नेपालगन्जमा नागरिक स्तरबाट गरियो ‘राष्ट्रिय झण्डा महोत्सव’
०२ वैशाख २०८०
•
३ मिनेट पाठ
नेपालगन्जमा नागरिक स्तरबाट गरियो ‘राष्ट्रिय झण्डा महोत्सव’
नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा महोत्सव गरिएको छ । विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जस्थित रामलिला मैदानमा नयाँ वर्षका दिन शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव गरिएको हो । हरेक वर्ष नयाँ वर्षकै दिन नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।  




राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार एवं अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिवसको सुरुवातदेखी हालसम्म जसरी पनि निरन्तरता दिदै आएको बताए । उनले भने, ‘हामीले गतवर्ष रंगशालामा मनायौं, बीचमा कोभिडको कारणले गर्दा निरन्तरता दिने विभिन्न उपाय गर्यौं, हामीले जसरी पनि निरन्तरता दिने प्रयास गरेका हौं ।’ यो कुनै सरकारले तोेकेको दिवस नभएको शाहले बताए ।  

उनले भने, ‘यो नागरिक स्तरबाट मनाइएको दिवस हो, राष्ट्रिय तथा अन्र्तराष्टिय दिवसहरु मनाइन्छ, नामै नसुनेका दिवस पनि मनाइन्छ, स्वदेशी दिवसमा बिदा दिने र काट्ने चलन पनि छ, विश्वका विभिन्न देशले मनाउने दिवस मनाउँछौं, स्वदेशी र विदेशी दिवस मनाइरहँदा हामी आफ्नो ध्वजाको दिवस मनाउने कुनै आधिकारिक ब्यवस्था छैन ।’

राष्ट्रिय झण्डालाई बीचमा च्यात्ने र जलाउने काम भएका बेलामा आफुहरुले झण्डाको महत्व र गरिमालाई बढाउनुपर्छ भनेर  नागरिक स्तरबाट दिवस मनाउन सुरु गरेको प्रष्ट्याए । ‘यसलाई जनस्तरमा लैजानुपर्छ र दिवसलाई महोत्सवको रुपमा मनाउनुपर्छ भनेर हाम्रो नेपाली नयाँ वर्षको दिनलाई पारेर दिवस मनाउन सुरु गरेका हौं,’ उनले भने । शाहले रामलिला मैदानमा ठुलो राष्ट्रिय झण्डा राख्न नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई आग्रह गरे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशकी सांसद माया पुनले राष्ट्रिय झण्डा दिवसलाई सरकारको तर्फबाट मनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।  

लुम्बिनी प्रदेश सभाको आगामी बैठकमा बोल्ने क्रममा झण्डा दिवस मनाउने विषयलाई आफुले पहिलो एजेण्डा बनाउने बताइन् । यसका साथै सात वटै प्रदेश र संघमा रहेका विभिन्न तह र तप्कासँग पनि छलफल गर्ने बताइन् । आगामी वर्ष बैशाख १ गतेको दिनलाई झण्डा दिवसका रुपमा मनाउन आफुले विशेष पहल गर्ने प्रदेश सांसद पुनको भनाई छ ।  

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्थानीय रामलिला मैदानमा नेपालकै ठुलो झण्डा राख्ने प्रतिवद्धता जनाए ।  ‘यस रामलिला मैदानमा ठुलो झण्डा राख्नुपर्ने यहाँहरुको सुझाव अनुसार नेपालकै पहिचान हुने गरी सबैभन्दा ठुलो झण्डा राख्ने म प्रयत्न गर्नेछु,’ विष्टले भने ‘अर्को वर्ष झण्डा दिवससम्म रामलिला मैदानमा ठुलो झण्डा राखिनेछ ।’

नेपालको पहिचान राष्ट्रिय झण्डाले गराइरहेको भन्दै मेयर विष्टले भने, विश्वमा दुई सयभन्दा बढी राष्ट्र भएपनि हामीलाई हाम्रो झण्डा राम्रो लाग्छ, हाम्रो झण्डामा रहेको चिन्ह प्रकृतीसँग जोडिएको छ ।’ राष्ट्रिय झण्डामा अंकित सुर्य र चन्द्रको विशेषताबारे प्रष्ट्याउँदै भने, ‘सुर्यले हामीलाई प्रकाश दिन्छ, चन्द्रमाले हामीलाई सितलता दिन्छ ।’

जनस्तरबाट मनाउँदै आएको झण्डा दिवसलाई सरकारको तर्फबाट मनाउन नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट आफुले प्रयत्न गर्ने मेयर विष्टले प्रतिबद्धता पनि जनाए । ‘नेपाल सरकारबाट चाडै नै अन्य दिवस जस्तै राष्ट्रिय दिवसका रुपमा मनाउन पाइयोस् । हामीले आफ्नो तर्फबाट पनि पहल गर्नेछौं,’ मेयर विष्टले भने ।  

कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका अगुवा, नागरिक समाज, कलाकार, सञ्चारकर्मी, सर्बसाधारण लगायतको पनि उपस्थिती रहेको थियो । त्यसक्रममा वरिष्ठ गायक कमल बिके निर्मोही, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायत कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए । अन्तरालले आयोजना गरेको उक्त महोत्सवको गैरसरकारी संस्था महासंघ नेपाल र बासले संयोजन गरेका थिए ।    
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस