इनर ह्वील क्लब अफ सुर्खेतले कारागारमा रहेका महिला कैदी बन्दीहरूसँग ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। महिला कैदी बन्दीहरूका लागि क्लबले ‘उत्प्रेरणात्मक कार्यक्रम’ को आयोजना गरेको हो।
कार्यक्रममा ‘शून्यको मूल्य’ पुस्तकका लेखक डा. नवराज केसीले कारागारमा रहेका ४३ जना महिला कैदी बन्दीहरूलाई प्रशिक्षण दिएका थिए। क्लबका अध्यक्ष लक्ष्मी कार्की प्रधानले कारागारका कैदी बन्दी महिलाहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन्। कारागारका कैदी बन्दी महिलाहरूलाई कारागारबाट बाहिर आइसकेपछि पनि सहज रूपमा जीवनयापन गर्नका लागि सघाउ पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ।
कार्यक्रममा प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दिपा हमालले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताइन्। उनले कैदी बन्दी महिलाहरूका लागि निर्देशनालयमार्फत सिपमूलक तालिम सञ्चालन गर्ने बताइन्।
प्रशिक्षक डा. केसीले महिलाहरू प्राकृतिक रूपमै शक्तिशाली रहेको बताए। जन्मजात महिलाहरू शक्तिशाली भए पनि हाम्रो सामाजिक संरचनाले कमजोर बनाएको उनको भनाई छ।

‘प्रकृतिले पुरुष भन्दा महिलालाई कयौँ गुणा शक्तिशाली बनाएको वैज्ञानिक तथ्य छ, तपाईँहरू आफैमा शक्ति हो,’ उनले भने, ‘समाजले तिरस्कार गर्न खोज्छ, लाल छाना लगाउँछ, एक्लै लड्ने साहस तपाईँहरूले जुटाउनुपर्छ।’जिल्ला कारागार सुर्खेतका जेलर लक्ष्मी खरेलका अनुसार कारागारमा ४४ जना महिला कैदी बन्दी छन्। उनीहरूसँग पाँच जना बालबालिका पनि कारागारमै आश्रित छन्।