अघिल्लो दिन उदयपुरको रौतामाई गाउँपालिकाको छुट्टाछुट्टै २ ठाँउमा आगलागी हुँदा जनधनको क्षति भएको छ । शुक्रबार साँझ रौतामाई ८ मा भएको आगलागीले एकै घरका २ बालबालिकाको ज्यान लिएको छ भने अर्को ठाउँमा भएको आगलागीबाट १ सय १० वटा खसी बाख्रा जलेर मरेका छन्।
रौतामाई ८ को पाँबु पाखाटोलस्थित रामबहादुर बुर्जामगरको घरमा सल्केको आगोले उनकै २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जश्मिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अभिभावक काममा गएका बेला साँझ ५ः१५ वजे लागेको आगोले घरमै खेलिरहेका रोजन र जश्मिनको ज्यान लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारले बताए ।
प्रत्यक्षदर्शी स्थानीय शिक्षक वमेन्द्र वुर्जा मगरलाई उद्धृत गर्दै पोदारले बताए अनुसार एक्कासी घरमा दनदनी आगो बलिरहेको देखेर गाउले भेला भए पनि दमकल अभावमा निभाउन नसकेपछि घर पुरै खरानी हुँदा बालबालिका पनि जल्न पुगेका हुन्। घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन मात्र जल्यो भन्ठानेका गाउँलेहरुले आमा–बाबु कामबाट फर्केपछि मात्र बालबालिका पनि जलेको थाहा पाएका थिए।
ढुङ्मा माटोले बनेको फुसको छानो भएको घरमा आगलागीले मानवीय क्षतीसँगै घरभित्र रहेका अन्न्पात, लत्ताकपडा, भाँडाबर्तनलगायत सम्पूर्ण नगद जिन्सी सामग्री जलेर नष्ट भएको छ ।आगलागीको खवर पाएर गएको इलाका प्रहरी कार्यालय भुट्टार, सुकौरा प्रहरी चौकी र जिल्ला प्रहरीबाट खटेको संयुक्त टोलीले ३–४ घण्टा लगाएर आगो नियन्त्रण गरेको डिएसपी पोदारले बताए।
घर र छोराछोरीसहित आगोले मगरको १० लाख बराबरको धनमाल पनि नष्ट गरेको प्रहरीले जनाएको छ। गाउपालिकामा दमकल नभएको तथा सदरमुकामबाट मगाउन ढिला भएकाले अपुरणीय जनधनको क्षति हुन पुगेको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए । शुक्रबार राति नै पीडित परिवारलाई सान्त्वना दिन घट्नास्थल पुगेका अध्यक्ष मगरले वडा, गाउँपालिका, प्रशासन र रेडक्रस सोसाईटीमार्फत उचित राहत र पुनर्वासको व्यवस्था गरिदिने आश्वासन दिएका छन्।
रौतामाईकै अर्को ५ नं. वडाको डु्ँडेमा पनि सोही समयमा बाख्रा फारममा आगलागी हुँदा १ सय १० वटा खसी बाख्रा जलेर नष्ट भएका छन् । स्थानीय मानबहादुर कटुवालको रौता राँकुली कृषि तथा पशुपंक्षी फारममा अचानक आगलागी हुँदा एउटा ब्याडेसहित ३१ वटा बोयर जातका बोका, ११ वटा स्थानीय जातका बोका, १८ माउ बाख्रा, २२ वटा खसी र २८ वटा पाठापाठी गरी १ सय १० वटा बोका, बाख्रा र खसी जली मरेको प्रहरीले जनाएको छ।
स्थानीय चौकी, इलाका र जिल्ला प्रहरीको टोलीले त्यहाँको आगो पनि निकै बेर लगाएर नियन्त्रण गरेको थियो। आगलागीले कटुवालको २४ लाब बराबरका खसी बोका र २० लाख बरारबरको फारम र अन्य सामग्री गरी ४४ लाखबराबरको क्षति पुगेको अनुमान गरेको छ । प्रहरीले दुवै घट्नास्थलको सर्जमिन मुचुल्का गरी राहत र फर्केको डिएसपी पोदारले बताएका छन्।