भ्रष्टाचारमा सफाइ दिने फैसलाप्रति अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
भ्रष्टाचारमा सफाइ दिने फैसलाप्रति अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन
कमसल निर्माण कारण करिब पाँच वर्षअघि भत्केको सिक्टाको पश्चिम मूल नहर। फाइल तस्बिर: नागरिक
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मंगलबार पुनरावेदन गर्‍यो।




अख्तियारले सर्वोच्चमा मुद्दा पुनरावेदन गरेपछि बाँके बासी उत्साहित भएका छन्। अख्तियारले करिब पाँच वर्षअघि सिक्टा सिचाइँ आयोजनाभित्र साढे ८ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा २१ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पूर्व मन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेसहित आयोजना प्रमुखहरू, सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर, परामर्शदाता लगायत विरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो। तर, विशेष अदालतले गत असारमा सबै आरोपीलाई सफाई दिएपछि अख्तियारले मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले मंगलबार सर्वोच्चमा पुनरावेदन गरिएको नागरिक न्युजलाई बताए।

‘सर्वोच्च अदालतमा सिक्टाको भ्रष्टाचार मुद्दालाई पुनरावेदन गरेका छौं,’ उनले भने। सर्वोच्चमा पुनरावेदन परेसँगै आयोजना निर्माण स्थल बाँकेका स्थानीय बासिन्दा हर्षित भएका छन्। सर्वोच्चमा मुद्दा पुनरावेदन भएपछि ठुलो आशा जागेको स्थानीयको भनाई छ।

सिक्टामा भएको भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाउँदै आएका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा पुगेपछि अब कतैबाट प्रभावित नभएर निष्पक्ष फैसला हुनेमा आशा जागेको बताए। ‘सिक्टामा भएको कमसल निर्माणबारे धेरै समिति र विज्ञ टोली आएर अनुगमन गरे, सबैले कमजोरी औँल्याएकै हुन्, तर विशेष अदालत जस्तो निकायले भ्रष्टाचारका आरोपीलाई सिधै सफाई दिने काम गर्‍यो, यसले सबैमा निराशा छाएको अवस्थामा अब यो मुद्दा सर्वोच्च अदालतले हेर्ने भइसकेपछि सर्वोच्चले गम्भीर ढंगले छानबिन गर्नुपर्छ,’ श्रेष्ठले भने।

सिक्टामा भएको भ्रष्टाचारलाई ढाकछोप गर्ने कोसिस गरेमा भविष्यमा धेरै विकास निर्माणमा भ्रष्टाचार र अनियमितता बढ्ने उनको आशङ्का छ। उनले थपे, ‘राष्ट्रिय गौरवको आयोजनामा भएको यति ठुलो भ्रष्टाचारलाई लुकाउन खोजियो, संलग्नलाई त्यसै छाडियो भने भोलिका दिनमा अझ भ्रष्टाचार मौलाएर जान्छ, भ्रष्टाचारीको मनोबल बढ्छ।’ सिक्टा सिचाइँ आयोजनाको पश्चिम मूल नहर निमार्णमा ठुलै आर्थिक चलखेल भएकाले आयोजनाको भविष्य अन्धकार बनेको बताए।

सिक्टा सिचाइँ आयोजना निर्माण स्थल राप्ती सोनारी–९ ढकेरीका स्थानीय बासिन्दा श्रीधर उपाध्यायले मुद्दा सर्वोच्चमा पुगेपछि अब निष्पक्ष रुपमा फैसला हुने विश्वास गरेका छन्।  

‘हामीले सुरु देखी नै सिक्टाको काम राम्रो भएन, कमसल निर्माण भयो भनेर ध्यानाकर्षण गराउँदै आएका थियौँ, हाम्रो कुराको सुनुवाई नहुँदा नहर पटक पटक भत्कियो,’ उनले भने ‘अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो, विशेष अदालतले भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिए पनि सर्वोच्चमा मुद्दा पुगेको खबरले आज फेरी आशा जागेको छ।’
कमसल निर्माण भएको पश्चिम मूल नहर अहिले काम नलाग्ने अवस्थामा पुगेको स्थानीय बासिन्दा उपाध्याय बताउँछन्। ‘सही छानबिन हुनुपर्छ भनेर हामीले आवाज उठाएको हो, यो मुद्दा अब सर्वोच्च अदालतसम्म पुगेको छ, सही हिसाबले छानबिन पक्कै होला, सर्वोच्चका श्रीमानले पक्कै पनि आफ्नो विवेक गुमाउनु हुनेछैन’ उनले थपे। निर्माण सुरु भएको डेढ दशक भन्दा बढी समय भइसक्दा पनि सिक्टा आयोजना अधुरै रहेको छ। यसले गर्दा आयोजनाले बाँकेका किसानको विश्वास गुमाउँदै गएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस