ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण उदयपुर र खोटाङ जोड्ने निर्र्माणाधीन ‘गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग’ अढाई दशकदेखि अलपत्र छ। गाईघाट–फोक्सिन्टार सुनकोसी वारी उदयपुर खण्ड ५३ किलोमिटर र फोक्सिन्टारदेखि सदरमुकाम दिक्तेलसम्म खोटाङ खण्ड ४८ गरी १ सय १ किलोमिटर दुरीको लोकमार्ग निर्माण गर्न ३ खण्डमा ठेक्का लागेकोमा ठेकेदार भागेर बेपत्ता भएका कारण अलपत्र परेको हो।
३ वर्षभित्र कालोपत्रेसहित निर्माण सम्पन्न गर्नेगरी ०७३ सालमै ठेक्का सम्झौता भएको खोटाङतर्फ कालोपत्रेको काम अहिलेसम्म सुरु नै नभएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) गोपाल खकुेलले बताए । उनले सुनकोसी वारीको गाईघाट–साउने–अँधेरी खण्डमा भने रानीबाससम्म कालोपत्रे लगभग भएको तर, रानीबासदेखि अँधेरीसम्मको खण्डमा भने हुन नसकेको बताए।
खोटाङतर्फ ४८ किलोमिटर खण्डको कालोपत्रे गर्ने जिम्मा भारत÷सिद्धि शाही जेवी र देवनारायण÷पवन÷मैनाचुली÷खम्पाचे जेवीले लिएका छन् । ४ वर्षभित्र अर्थात ०७७ असार २९ गतेसम्ममा निर्माण सक्नेगरी महुरे–राजापानी खण्ड २२ किलोमिटर कालोपत्रे गर्न २०७३ असार ३० गते भारत÷सिद्धि शाहीले ठेक्का लिएको हो । ४१ करोड ५० लाखमा सम्झौता गरेको ठेकेदारले हालसम्म ४१ प्रतिशत मात्र काम गरेको तर, कालोपत्रे भने सुरुसम्म नगरेको डिई खकुरेलले बताए।
खोटाङतर्फकै अर्को खण्ड राजापानीफोक्सिन्टार २६ किलोमिटर कालोपत्रेसहितको काम गर्ने ठेक्का लिएको देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीले पनि त्यसैगरी काम अलपत्र पारेर छाडेको छ । उक्त जेवीले पनि ४ वर्षभित्रै अर्थात ०७७ साउन ११ गतेसम्ममा कालोपत्रेसहित सकेर योजना हस्तान्तरण गर्नेगरी ०७३ साउन ११ गते सम्झौता गरेको थियो। ५५ करोड ८७ लाखमा ठेक्का लिएको जेवीले हालसम्म स्तरोन्नतिको काम ६० प्रतिशत हाराहारी गरे पनि कालोपत्रेको काम भने सुरु गर्नै सकेको छैन । तोकिएको म्यादभित्र नसकेपछि पटकपटक ताकेतापत्र लेख्दा पनि नटेरेपछि गतवर्ष योजना कार्यालयले दुवै जेवीलाई कारबाहीस्वरुप योजना सञ्चालन (मोबिलाईजेसन) वापत दिएको पेश्की रकम व्याजसहित फिर्ता लिएको थियो।
दुवै कम्पनीलाई ४ करोड ७२ लाखका दरले र निकासा गरेको रकम व्याजसहित फिर्ता लिएर कारबाही गर्दा पनि काम नगरेपछि ०७९ पुस ७ गते योजना कार्यालयले दुवैको सम्झौता रद्ध गर्दै ठेक्का तोड्यो । तर, सो निर्णयबिरुद्ध दुवै निर्माण कम्पनी उत्प्रेषणयुक्त परमादेशको माग गर्दै उच्च अदालत पाटन पुगे । निवेदकको माग दावी बमोजिम उच्च अदालतले ०७९ माघ ४ गते सुनुवाई गर्दै ‘ठेक्का नतोडी यथास्थानमा काम गर्न दिनू’ भनि योजना कार्यालयको नाममा अन्तरिम आदेश दिएको छ । यथास्थानमा काम गर्न दिएर अनुगमन गरी जानकारी पठाउने बेहोरोको अदालती आदेशपछि फेरि काम लगाउनु पर्ने बाध्यता आईपरेको डिई खकुरेलले बताए।
खकुरेलका अनुसार ३ वर्षभित्र सक्ने सम्झौता गर्ने ठेकेदारले पटकपटक म्याद थप गर्दा पनि ७ वर्षसम्म काम नसकेपछि ‘सार्वजनिक खरिद नियमावली ०६४ (१२ औं संशोधन) बमोजिम कारबाही गरिएको हो । तर, अदालतले अन्तरिम आदेश दिएकाले काम गर्न दिनुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । अनेक बहाना गरेर काम नगर्ने, कार्यालयको आदेश निर्देशन नमान्ने र कारबाही गर्दा अदालत गुहारेर भाँजो हाल्ने गर्दा गाईघाट दिक्तेल सडक बन्ने अपेक्षा धुमिल हुँदै गएको उनको ठहर छ।
