'फागुको मौलिकता पुस्तान्तरण गर्ने प्रयास'
२२ फागुन २०७९
•
५ मिनेट पाठ

मजाको फागुन जानैमा लाग्यो

धड्कन लाग्यो छाति यो

यो होलीको अवसरमा गाइने गीत हो। तर बिस्तारै यो लोप हुने क्रममा पुगेको छ। फागु पर्वको मौलिक र सांस्कृतिक पक्षलाई बेवास्ता गर्दै केबल रङ्ग रमाईलोमा भुल्ने परिपाटी बढ्दै गएपछि लोप हुने क्रममा छ।

बागलुङमा नेवार समुदायको संस्थाहरूले फागु मनाउनका लागि आयोजना गरिने कार्यक्रममा यो गीत सुन्न सकिन्छ। तर अन्यत्र हराउँदै गएको छ। होली पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति जीतको प्रतिकका रूपमा मनाइन्छ।

होलिकाले प्रह्लादलाई आगोमा जलाउन खोज्दा आगोले उल्टै होलिकालाई नै जलाएपछि अरूको कुभलो चाहने आसुरी शक्तिको नाश भएर दैवी शक्तिको जीतको रूपमा होली पर्व मनाउन थालिएको बत्ताइन्छ।

उसो त पछिल्ला दिनहरूमा नेपालमा सबै प्रकारका चाडबाडहरू सबैले मनाउने र आपसी सद्भाव कायम गर्ने प्रचलन देखिन्छ। यद्यपि बागलुङमा विशेष गरी नेवारी समुदायले विशेष पूजा आजासंगै मौलिक होली गीत प्रस्तुत गरेर मनाउने गरेका छन्।

होली केबल रङ दलेर रमाइलो गर्ने मात्रै पर्व होइन यस भित्र सांस्कृतिक र धार्मिक महत्त्व पनि छ। ती महत्त्वहरूलाई वैज्ञानिक ढङ्गले पनि हेर्न सकिन्छ। सांस्कृतिक रूपमा होलीको आफ्नै गीतहरू छन्। बागलुङमा तीन सय वर्ष पहिले आएका नेवार समुदायले मनाउन थालेको होलीले अहिले पनि निरन्तरता पाएको छ। बीचमा हराउन आँटेको मौलिकता अहिले फेरि जोगाउने र एक आपसमा सद्भाव कायम गरेर होली मनाउने गरिएका प्राज्ञ छोटा बताउँछन्।

‘नेवार समुदाय तीन सय वर्ष अगाडि बागलुङमा आएको मानिन्छ,’ उनले भने, ‘विगतदेखि नै यहाँ एक ठाउँमा जम्मा भएर फागु मनाउने र होली गीत गाउने चलन छ।’ यहाँको संस्कार र संस्कृतिको बारेमा खोज अनुसन्धान समेत गर्दै आएका छोटालाई पछिल्लो समय होलीमा पनि विकृति भित्रिँदै गएकोमा गुनासो छ। पछिल्ला दिनमा विभिन्न प्रकारका रङका कारण स्वास्थ्यमा समेत समस्या पार्ने गरेको होलीको मौलिकतालाई समेत धरापमा पार्ने गरेको उनको भनाई छ।

पहिले होलीको दिनमा बागलुङ कालिका मन्दिरमा बली दिएर भोज गरिन्थ्यो र त्यहाँबाट होलीको गीत गाउँदै बागलुङ बजारको परिक्रमा गर्ने प्रचलन थियो। अचेल भने कुनै एक चोकमा बसेर होली गीत गाउने चलन छ।

‘पछिल्लो समयमा विभिन्न केमिकल प्रयोग भएका रङहरूले गर्दा होली मनाउँदा स्वास्थ्यमा असर पर्ने र मौलिक संस्कार र संस्कृतिमै पनि धक्का लाग्ने खालको गतिविधि हुन थालेको छ,’ उनी भन्छन्, ‘विकृतिजन्य कुरालाई पन्छाउँदै संस्कृति जोगाउने पक्षमा लाग्नुपर्छ।’ होलीका विकृतिहरुहलाई हटाएर यसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउनुपर्ने छोटाको तर्क छ। ‘यो एउटा आपसी सद्भाव र प्रेम साटासाट गर्ने पर्व हो,’ उनी भन्छन्, ‘यस्ता गलत कुराहरूलाई पन्छाउँदै पर्वतलाई राष्ट्रिय चाडको रूपमा मनाउनुपर्छ।’

पछिल्लो दिनहरूमा होली खेल्नुको मतलब रङ दल्नु र रमाइलो गर्नु मात्रै हो भनेर बुझिन थालेको छ। तर होलीसँग सांस्कृतिक महत्त्व र संस्कार छ। वसन्त ऋतु सुरु भएसँगै रंगारङ हुने र स्वच्छन्द भएर एक दिन खुसी साटिने पर्व होली भएको महेशचन्द्र प्रधान बताउँछन्।

‘होलीको एक दिन राजाको आदेश पनि नमान्ने र स्वतन्त्र र स्वच्छन्द भएर खुसी साट्ने दिनको रूपमा होलीलाई लिइन्छ,’ उनी भन्छन्, ‘यो अवसरमा गाइने गीतमा राजा मात्रै होइन भगवान् नै आए पनि त्यसको अवज्ञा गरेर होली मनाउँछु भन्ने खालको सन्देश समेटिएका गीतहरू गाउने गरिन्छ।’ होली गीतमा कृष्ण र गोपिनीहरूबीचको प्रेम कथाका प्रसङ्ग पनि समावेश हुने गरेको उनी बताउँछन्। 

नेवार समुदायको संस्था नेपाल भाषा मंका खलःले होली पूर्णिमाको अवसरमा मौलिकता जोगाउनका लागि संस्थागत रूपमा कार्यक्रम गर्दै आएको छ। पहिचान जोगाउन र नयाँ पुस्तामा मौलिक संस्कृतिको सञ्चार गराउनका लागि यो कार्यक्रम आयोजना गरिएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राज भण्डारीले बताए।

‘विगतमा जम्मा हुने र होली मनाउने चलन थियो, आयोजक भन्ने हुन्थेन,’ उनले भने,‘ नेपाल भाषा मंका खलः स्थापना भएसँगै आयोजकको रूपमा होली मनाउने गरिएको छ। अहिले हरेक संस्कार संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि नेतृत्व आवश्यक पर्ने र नेपाल भाषा मंका खलःले त्यसको नेतृत्व गर्नुपर्छ भन्ने आवाजहरू पनि उठेपछि हामीले हरेक वर्ष यो पर्वलाई विशेष मनाउने गरेका छौँ। यसले फागु गीतको पुस्तान्तरणमा सहयोग गर्ने हाम्रो विश्वास छ।’

होली पर्वले पुरानो नयाँ पुस्ताबीच सद्भाव बढ्ने र संस्कृतिको पुस्तान्तरणमा पनि टेवा पुग्ने मंका खल बागलुङका सचिव सुदिप राज भण्डारी बताउँछन्।

‘सँगै बसेर रमाइलो गर्दा अन्तर पुस्ता सिप हस्तान्तरण पनि हुन्छ, सद्भाव पनि पढ् र संस्कृतिलाई अगाडि बढाउनका लागि पनि सहयोग पुग्छ,’ उनले भने। होली पर्व एक आपसमा रङ दलेर खुसी साटासाट गर्ने चाड हो। आपसी समझदारीमा खेलिने होलीले आत्मीयता बढाउँछ। कहिलेकाहीँ जबरजस्ती रङ दल्ने लोला हान्ने गरेका कारण सडकमा पैदल यात्रु र सर्वसाधारणले सास्ती पाउने गरेका छन्।

होलीलाई अरूलाई असर नपर्ने गरी आफ्नो खुसी साट्ने पर्वको रूपमा मनाउन सकियो भने यसले सबैलाई राम्रो हुनेछ। शास्त्रीय रूपमा पनि होली श्रमिक वर्गको व्याख्या गरिएको पाइने सांस्कृतिक अध्येता वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ बताउँछन्।

‘दसैँ आर्यहरूको हो, तिहार वैश्यहरूको र होली मजदुर वर्ग सुध्र जातीहरूको पर्व हो भन्ने भेटिन्छ,’उनले भने, ‘एक आपसमा टीका लगाएर आपसी सद्भाव र सम्बन्धलाई मजबुत बनाउन होलीले सहयोग पुर्‍याउँछ।’

होलीको रङ्ग रमाईलोलाई राजा र स्वयं भगवान् आए पनि रोक्न नसक्ने भन्ने भाव बोकेका गीतहरू रहेको उनी बताउँछन्। होली मनाउनु केबल रङ खेल्नु मात्रै होइन यसका ऐतिहाँसिक र सांस्कृतिक पक्षका विषयमा पनि नयाँ पुस्ताले जानकारी राख्ने र अगाडि बढाउने विषयमा ध्यान दिनु जरुरी छ।
अर्को समाचार

ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस