मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
१३ चैत्र २०७९
•
३ मिनेट पाठ
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
बराहताल गाउँपालिका–२ को वडा कार्यालय नजिकै भेरी किनारमा ठूला मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ निकालिँदै।
कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ संकलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ।




श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्नेमा सुर्खेतका स्थानीय तहहरुले कानुनबाहिर गएर नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई ठूला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएका छन्। 

जिल्ला समन्वय समितिले सुर्खेतका नौ वटै स्थानीय तहहरुलाई सात बुँदे निर्देशन जारी गरेको छ। निर्देशन–पत्रमा स्थानीय तहरुले आफूखुसी ठूला मेसिनहरु प्रयोग गर्न अनुमति दिएर नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन् गरी विक्री–वितरण र ठेक्का बन्दोबस्त कानुन विपरीत हुने र सोको सम्पूर्ण जबाफदेही सम्बन्धित स्थानीय तह हुने उल्लेख छ।

‘कानुन विपरीत नदीजन्य पदार्थको चलान पुर्जी (पट्टा) जारी नगर्न यसै पत्रमार्फत सचेत गराइन्छ,’ जिल्ला समन्वय समितिले स्थानीय तहहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘कानुन विपरीत चलान पुर्जी जारी गर्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई नियमअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौं।’

सात बुँदे निर्देशनमा जेसिभी, एक्स्काभेटर लगायतका ठूला मेसिनरी यन्त्र प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्नुपर्ने अवस्था आएमा त्यसको आधार र कारण खोलेर चुरे क्षेत्रको हकमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले अनुमति दिनुपर्ने उल्लेख छ।

त्यसबाहेकको क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर मात्रै ठूला मेसिनरी प्रयोगको अनुमति दिन स्थानीय तहलाई निर्देशन दिएको छ।

जिल्ला समन्वय समितिले स्थानीय तहहरुले आफू खुसी ठूला मेसिनरी औजारहरू प्रयोग गर्न अनुमति दिएको बताउँदै कानुन विपरीतका यस्ता कार्य नगर्न सचेत पनि गराएको छ।

‘पट्टा जारी गर्दा नदीजन्य पदार्थ उत्खनन्का लागि मेसिनरी प्रयोग गर्न नपाइने र श्रममूलक प्रविधिको प्रयोग गर्ने गरेर सर्त तोक्न निर्देशन दिएका छौं,’ जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले भने, ‘यसअघि मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएका स्थानीय तहले तत्काल यसअघिको अनुमति खारेज गरेर नयाँ सम्झौता गर्नुपर्ने हुन्छ।’
जिल्ला समन्वय अधिकारी सापकोटाले स्थानीय तहहरुले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री वितरण तथा व्यवस्थापन मापदण्ड–२०७७ (संशोधन, २०७९) अनुसार ठेक्का बन्दोबस्त गर्नुपर्नेमा केही स्थानीय तहहरुले त्यस विपरीत कार्य गरेको समाचार आएपछि मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न पत्राचार गरिएको बताए।

‘मापदण्ड विपरीत आइइई स्वीकृत गर्ने, जेसिभी र एक्स्काभेटर प्रयोग गर्न दिएर नदीजन्य पदार्थको दोहन भइरहेको जानकारी प्राप्त भएपछि हामीले पत्राचार गरेका हौं,’ उनले भने, ‘अहिले नदीजन्य पदार्थ संकलन गरिरहेका अधिकांश स्थान चुरे क्षेत्रमा पनि पर्ने भएकाले कानुनमा भएको व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न विशेष गरेर प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराएका छौं।’
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित सरोकारवालाहरुको बैठकले गैर कानुनी भइरहेको दोहन रोक्नुका साथै स्वीकृत मापदण्ड र कानुन विपरीत काम गर्ने स्थानीय तहका कर्मचारीलाई सचेत गराउने र अटेर गरेमा कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि गरेको थियो।
अर्को समाचार
कागजमा निर्णय हुन्छ फिल्ड अनुगमन हुँदैन
१४ वैशाख २०८०
•
३ मिनेट पाठ
कागजमा निर्णय हुन्छ फिल्ड अनुगमन हुँदैन
लेकबेंसी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनका लागि ठेक्का लिएका व्यवसायीलाई नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ। जिल्ला प्रशासनदेखि इलाका प्रहरी कार्यालय र सरोकारवाला वडा कार्यालयलाई नदीजन्य पदार्थ संकलनमा व्यवसायीले मेसिनरी सामग्री प्रयोग गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न पत्राचार गरेको हो।




