ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार भित्रका संरचनाहरु हटाउन ७ दिने सूचना घरघरमा टाँस गर्न थालेको छ। नगरपालिकाले मेची राजमार्ग अन्तर्गत फुङलिङ बजारमा सडकको क्षेत्राधिकारभित्र वनाइएका संरचनाहरु हटाउन चैत १ गतेबाट जारी भएको ७ दिने म्याद टाँस गर्न थालेको हो। नगरपालिकाले बुधवार मेची राजमार्गको क्षेत्राधिकार भित्रका संरचनाहरु हटाउन ७ दिने म्याद जारी गरेको थियो।
झापाको केचना देखि उत्तरी ताप्लेजुङको उपल्लो क्षेत्र सम्म राजमार्ग कायम छ। सडक डिभिजन कार्यालय इलामले गत पुस २४ गते जारी गरेको पत्र अनुसार मेची राजमार्गकोसडक क्षेत्राधिकार भन्नाले सडकको मध्यभाग देखि पन्ध्र–पन्ध्रमिटर दाँयाबाँया दुबैतिर सडक सीमा हुने छ। यसका साथै सडक ऐन २०३१ बमोजिम सार्वजनिक सडक किनारदेखि छ मिटरभित्र स्थायी संरचना बनाउन पाइदैंन। सोहि मितिमा सडक डिभिजन कार्यालय इलामले राजमार्गको क्षेत्राधिकार भित्र पर्ने संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उसले यो कार्यका लागि सहयोग गर्न फुङलिङ नगरपालिका सहित मेची राजमार्गमा पर्ने स्थानीय तहलाई अनुरोधपत्र पठाएको थियो।
सडक डिभिजन कार्यालयको ३५ दिने म्याद सकिएपछि सडक डिभिजन कार्यालयको आग्रह अनुसार फुङलिङ नगरपालिकाले गत माघ २४ गते १५ दिने सूचना जारी गरी सडकको क्षेत्राधिकार भित्रका संरचना हटाईदिन स्थानीयलाई आग्रह गरेको थियो। उक्त १५ दिने म्याद समाप्त भएपछि नगरपालिकाले फेरी ७ दिने म्याद जारी गर्दै सम्वन्धित स्थानका घरटहरामै ७ दिने म्याद टाँस गरेको छ।
यहिँ बिषयलाई लिएर फुङलिङ वजारका केहि स्थानीयले मेची राजमार्ग आफ्नो जग्गामा नपर्ने र हालसम्म लगतकट्टा समेत नभएको भन्दै सडक डिभिजन कार्यालय इलाम र फुङलिङ नगरपालिका सहित ७ निकायलाइ विपक्षी घर टहरा हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्बोच्चले निबेदनको माग दावी अनुसार अन्तिरिम आदेश दिन अस्विकार गर्दै निबेदकको माग अनुसार किन आदेश जारी हुनु नपर्ने हो भन्ने बारेमा १५ दिन भित्र लिखित जवाफ पेश गर्न सडक डिभिजन कार्यालय इलाम र फुङलिङ नगरपालिका सहितका निकायलाई आदेश दिएको थियो। फुङलिङ नगरप्रमुख अमिर मादेनले नगरपालिकाले कानुन व्यवसायीमार्फत सम्मानित सर्बोच्च अदालतले भने अनुसारको जवाफको प्रकृया सुरु गरेको बताए।