नाै वर्षीय बालकको हत्या आशंकामा मोरङको कानेपोखरी गाउँपालिका–१ बिसनपुरका दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालकका ठूलोबुवा र ठुलीआमा नाताकालाई बालकको हत्या गरेको आशंकामा नियन्त्रणमा लिइएको हो।
कानेपोखरीमा ठूलोबुवाको घरमा बस्दै आएका ९ वर्षीय बालक वेगबहादुर थापाको शंकास्पद मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। उनी धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएका श्रीबहादुर थापाका छोरा हुन्।
बालकको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले ठूलोबुवा र ठूलीआमालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। मृतक बालक वेगबहादुर घर नजिककै रहेको बाख्रा बाँध्ने खोर नजिक शुक्रबार बिहान साढे ५ बजेतिर भनेर अचेत भएर ढलिरहेको अवस्थामा फेला परेका थिए। ठूलोबुवा ढकबहादुरले बालकको उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए। अस्पतालमा उपचारका क्रममा पौने १२ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ढकबहादुरले बालक अचेत अवस्थामा ढलिरहेको फेला पारेपछि उपचारका लागि ल्याएको भनिए पनि उनले गाउँमा भने सर्पले डसेर बालकको मृत्यु भएको हल्ला चलाएका छन्। ठूलोबुवा ढकबहादुरको कुरा र बालकको घाँटीमा डोरीले कसेजस्तो डाम देखिएकाले घटना शंकास्पदा देखिएको छ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद भएपछि ठूलोबुवा र ठूलीआमालाई नियन्त्रणमा लिए इलाका प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानबाट घटनाको यथार्थ बाहिर आउने प्रहरीले जनाएको छ।