ठेकेदारको लापरबाहीले समयमा काम नहुँदा खोटाङतर्फको सडक अत्यन्त जिर्ण, खाल्डैखाल्डा र धुलैधुलो भरिएकाले यातायात चलाउन धेरै समस्या छ । हिउँदमा धुलैधुलोले पुरिएको सडक सामान्य वर्षा हुँदै हिलो र पहिरोले गाडी चल्नै नसक्ने भएको स्थानीयबासी बताउँछन् । फोक्सिन्टार–राजापानी खण्डको २६ किलोमिटरमध्ये रेग्मीटारभन्दा केहीमाथि पुरानो गाउँदेखि सिमपानीसम्मको खण्ड अत्यन्त नाजुक हुँदा मोटरसाईकल चलाउनै गाह्रो हुने यात्रु बताउँछन् । त्यसैगरी पुरानो गाउँदेखि रेग्मीटारसम्मको घुम्ती अत्यन्त भिरालो र ढुंगैढुंगा छरिएकाले अति जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता छ भने रेग्मीटारदेखि भँडारे, रसुवा हुँदै फौक्सिन्टारसम्म तेर्सो सुडक भए पनि ठाउँठाउँमा खसेको धुले पहिरो र वर्षौअघि स्तरोन्नति गर्न थ्ुपारिएका बालुवा गिटीको थुप्राले सडक साँघुरो र अप्ठेरो बनाईदिएको छ।
अर्को खण्ड राजापानी–महुरे २२ किलोमिटर दूरीमा राजापानीदेखि माला हुँदै बुईपा बजारसम्म अत्यन्त नाजुक अवस्था छ। सो बीचमा ठूलठूला खाल्डा, भिरालो घुम्ती र ग्यागर ढुंगा मिसिएको सडकमा मोटरसाईकल चलाउनै हम्मे छ। पहाडी कच्ची सडक हिउदमा धुलाम्य र बर्खामा हिलाम्य हुनु स्वभाविक भए पनि वर्षौअघि निर्माण गरिसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले सम्पन्न नहुँदा स्थानीयबासी पीडित हुनु परेको हो ।
लोकमार्गको काम ढिला भएको विषयमा जिल्लाबासी दलका नेता, जनप्रतिनिधि र नागरिक अगुवाले चासो नदिएका भने होईनन्। तर, ठेकेदारहरु स्वयं राजनीतिक दलमा उच्च हैसियत राख्ने पहुँचवाल भएकाले स्थानीय नेताहरुको प्रयास ‘फिक्का’ सावित हुने गरेको हो । दुवै ठेकेदारहरु नेपाली काँग्रेस र नेकपा (एमाले)मा पहुँचवाल नेता भएकैले जनप्रतिनिधि, जिल्ला नेता र आयोजना कार्यालयको कारबाहीले उनीहरुलाई छुनै सकेको छैन । सिद्धि शाहीका सञ्चालक दीपेन्द्र शाही नेपाली काँगे्रसको पश्चिम भेगमा माथिल्लोतहसम्म पहुँच राख्ने नेता हुन् भने मैनाचुलीका सञ्चालक मदन अधिकारी एमालेको ‘किचेन क्याबिनेट’भित्रकै मानिने जानकारहरु बताउँछन्।
जानकार स्रोतका अनुसार शाही सभापति देउवासम्मै जोडिएका उपल्लोस्तरका काँग्रेसी हुन् भने अधिकारी अध्यक्ष ओली निकट नेता भएकाले कोही कसैलाई नटेर्दा केही बिग्रिहाल्दैन। यस्ता पहुँचवाला नेताहरु ठेकेदार परेकै कारण यो सडकको अवस्था अझ कति वर्षसम्म यहीँ हालतमा हुने हो यसै भन्न नसकिने जिल्लाबासी काँगैस एमाले नेता बताउँछन् । ‘कामकाजी ठेकेदार परेको भए यो सडक उहिल्यै बनिसक्थ्यो, नेताका पनि महानेता परेछन्’ काँग्रेसका अगुवा एक जनप्रतिनिधिले गुनासो गरे ‘हामी जिल्लाका नेता र ज नप्रतिनिधिलाई त झारपात खाते समान ठान्दारछन् । त्यस्ता नेता ठेकेदार भएपछि कसरी सडक बन्छ ?’
राजनीतिक पहुँचको दुरुपयोग गरेकै कारण ताकेता गर्दा, कराउँदा, आयोजनाले ठेक्का तोड्दा र कारबाही गर्दा पनि केही नभएको कुरा पछिल्लो कदममा अदालतको अन्तरिम आदेश आउनुले प्रमाणित भएको स्थानीय बताउँछन्।तर, यस्तो परिपाटीले गाउँको विकास निर्माणमा अवरोध खडा गर्ने भएकाले अव जनप्रतिनिधि, स्थानीयबासी, जिल्लास्तरीय नेता कार्यकर्ता एकजुट भएर सडक निर्माणमा दबाब दिने तयारीमा लागेको बताएका छन्।
सडक अलपत्र पार्नुको कारण बुझ्न सम्पर्क गर्दा शाही र अधिकारी दुवैसँग सम्पर्क हुन सकेन । शाहीको एनटिसी र एनसेलका ३ वटा नम्बर, उनकै सहयोगी बिनोद बोहरा र अधिकारीको एनटिसी मोवाईलमा पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।