वीरेन्द्रनगरको सहिद पार्कमा पिङ खेल्ने क्रममा पिङ चुडिँदा एक महिलाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–४ मा रहेका प्रादेशिक सहिद पार्कभित्र रहेको पिङ खेल्ने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–६ कि ५० वर्षीया पवीसरा सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार सुनारको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै पिङ खेलिरहेका वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल घाइते भएका छन्। दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बुधबार बेलुका पाँच बजेतिर पिङ चुँडिएको थियो। सहिद पार्कमा काँक्रेविहार फन पार्क रिसोर्ट प्रालिले पिङ सञ्चालन गर्दै आएको थियो। प्रहरीले फन पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ।