, यि परिकारलाई बिक्री गर्ने ठाउँ र समयको उचित ब्यवस्थापन नहुँदा ब्यवसायिक रुपले प्रवद्र्धन हुन सकेको छैन।
नेपालगन्जको पहिचान झल्किने खाने कुरालाई एकै ठाउँमा ब्यवस्थित गर्नाले यिनको ब्राण्डिङ हुने र नेपालगन्जको आर्थिक अवस्था माथी उठ्ने भएकाले फुडलेन बनाउनज लागिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए। तत्कालका लागि अहिले त्रिभुवन चोकको करिव डेढ सय मिटर वरिपरीको क्षेत्रलाई फुडलेन बनाएर पछि बिस्तार गर्दै लैजाने बताए।
‘त्रिभुवन चोक यहाँको पुरानो बजार हो, यहाँ अहिले पनि नेपालगन्जको पहिचान झल्किने खानेकुराहरु पाइन्छ, तर अब यहाँका पसललाई अलि ब्यवस्थित गर्ने, ब्यापारीलाई केही कुरा सिकाएर तत्कालका लागि राती १२ बजेसम्म खोल्न सकियो भने ब्राण्डिङ गर्न सकिन्थ्यो,’ उनले भने। फुडलेन छिट्टै सञ्चालनमा ल्याउन त्रिभुवन चोक क्षेत्रका वडाअध्यक्षहरुसँग बसेर आवश्यक निर्णय लिइने विष्टले बताए। यसका लागि त्रिभुवन चोक र सदरलाइन क्षेत्रका स्थानीय बासिन्दासँग पनि आवश्यक सहयोग लिइने उनले सुनाए। फुडलेनलाई ब्यवस्थित गर्नका लागि स्थानीय प्रहरी, प्रशासन र ट्राफिक प्रहरीसँग पनि छलफल गरिने बताए।
फुडलेनका परिकल्पनाकार समेत रहेका नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले ‘स्ट्रीट फुड’ ले नेपालगन्जको स्थानीय पहिचान झल्काउने बताए। ‘स्ट्रीट फुड’ बनाउन निजी क्षेत्रले पहल गरेपनि उपमहानगरपालिकाले यसको अपनत्व लिनुपर्ने उनी बताउँछन्। फुडलेन ब्यवस्थापन गर्न सिग्देलको संयोजकत्वमा समिति बनाइएको छ।
रैथाने स्वादलाई व्यवसायिकरण गर्दै परम्परागत रूपमा स्वाद पस्किदै आएका ब्यवसायीलाई अवसरको ढोका खोल्ने सम्भावनाको खोजीका लागि फुडलेनको अवधारणालाई अगाडी बढाइएको उनको धारणा छ। नेपालगन्ज क्षेत्रका सम्वद्ध सरोकारवालाले नेपालगन्जमा फुडलेनको अपरिहार्यता रहेको भन्दै चाडो कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएका छन्।