जिल्लाको सिमावर्ती क्षेत्र नरैनापुरमा सशस्त्र प्रहरी बल नेपालको ‘विओपी’ (वोर्टर आउट पोष्ट) उद्घाटन गरिएको छ। गाउँपालिकाको वडा नम्बर ६ स्थित गंगापुरमा नवनिर्मित विओपीलाई बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो।
लुम्बिनी प्रदेशका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिदुर खडका र नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवन उद्घाटन गरेका हुन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लिन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए।
मुलुकको भुमी एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरीले संवेदनशील भई काम गरिरहेको बताए। नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने डिआईजी खड्काको भनाई छ। ‘सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नु हुदैन, तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ।’
यस्तै गाउँपालिका अध्यक्ष शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितीमा स्थापना भएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। विपदका बेला उद्धार, संक्रामक रोग नियन्त्रण जस्ता अप्ठ्यारा परिस्थितीमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले जोड दिए। सो क्रममा स्थानीय तहका जनप्रतिनिधी, सुरक्षा निकाय, कर्मचारी लगायतको उपस्थिती रहेको थियो।