छिमेकी १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले सुनबर्षी नगरपालिका–१ का दम्पतीलाई पक्राउ गरेको छ।
सुनबर्षी–१ का डिल्लीबहादुर माझीका छोरा १४ वर्षीय बालक विशाल माझीको हत्या आरोपमा छिमेकी दम्पतीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पासवान र उनीकी श्रीमती ३४ वर्षीया डल्ली पासवान रहेका छन्।
फागुन ११ गते बेलुका घरबाट चोकतर्फ घुमफिर गर्न निस्केका विशाल घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा फेला नपरेपछि उनीहरूले प्रहरीलाई खबर गरेको बताउँदै, डिएसपी कार्कीले भने, ‘बेलुका नआएपछि उनीहरूले आफैँले पनि खोज्न थाले पनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए। हराएको बालकको खोजतलास गर्दै जाँदा छिमेकीको पोखरीको डिलमा गाडेको छ भन्न सूचना प्राप्त भयो। त्यहाँ पुगेर नयाँ खनिएको जस्तो देखिने खाल्डो पुनः खन्दा हराएको बालकको शव फेला पर्यो।’
फागुन ११ गते हराएका बालक खोज्ने क्रममा फागुन १७ गते पोखरीको डिलमा गाडेको अवस्थामा शव फेला परेको थियो। बालकको शव फेला परेको पोखरी, पक्राउ परेका छिमेकी दम्पतीको हो। बालक हराएको दिन राति हत्या गरी पोखरीको डिलमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी कार्कीले भने, ‘फागुन ११ गते राति नै बालकको हत्या गरी पोखरीको डिलमा गडेका रहेछन्। बालकको घाँटीमा चक्कु प्रहार गरेको देखिन्छ। बालकको हत्या घरायसी समस्याले गरेको देखिए पनि घटनाको थप अनुसन्धान भइरहेको छ।’
शवको पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट घटनाको यथार्थ बाहिर आउने छ। पक्राउ परेको दम्पतीलाई अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।