ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सवको दोस्रो दिन बुधबार डोको बुन्ने प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले उपाधि जित्दा प्रतियोगिताकै उत्कृष्ट डोको भने फुङलिङ नगरपालिकाका धनबहादुर गुरुङले जितेर प्रथम भएका छन्।
उत्कृष्टतर्फ दोस्रो फुङलिङकै लक्ष्मण गुरुङ भएका छन् भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ तेस्रो भएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश लिङखिमले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा १४ बर्षे बालक समेतले सहभागिता जनाएका थिए।
डोकोको आकार दिएर चोयाको गुणस्तर,बनोटको प्रकृति,साटसज्जा,डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अंक दिइएको महोत्सवका सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले जानकारी दिए।
लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले जानकारी दिए। डोको बुन्ने प्रतियोगिताका बिजेताले १० हजार,उपबिजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने भएका छन्।