कार्यपालिकाको १६ औं बैठकले चैत ३० मा गरेको निर्णय भने कार्यान्वयन भएको छैन। चिंगाड खोला, गमखोला, रातेखोला र खहरेखोलाबाट नदीजन्य पदार्थ उत्खनन र संकलन ठेक्का लिएका मालिका निर्माण सेवा र पवन कन्ट्रक्सनलाई नगरपालिकाले पत्राचार गरेर प्राविधिकजन्य श्रमिकबाहेक कुनै पनि हेभी मेसिन उपकरण प्रयोग नगर्न निर्देशन दिएको थियो। नगरपालिकाको निर्देशनलाई अटेर गर्दै नदीजन्य पदार्थ संकलनकर्ताले मेसिनरी औजार प्रयोग गरी नदीजन्य पदार्थको दोहन गरिरहेका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कार्यपालिकाको चैत ३० गते बसेको १६औं बैठकले ठेक्का भएका खोलामा हेभी मेसिनरी उपकरण प्रयोग नगर्न र केही स्थानमा प्राविधिक प्रतिवेदनका आधारमा नदीजन्य पदार्थ संकलन र उत्खननमा रोक लगाइएको बताए। ‘यसको जानकारी हामीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, डिभिजन वन कार्यालयलगायतका सरोकारवाला निकायलाई गराइसकेका छौं’, प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘अहिलेसम्म अनुगमन र कारबाही भएको जानकारीमा छैन्।’ मानिसबाट नदीजन्य पदार्थ संकलन गर्न निर्देशन दिइए पनि दैनिकजसो खोलामा स्काभेटर चलिरहेका छन्।

कागजी प्रक्रिया मिलाउनका लागि मात्रै निर्णय गर्ने तर त्यसको अनुगमन र कार्यान्वयन नहुँदा खोलाको दोहन बढेको स्थानीय बताउँछन्। ‘निर्णय गरेर मात्रै भएन, फिल्डमा पनि हेर्न आउनुपर्यो’,चिंगाडका एक स्थानीयले भने, ‘मलाई त प्रहरी–प्रशासन, नगरपालिका र ठेकेदार मिलेको जस्तो लाग्छ।’

स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन ठेक्का दिएयता अनुगमन गरेको छैन। नगर प्रमुख उमेश पौडेलले अनुगनको मुख्य जिम्मेवारीमा रहेको जिल्ला समन्वय समिति, कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र चुरे क्षेत्रका हकमा डिभिजन वन कार्यालयलाई अनुगमन र कारबाहीका लागि पत्राचार गरिएको बताउँछन्। ‘हामीले सुरुको सम्झौतामा स्काभेटर प्रयोग गर्ने गरेर निर्णय गरेका थियौं, जिल्ला समन्वय समितिको पत्रपछि कार्यपालिका बैठक बसेर उक्त निर्णयलाई निस्क्रिय बनाएका छौं’, उनले भने, ‘आफैंले ठेक्का लगाउने, आफैंले अनुगमन गर्नेभन्दा पनि यसको मुख्य जिम्मेवार निकाय जिल्ला समन्वय समितिले अनुगमको काम गर्नुपर्छ।’

जिल्ला समन्वय अधिकारी गंगाराम सुनारले स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्दा मेसिनरी औजार प्रयोग गर्न नदिन निर्देशन दिइएको बताए। ‘त्यसयता अनुगमन भएको छैन्’,उनले भने, ‘प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर अनुगमनका विषयमा निर्णय लिन्छौं।’ उनले आफूहरूसँग प्राविधिक जनशक्ति नभएकाले अनुगमन गर्न समस्या भइरहेको बताए। ‘नाङ्गो आँखाले हेरेर मात्रै हुँदैन, फिल्डमा गइसकेपछि नापजाँच पनि गर्नुपर्यो’, उनले भने, ‘हामीसँग प्राविधिक जनशक्ति छैन, त्यसले पनि अनुगमनमा समस्या भइरहेको छ।’

जिल्ला समन्वय समितिका प्रमुख सुनारले लेकबेंसी नगरपालिकाले नदीजन्य पदार्थ अनुगमन गरिदिन पत्राचार पनि गरेको बताए। ‘प्राविधिक जनशक्ति अन्यत्रबाट व्यवस्थापन गरेर भए पनि छिटै अनुगमन गर्छौं’,उनले भने, ‘लेकबेंसीसँगै सबै पालिकामा टोली बनाएर खटाउने गरेर प्रजिअसँग सल्लाह गर्छु।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस