ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७ मिटर क्षेत्र भित्रका संरचना आफैं हटाउन अन्तिम पटकका लागि भन्दै ७ दिनको म्याद दिएको छ। यसअघिका सूचना अनुसार कतिपय घरधनीले सडक सीमाक्षेत्र भित्रका संरचना आफैं हटाउन थालेका छन्।
नगरपालिकाले २०८० साल बैशाख २ गते भित्रमा मेची राजमार्गको सडक सीमा क्षेत्रका संरचना आफैं नटाउन र नहटाए सडक ऐन अन्र्तगत प्रकृया अघि बढ्ने गरी अन्तिम मौका दिएको जनाएको छ। सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गरेको थियो।
सडक डिभिजन कार्यालयले सडक सीमा क्षेत्रमा संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहको समेत सहयोग मागेपछि ३५ दिने म्याद सकिएको दिन फागुन १४ गते फुङलिङ नगरपालिकाले सीमा क्षेत्रमा संरचना हटाई सहयोग गर्न १५ दिने म्याद सहितको सूचना प्रकाशित गरेको थियो। तेस्रो पटक चैत १ गते नगरपालिकाले ७ दिने म्याद दिएर संरचना हटाउन सूचना जारी गरेको थियो। नगरपालिकाले आउँदो बैशाख २ गते सम्मको म्याद दिएर सीमा क्षेत्रका संरचना आफैं हटाउन र नहटाए सडक ऐन अन्र्तगत हुनेगरी अन्तिम पटकको म्याद दिएको जनाएको छ।