सन् २०४५ सम्म खुद शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न नविकरणीय ऊर्जाको महत्वपूर्ण भूमिका रहने र विशेषगरी यो उद्देश्य हासिल गर्न जलविद्युत् र वायु ऊर्जा प्राथमिक ऊर्जाको स्रोत रहने देखिएको छ।
बिहीबार सार्वजनिक गरिएको ‘नेपालमा २०५० सम्म सत प्रतिशत नवीकरणीय ऊर्जाको लागि प्राविधिक परिदृश्यः राष्ट्रिय निर्धारित योगदान र खुद शून्य उत्र्सजन लागि दीर्घकालीन रणनीति कार्यान्वयन गर्न सम्भावित रूपान्तरणका मार्गहरू’ नामक प्रतिवेदनका अनुसार कार्बन उत्सर्जन नगर्ने सिन्थेटिक तथा हाइड्रोजन नेपालको ऊर्जा प्रणालीमा सन् २०४० भन्दा पहिले प्रवेश गर्ने सम्भावना कम छ।
‘सिन्थेटिक इन्धन उत्पादन गर्दा उर्जामा हुने उच्च हानिको क्षतिपूर्ति गर्न आधारभूत रूपमा पूर्वाधार परिवर्तन गर्न आवश्यक हुन्छ, यो हाम्रो जस्तो देशका लागि धेरै महँगो हुन आउँछ,’ प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा भविष्यमा घरधुरी, उद्योग तथा व्यापार र यातायात क्षेत्रमा आवश्यक पर्ने ऊर्जाको मागको बढदै जाने भएकाले सो माग पुरा गर्न नवीकरणीय ऊर्जाको भूमिका अहंम रहने भनिएकोछ। यसैगरी नेपालमा ग्रामीण तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्तिमा माइक्रो ग्रिड मेरुदण्ड रहने प्रतिवेदनको आकलन छ।
‘माइक्रो ग्रिडहरू नेपालको बिजुली ग्रिडको ‘बीउ’ बन्न सक्छ। ग्रामीण समुदायहरूमा माइक्रोग्रिडको बढदो संख्यालाई ग्रिड समूहमा जडान गर्न सकिन्छ, जुन अन्तत विद्यमान पाउर ग्रिड नेटवोर्कमा जोडन सकिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएकोछ।
‘माइक्रो र पिको हाइड्रो पावर प्लान्ट, सोलार फोटोभोल्टिक्स र जैविक ऊर्जा इन्धन उत्पादनको मिश्रणले ब्याट्री विद्युत् र तापमा आधारित भण्डारण प्रणालीको संयोजनमा दुर्गम क्षेत्रका लागि उच्च भोल्टेज लाइनहरूको विस्तारमा महत्वपूर्ण प्राविधिक र आर्थिक फाइदा पुग्नेछ, ’ डब्लुडब्लुएफ नेपाल र प्रकृति रिसोर्सेस सेन्टरले गरेको उक्त अध्ययनमा भनिएको छ। यसैगरी, भण्डारण प्रणाली र सौर्य फोटोभोल्टिक जेनेरेटरहरूको लागत आउँदो वर्षमा थप घट्ने अपेक्षा गरिएकाले आर्थिक लाभ बढ्ने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले आगामी २० बर्षमा खुद शून्य कार्बन उत्र्सजनका लक्ष्य हासिल गर्न कठिन हुने बताए। हाल कुल उर्जाको खपतमा विद्युत र अन्य नवीकरणीणय ऊर्जाको हिस्सा ६÷७ प्रतिशत रहेको चर्चा गर्दै उनले भने, ‘लक्ष्य आफ्ना ठाउँमा ठिक छ तर यो महत्वाकांक्षी छ।’
उनले नवीकरणीय ऊर्जाको विकास सरकारको प्रमुख प्राथमिकता रहेको र सरकारले क्रमशः जैवीक इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै जाने रणनीति लिएको बताए। पछिल्ला वर्षमा विद्युत् उत्पादन हवात्तै बढेता पनि आपूर्तीका करिडोरको अपेक्षित विकास हुन नसकेको बताउँदै सचिव घिमिरेले आपूर्ति सञ्जालको यथेष्ट विकास हुन सकेका देशभित्रै ३–४ हजार मेगावाट विद्युत् खपत हुने बताए। वन तथा वातावरण मन्त्रालयका उपसचिव शरद पंगेनीले नेपालले सन् २०४५सम्म खुद शून्य उत्सर्जन हासिल गर्न विभिन्न रणनीति तथा कार्यनीति अबलम्वन गरेको र यो उद्देश्य हासिल गर्न सबै सरोकारवालासँग सहकार्य गर्ने नीति सरकारको रहेको बताए।
गैंडा र बाघको संरक्षणमा एैतिहासिक प्रगति हासिल गरेको चर्चा गर्दै डब्लुडब्लुएफका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङले नवीकरणीय ऊर्जाका लक्ष्य पनि हासिल गर्न सकिने बताए।